शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सहज जितसहित ब्राजिल अन्तिम आठमा, गोलरक्षक लिभाकोभिच नायक बन्दा क्रोएसिया क्वाटरफाइलनमा

मंगलबार, मंसिर २० २०७९

काठमाडौं । दक्षिण कोरियालाई ४–१ अन्तरले पराजित गर्दै ब्राजिल कतार फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति स्टेडियम ९७४ मा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियर, नेयमार, रिचार्लिसन र लुकास पाक्वेटाले एक एक गाल गरे । कोरियाको लागि सुङ हो पाइकले एक गोल गरे । अब, सेमिफाइनल प्रवेशकालागि ब्राजिलले क्रोएसियाको सामना गर्नेछ ।

गोलरक्षक लिभाकोभिच नायक बन्दा क्रोएसिया क्वाटरफाइलनमा

गोलकिपर डोमिचिच लिभाकोभिच नायक बनेको खेलमा जापानलाई पराजित गर्दै क्रोएसिया कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गोलकिपर डोमिचिच लिभाकोभिचले तीन पेनाल्टी बचाएपछि सोमबार राति क्रोएसियाले पेनाल्टी सुटआउटमा जापानमाथि ३–१ को जित हासिल गर्याे ।

निर्धारित समय तथा थप गरिएको अतिरिक्त समयमा खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जहाँ लिभाकोभिच नायक बने । उनले जापानका तीन खेलाडीको पेनाल्टी बचाएका थिए ।

क्रोएसियाका लागि निकोला भियासिच, मार्सेलो ब्रोजोभिच र मारियो पासालिचले गोल गरेका थिए । लिभाकोभिचले जापानको तर्फबाट ताकुमी मिनामिना, काउरो मितोमा र माया योसिदाको पेनाल्टी बचाए । जापानका तर्फबाट ताकुमा असानोल पेनाल्टी गोल गरेका थिए ।

यस अघि अल जुनब रंगशालामा जापानले पहिलो हाफमा डाइजान मेइडाको गोलमा अग्रता बनाएको थियो । इभान पेरिसिचको गोल गरेपनि दोस्रो हाफमा खेल बराबरीमा आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार