आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

विश्वकप फुटबल : अष्ट्रेलियालाई हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा

आइतबार, मंसिर १८ २०७९

काठमाडौँ। अष्ट्रेलियालाई २-१ गोल अन्तरले हराउँदै अर्जेन्टिना फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। खेलको ७७ औं मिनेटमा इन्जो फर्नान्डेजको आत्मघाती गोलमा अष्ट्रेलियाले एक गोल उपहार पाएको हो। यससँगै खेल २–१ को अवस्थामा आइपुगेको छ।

यसअघि खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको ५८ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए। अर्जेन्टिना समूह सीको विजेता टोली हो भने अष्ट्रेलिया समूह डीको उपविजेता हुँदै विश्वकपको अन्तिम १६ मा पुगेको हो।

मेसीले फुटबल करिअरको सबै प्रतियोगितामा हानेको यो ७८९ गोल हो। यसमा पनि उनले १२९ विपक्षी टोलीविरुद्ध गोल हानेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार