बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

लेखन कुन्ज नेपालले कतारमा सिर्जनात्मक लेखन प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने

शनिबार, मंसिर १७ २०७९

दोहा

लेखन कुन्ज नेपालले कतारको दोहा सहरमा सिर्जनात्मक लेखन प्रशिक्षण कार्यक्रम राख्ने भएको छ ।

नेपालमा बिगत १० वर्ष देखि उत्कृष्ट साहित्यलाई प्राथमिकताका साथ प्रकाशन तथा सम्पादन गर्दै आएको बारेमा घोष्ट राइटिङ नेपालका कमल ढकालले सो बारेमा जानकारी दिनुभएको हो ।

लेखन कुन्ज नेपालले कतारमा रहेर नेपाली साहित्य कर्ममा लागेकाहरुको लेख्यशैलीमा थप निखारता ल्याउन सहायक होस भनी यो कार्यक्रम आयोजना गर्न लागेको ढकालले जानकारी गराएका छन ।

हाल सम्म १६ औं सृंखला सम्म सिर्जनात्मक लेखन प्रशिक्षण पुर्ण गरिसकेको लेखन कुन्ज नेपालले कतारमा पनि सुन्दर साहित्य सिर्जना गर्ने सर्जकहरु रहेको बारेमा आफू जानकार रहेको र उहाँहरुलाई प्रशिक्षणको माध्यमबाट थप बौद्दिक ताकतको अभिबृद्दिको लागि सिर्जनात्मक लेखन प्रशिक्षण कार्यक्रम राख्ने योजना रहेको ढकालले बताउनुभयो ।

घोष्ट राइटिङले हालसम्म ४२१ जना साहित्यकार तथा लेखकको पुस्तक प्रकाशन गरिसकेको छ भने १ सय भन्दा धेरै पुस्तकको सम्पादन पनि गरिसकेको छ ।
घोष्ट राइटिङ नेपालका ढकाल डिसेम्बर ४ देखि डिसेम्बर १५ सम्म कतारमै रहने र आपसी सल्लाह गरी समयको अनुकूलता मिलाएर सो प्रशिक्षण कार्यक्रमको मिति तय गरिने कुराको बारेमा जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार