सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

संसदमा प्रेम आलेको ह्याट्रिक

बिहिबार, मंसिर ८ २०७९

धनगढी । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य प्रेमबहादुर आलेले संसदमा तेस्रो ह्याट्रिक गरेका छन् । ०७० र ०७४ मा एमालेबाट विजयी बनेका उनी यस पटक एकीकृत समाजवादीबाट सांसदमा निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभाको एक मात्र क्षेत्र रहेको डोटीबाट आले ४ हजार २०६ मतान्तरसहित विजयी भएका हुन् । आले २७ हजार २१० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका गौरीकुमारी वलीले २३ हजार ४ मत प्राप्त गरिन् ।

कांग्रेसका बागी नरेन्द्रबहादुर खड्काले ६ हजार ६ सय ८९ मत प्राप्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार