आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

विश्व इतिहासमा आज कस्ता महत्वपूर्ण घटनाक्रम विकसित भए ?

आइतबार, मंसिर १८ २०७९

काठमाडौं । आज सन् २०२२ को डिसेम्बर ४ । प्रस्तुत छ विश्व इतिहासमा भएका केही घटनाक्रम

सन् १९९२ मा अमेरिकी राष्ट्रपति जर्ज एच डब्ल्यु बुशले सोमाली गृहयुद्धको समयमा सोमालियामा २८ हजार सेना परिचालन गर्न आदेश दिएका थिए ।

शीतयुद्ध अन्त्य गर्ने विषयमा सन् १९८९ मा अमेरिकी पूर्वराष्ट्रपति जर्ज बुश र सोभियत संघका नेता मिखाइल गोर्बाचेबीच माल्टामा संयुक्त बैठक आयोजना भएको थियो । बैठकपछि शीत युद्ध अन्त्य भएको घोषणा गरिएको थियो ।

सन् १९८२ मा चीनले हालको संविधान कार्यन्वयनमा ल्याएको थियो । वर्तमान संविधानले यसअघि तीन पटक लागू भएका संविधानलाई विस्थापित गरको छ ।

सन् १९९७ मा एन्टिपर्सनल विद्युतीय सुरुङको तैनाथबारे १२१ देशका प्रतिनिधिद्वारा ओटावा सन्धिमा हस्ताक्षर गरेका थिए । सन्धिमा चीन, अमेरिका र रुसले भने हस्ताक्षर गरेनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार