आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

अग्रजसंग सिक्दै र अनुजहरुलाई सिकाउदै संगीत क्षेत्रमा मेरो लामो यात्रा तय हुनेछ : गीतकार बि पाण्डे

बुधबार, मंसिर ७ २०७९

गीतकार बि पाण्डे गीत संगीत क्षेत्रमा स्थापित नाम हो। दुइ दशक देखि अनबरत गीत लेखनको यात्रा मा सकृय पाण्डे द्वारा धेरै चर्चित गितहरु प्रकाशन मा आइ सकेको छ। चलचित्र प्रसाद को सुपर हिट गीत “बनकि चरी के भन्छे”ले त् झन् उहाको गीत लेखनको उचाइलाई धेरै माथि पुर्यायो। शंका नगर मेरो मायामा, मन साटिञ्छ उमेरैमा, सुनको पैंचो,जाली रुमाल, कसरि, खाएको कसम फिर्ता, एक पल मुटुमा, पिरतीमा जित हुन्न हार हुन्न, यो देश फेरी बन्छ, तिम्रो खुशी, कुरै बुझिन देखि पहिले दिल साट्ने कुरा भो, – सम्म उहाको एक से एक हिट गितहरु प्रकाशित छन्।

थुप्रै सम्मान तथा पुरस्कार हरु जित्न सफल गीतकार पाण्डे द्वारा लेखिएको गीतहरुको संग्रह पुस्तक “मेरा सय गितहरु” भर्खर बजार मा सार्बजनिक भएको छ। समाजका बिभिन्न क्षेत्रका चर्चित तथा सम्मानित एक सय जना लब्ध प्रतिष्ठित व्यक्तित्वहरुले लोकार्पण गरेको उक्त पुस्तक लाइ ए बि सी पब्लिकेसन ले प्रकासन गरि बजारमा उपलब्ध गराएको छ। गीत संगीत, धार्मिक, पर्यटन, राजनीति, कलाकारिता, उच्च सरकारी अधिकारि,प्रहरी, नेपालि सेना, वकिल, खेलाडि, पत्रकार लगायतका व्यक्तित्व संग आफ्नो कृति लोकार्पण गराएका पाण्डेले आफ्नो पुस्तक मार्फत समाजका विभिन्न क्षेत्र संग गीत संगीत क्षेत्र लाइ जोड्न चाहेको बताउनु भयो।

भारतीय प्रख्यात कबि गीतकार जाबेद अख्तर, प्रमुख निर्बाचन आयुक्त दिनेस कुमार थपलिया, गृह सचिब टेक नारायण पाण्डेकासाथमा विभिन्न उच्च सरकारी पदस्त कर्मचारीहरु, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रि देबेन्द्र पौड्याल, राजेन्द्र प्रसाद पाण्डे- मुख्यमन्त्री-बागमती प्रदेश, राजेन्द्र लिङ्ग्देल-अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी, गगन थापा, योगेस भट्टराईको साथमा विभिन्न राजनीतिज्ञ कर्मी, सम्मानित संगीतकार शम्भुजित बास्कोटाका साथमा धेरै संगीतकारहरु, सम्मानित गीतकार किरण खरेलका साथमा अन्य चर्चित तथा ख्याति प्राप्त गीतकारहरु, बाल भिक्षुणी तथा बौद्ध धर्म गुरु डा.अनुजा गुरुमा, पुर्ब अध्यक्ष- चलचित्र पत्रकार संघ बिदुर गिरिका साथमा अन्य पत्रकार व्यक्तित्वहरु, बरिस्ट कलाकार निर शाह, हरिबंस आचार्य, भुवन के सी का साथ अन्य धेरै चलचित्रकर्मी, कराते राष्ट्रिय प्रशिक्षक तथा दशौ दक्षिण एसियाली खेलकुदका स्वोर्ण पदक बिजेता कुशल श्रेष्ठका साथमा राष्ट्रिय गौरबका धेरै व्यक्तित्व, बृगेडियर जनरल नेपाल आर्मी हिम्मत बहादुर बिष्ट लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले डिजिटल लोकार्प्रित उक्त पुस्तकलाइ एक कार्यक्रम गरि पाठकहरुका लागि सार्बजनिक गरिएको छ।

-पुस्तक लोकार्पण बारे केहि भंदिनुस न

मेरो पहिलो गित २०५८ मा रेकर्ड भएको हो। “शंका नगर मेरो माया मा”मेरो पहिलो गीत । तारा प्रकाश लिम्बुको संगीतमा मेलोडी किङ्ग राजेश पायल राई र तत्कालिन नब गायिका बिनया निरौलाको आवाजमा गीतको रेकर्डिङ्ग सङ्गै शुरु भएको मेरो लेखन यात्राले २० बर्ष पार गरिसकेछ। गीतलेखनको दौरानमा मैले धेरै थरिका गीतहरु लेखेको छु। लोक शैली पप शैली फिल्म र आधुनिक शैली मेरो रोजाइमा परे। यो दुईदशकको लेखनमा लेखिएका गीतहरु मध्य सयगीतहरुलाइ समेटेर मैले पुस्तकको रुप दिएको छु जस्लाइ गीतसंगीत प्रेमिहरुले “मेरा सय गीतहरु”नाम बाट नेपाल र बिश्वभरी बाट मेरो वेबसाइट सङ्गै विभिन्न पुस्तक पसल र डिजिटल पोर्टल मार्फत पढ्न सक्नुहुनेछ। केही फरक र रचनात्मक तरिकाले लोकार्पण गरौ भन्ने सोचले यो कृतिलाइ संगीत, खेलकुद, पत्रकारिता, राजनिती,नेपाल सरकारका प्रशाशक तथा पुर्ब प्रशाशक, कलाकार र विभिन्न बुद्धिजीवीहरु लगायत लब्धप्रतिष्ठित १०० ब्यक्तित्व द्वारा लोकार्पण गरिएको तस्बिरहरुलाइ आफ्नो Facebook मार्फत सार्बजनिक गरेको छु । यसरी गीतसंगीत सङ्ग विभिन्न क्षेत्रका लब्धप्रतिष्ठितहरुलाइ जोडेर आफ्नो कृति लोकार्पण गर्न पाउँदा बिबिध क्षेत्रसङ्ग गीतसंगीत क्षेत्रलाइ जोड्ने एउटा पूलको काम भएको मैले अनुभूति गरेको छु। लोकार्पण गरिदिनुहुने ब्यक्तित्वहरु प्रती नमन साथै मेरो दुई दशक को यात्रामा मलाइ साथ दिनुहुने दर्शक स्रोता प्रती उच्च सम्मान प्रकट गर्दछु।। अग्रजसंग सिक्दै, समकक्षी संगको सकारात्मक प्रतिस्पर्धा र अनुजहरुलाई सिकाउदै यो क्षेत्र संग मेरो लामो यात्रा तय हुनेछ भन्नेमा बिस्वस्त छु।
मेरो कृतिलाई लोकार्पण गरिदिने हजुर हरु सबै मेरो लागि उत्तिकै सम्मानित र नमन योग्य हुनुहुन्छ। पदिय मर्यादा लाइ मैले प्राथामिक्तामा राख्दिन। यो पद भनेको भुतपुर्ब हुने बिषय हो तर कला साहित्य सृजना सम्मान प्रेरणा भनेको सधै अभुतपुर्बहुने बिषय भएको ले हजुरहरु प्रति हार्दिक सम्मान अर्पण गर्दछु।

-जाबेद अख्तर संगको भेट को अर्थ के हो ?

जाभेद अख्तर विश्व परिचित नाम हो। बलिउड सिनेजगतमा गीतिलेखन तथा स्क्रीप्ट लेखनमा उहाको उपस्थिति सोचे भन्दा धेरै माथि छ। एउटा सर्जक भएकोले मेरो गीति पुस्तक लाइ उहा द्वारा लोकार्पण गराउन पाउदा धेरै खुशी लागेको छ। कार्य क्षेत्र एउटै परेकोले उहा संगको भेटघाट अबिस्मरणिय रह्यो।

-“मेरा सय गीतहरु”बास्तबमा के हो ?

मेरा सय गीतहरु मैले लेखेका मध्ये १०० वटा गीतहरुलाई संकलन गरि तयार पारीएको पुस्तक हो। गीतिपुस्तक अध्यन मा रुचि राख्ने हरुका लागि वा अझ भनौ पारखीहरुका लागि एक अबिस्मणिय पढ्न योग्य किताब हो। गीत लेखनमा केहि सिक्न चाहने हरुका लागि गीत को छन्द तथा मौलिकता को प्रयोगको बारेमा राम्रो ज्ञान छ। यस संग्रहमा प्रेम संयोग तथा वियोग, देशभक्ति, सास्कृतिक, मातृत्वबोध, सामाजिक जिबनशैली को रुपगुण हाउभाउ कटाक्ष को बर्णन पनि उतिकै लोभलाग्दो गरि प्रस्तुत गरेको छु। आक्षरिकलयको प्रयोग ले गीतलाई गेय बनाएको छु साथै उपर्युक्त कथ्य बिषयहरुमा शैली र शिल्पको मनोहारितालाई महत्वका साथ् प्रयोग गरेको छु र गीतहरुलाई भाषागत रुपमा असाध्यै सरल सहज सरस सम्बेद बनाउने प्रयास गरेको छु। प्राबिधिक रुपमा अन्त्यानुप्रासलाइ धेरै तरिका बाट मिलाई पस्केको छु। तेसैले समग्रमा यो यो एउटा पठन योग्य कृतिको रुपमा मैले प्रस्तुत गरेको छु।

-लोकार्पण को शैली अरु भन्दा फरक र आकर्षक तथा रचनात्मक कसरि बनाउनु भो?

म जब यो पुस्तकलाई तयार गर्दै थिए तेतिबेला कोरोना भाइरस द्वारा आक्रान्त विश्व बिस्तारै आफ्नो लयमा फर्कदै थियो। मैले एक ठाउमा धेरै मान्छे हरुलाई उपस्थित गराएर यो पुस्तकको लोकार्पण गर्नु स्वास्थको कारण ले अनपयुक्त र हानिकारक थियो। तेसैले मैले मेरो पुस्तकमा १०० वटा गित भएको र १०० जना बिशिष्ट लब्ध प्रतिष्ठित फरक फरक क्षेत्रका व्यक्तित्व संग प्रत्यक्ष भेटघाट गर्दै डिजिटल रुपमा लोकार्पण गरि फोटो लिने र अन्तमा सबैको तस्बिर लाइ आफ्नो सामाजिक संजाल मार्फत सार्बजनिक गर्ने निर्णय गरे। राजनीति, खेल, पत्रकारिता, धार्मिक, पर्यटन, कलाकारिता, सरकारी अधिकारि, कलासाहित्य, वकालत, सुरक्षा, लगायतका लब्धप्रतिष्ठित व्यक्तित्व संग लोकार्पण गराए जसले गर्दा यी बिबिध क्षेत्र संग मैले मेरो गीतको पुस्तक माफत गीत संगीत क्षेत्र लाइ जोड्ने र सम्बन्ध स्थापित गर्ने सुबर्ण अवसर प्राप्त गरे। यसरि पुस्तक अहिले सम्म कसैले लोकार्पण नगरेको र पहिलो पटक भएकोले धेरैलाई यो फरक, आकर्षक र रचनात्मक पनि लागेकोमा म एकदम खुशी छु। बास्तबमा यसरि लोकार्पण गर्दा मैले धेरै लब्धप्रतिस्ठित व्यक्तित्वहरु संग भेट्ने आफ्नो गीतको बारेमा भलाकुसारी गर्ने तथा सम्बन्धहरु बनाउने अवसर पनि पाए साथै कोरोनाको सन्दर्भमा सामाजिक दुरीलाई पनि कायम गर्दै त्यसका असरहरु बारेमा प्रत्यक्ष पनि हुन पाए। मेरो यो रचनात्मक प्रयोग लाइ सबैले मन पराइदिनु भो सबैमा धन्यबाद।

– अब को तयारि के छ?

म गीत संगीत संग प्रेममा छु तेसैले यस भन्दा दाया बाया हुन सक्दिन। चाडैनै एउटा पारिवारिक शेरोफेरोको कथाबस्तुमा एउटा गीत तयार पार्दै छु। चर्चित संगीतकार सुरेस अधिकारीले त्यसमा संगीत भर्दै हुनुहुन्छ। त्यस पछि आफ्नै शब्दसंगीत मा “सुनिरहू लाग्छ मलाइ बोलि हजुरको” गीतको ट्रयाक तयार पारेको छु र राम्रो स्वर को खोजीमा छु सायद चाडै तेस्लाई रेकर्डिङ्ग मा लान्छु। एक दुइ वटा फिल्म हरुमा गीतको सिटिङ्ग चलिरहेको छ। साथै दुइ वटा गीतलाई प्रकाशन गर्ने काममा बेस्तछु। अनि याहालाई भन्नै पर्छ कि नेपालमा प्रतिलिपि अधिकार को बारेमा बल्ल छलफल मात्र हुन थालेको छ। रचनाकार हरुले आफ्नो कपिराइट लाइ ब्यबस्थित गर्न सकिराको छैनन्। म २०७८ भाद्र २९ गतेको संगीत रोयल्टी संकलन समाजको शाधारण शभा मार्फत महासचिब मा निर्बाचित भएको छु। यो रचनाकार हरुको कपिराइट प्रयोग भए बापत रोयल्टी संकलन गरि बाड्ने कपिराइट एक्ट अनुसार अधिकार प्राप्त सस्था हो। म निर्बाचित भएर आएको १० महिनाको अन्तरालमा मैले ५ बर्ष देखि अबरुद्द भएको रोयल्टी बितरण लाइ सुचारु गराएको छु गत जेष्ठ २५ गते सस्थाको जन्मोत्सव को अवसर पारेर हामीले एक करोड भन्दा बढी रोयल्टी सम्बन्धित स्रस्टाहरुलाई बितरण गरेका छौ। साथै संकलनका लागि पनि हामि योजनाहरु निर्माण तथा पुनराबलोकन गर्दै छौ। धेरै स्रस्टा हरु आफ्नो रोयल्टी पाएर खुशी छन् जुन देख्दा आनन्द लागछ। आफु महासचिब भएर आफ्नै हातले रोयल्टी बितरण गर्दा अझ धेरै खुशी छु।

-नेपाली गीत संगीतको बजार कस्तो छ?

बास्तबमा नेपाली संगीत बजार अत्यन्त क्रियाशील छ। प्रतिदिन लाखौ रुपैया लगानी हुञ्छ र लाखौ रुपैयाको आम्दानि पनि हुञ्छ। पहिले पहिले हाम्रो गीत संगीत को बजार सानो थियो तर अहिले हाम्रा हरेक सृजना विश्व बजारमा प्रकाशन हुञ्छ। विश्वको धेरै डिजिटल पोर्टल हरु जस्तै आइट्युन, युट्युब, फेशाबूक, इन्स्टा, स्पोर्टिफाई इस्ट्रिमिङ्ग, गाना आदि मार्फत गीत संगीतको ब्यापार हुञ्छ र विश्व बजारमा नेपाली गीत संगीतको प्रयोग अथार्त माग पनि उतिकै राम्रो छ। जहा नेपाली त्यहा नेपाली संगीत-नेपाली नपुगेको ठाउ कहा छ र। यस अर्थमा नेपाली गीत संगीतको बजार अत्यन्त आकर्षक र लोभलाग्दो छ भन्छु म।

-गीत लेखाइ मार्फत कमाइ कस्तो छ?

तपाइँ यदि राम्रो गीत लेख्नुहुन्छ, मानिसहरुले मन पराउने लेख्नु हुञ्छ भने अबस्य पनि कमाइ राम्रो हुञ्छ, मैले मेरो “बनकि चरी के भन्छे” गीत मार्फत राम्रो कमाइ हात पारे। मैले आफ्नो पारिश्रमिक पनि प्रति गीत झन्डै ५० हजार देखि एक लाख सम्म लिन्छु। जब मानिसहरु ले मन पराउने शब्द लेखिन्छ तब त्यो गीत आफ्नो माग बमोजिम मूल्य प्राप्त हुदोरहेछ यो मेरो अनुभब र अहिले मैले गरिरहेको प्रयोग हो। विश्व बजारमा गीतको प्रयोग बाट आउने रोयल्टी अर्को महत्वपुर्ण कमाइ हो। बिस्तारै त्यो पनि ब्यबस्थित हुदैछ। यसपाली मात्र मैले राम्रो रोयल्टी रकम प्राप्त गरे। बिभिन्न प्रोडक्शन हाउस मार्फत तथा डिस्ट्रिब्युटर्स मार्फत आउने हिस्सा अझ राम्रो हुञ्छ। तेसैले गीत लेखाइ मार्फत कमाइ राम्रै छ। उच्च जिबन सैलिलाई र उत्कृष्ट पारिवारिक बाताबरण का लागि पर्याप्त हुञ्छ राम्रो गीत लेखेर कमाइ। म एकदम सन्तुस्ट छु।

-गीत संगीत क्षेत्र बाट सन्तुष्ट हुनुहुन्छ ?

म एकदम सन्तुस्ट छु किनभने मा २० बर्ष भन्दा बडी समय देखि यस क्षेत्र संग सक्रिय छु। मैले याहा बाट धेरै कुराहरु पनि सिकेको छु भने आफ्नो दुख सुखलाई यसैमा लगानी गरेको छु। १५० भन्दा बढि गीत हरु लेखेर प्रकाशन मा ल्याइसक्दा मैले याहा बाट नै धेरै माया सम्मान पुरस्कार प्रसंसा फ्यान र पैसा कमाएको छु परिवार चलाएको छु केहिदिन अघि मात्रै मलाइ ब्राण्डरुट इण्टरटेण्ट्मेण्ट प्रा लि ले शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रि देबेन्द्र पौडेल मार्फत राष्ट्रिय गीतकार सम्मान २०७९ द्वारा म सम्मानित भएको यहा हरुलाई थाहै छ। आफ्नो लिभिङ्ग स्ट्याण्डर ब्यबस्थित गरेको छु। सायद यस क्षेत्र भन्दा बाहिर तथा अन्य क्षेत्र मा हुन्थे भने यो अवार्ड, फ्यान, प्रसंसा म संग हुने थिएन। २० बर्ष को अनुभब लाइ विभिन्न संघ सस्था मार्फत क्रियटर हरुको हितका लागि काम पनि गरिरहेको छु र उनीहरुको म प्रति बिश्वास भरोशा छुट्टै खालको छ। गित संगीत सम्बंधित सस्थाहरुमा म कन्सलट्याण्टको रुम मा अझ धेरै सक्रिय छु।यो सबै यसै क्षेत्र संग जोडिएकोले प्राप्त गरेको हु तेसैले मा सन्तुष्ट छु।

-तपाइले सबै प्रकारको गितहरु लेख्नुहुन्छ तर आधुनिक गित रचनामा बडी कलम चलाउनुको कारण ?

हो म सबै प्रकारका गीतहरु लेख्छु। मेरो आधुनिक गीतहरु अलि बढी छन् साथै चलचित्रगीत, लोकगीत, राष्ट्रियगीत, गजल पनि तेतिकै सबल र लोकप्रिय छन्। मेरो पहिलो गीत नै आधुनिक गीत थियो। मेरो पहिलो एल्बम ”पंचरत्न” नै आधुनिक गीतको एल्बम थियो। त्यस पछि मैले “रत्न-१”, “रत्न-२”, “रत्न-३”, “रत्न-४”, “मोह” “मोह-१”,”दिल” लगायतका एल्बमहरुमा सबै प्रकारका गीतलाइ समेटेको छु।मेरा सबै प्रकारका गीतहरुलाई दर्शक स्रोताहरुले उतिकै मन पराइ माया गरिदिनु भएको छ। आफु एउटा लेखकको रुपमा फर्केर आफैलाई हेर्दा आत्मा सन्तुस्टी छ। नेपालका हरेक चर्चित गायकहरु संग काम गरेको छु। राजेश पायल राइ देखि रामकृष्ण ढकाल प्रमोद खरेल अन्जु पन्त देखि नया गायक हरु प्रताप दास र अभिज्ञा घिमिरे सम्म संग काम गरेको छु। मेरो निरन्तरता मा मेरो स्रोता दर्शक हरु लाइ सन्तुष्टि दिनु मेरो पहिलो प्रयास रहने छ। अन्तमा मेरो यो पुस्तक लाइ माया गरिदिनु होला धन्यबाद।

-तपाईंको विशेषता के के छन् ?

म कहिल्यै पनि कामलाई हल्का रूपमा लिन्न । काम चाहे सानो होस् या ठूलो । आफ्नो होस् या अरूको सबैलाई बराबर महŒव दिन्छु र अर्को कुरा मैले नबुझेको विषय स्पष्ट रूपमा नबुझदासम्म काममा निकलन्न । म छलफल गर्छु टिमसँग, प्रविधिगत विषय भए अध्ययन अनुसन्धान खोज गर्ने गर्छु । तबमात्र म आफूलाई अघि सार्छु । यही मेरो प्रमुख विशेषता हो ।

-आफुलाई फर्केर हेर्दा कस्तो पाउनु हुन्छ ?

२००१ मा मेरो पहिलो गीत “शंका नगर मेरो मायामा शंकाले त् लंका जलाउछ” रेकर्ड बाट मेरो सांगीतिक यात्रा शुरुभएको थियो। २१ बर्ष मैले यो क्षेत्र संग निरन्तररुपमा सहकार्य गरेको छु। २००८ मा मेरो ड्रिम प्रोजेक्ट एलबम “पन्चरत्न” बजारमा ल्याए। त्यस बेलामा कसैले एलबम निकाल्दा ६ वटा गीत राखेर एलबम निकाल्ने गर्थे तेती बेला मेरो पन्चरत्न एलबममा ३२ वटा गितहरु थिए। सामान्यतया त्यतिबेला एउटा एलबम सी डि को मूल्य १५०/-हुन्थ्यो तर मरो एलबमको मूल्य १५००/- थियो। पन्चरत्न म्युजिक एण्ड मेलोडिले उक्त एल्बम को रोयल्टी बापत मलाइ १० लाख भन्दा बढी रोयल्टी तिरेको थियो। हाल त्यो कम्पनि बन्दभयो। अहिले ति मेरा सृजनाहरु मेरै संरक्षण मा छन्। त्यो रफतारमा अगाडि बढेको मेरो यात्रा अहिले पनि त्यस्तै छ। मेरा धेरै सृजनाहरुले मलाइ विभिन्न अवार्ड सम्मान पुरस्कारहरु जुराइदियो। सम्झिदा अति खुशी लाग्छ एउटा सर्जकको लागि त्यो भन्दा सुखद के हुन सक्छ। आफुलाई फर्केर हेर्दा लगनशील अनुभबी र परिपक्क महशुश गर्छु।

-नवप्रवेशी हरूलाई के सन्देश दिन चाहनुहुन्छ ?

कुनै क्षेत्रमा प्रवेश गर्दा लहडको मारमा नजानुहोस् । आफ्नो रुचिको काम गर्दा मानिस भोको भएर पनि गुनासो गर्दैन । यसर्थ जुन क्षेत्रमा जाने सोच बनाउनु भएको छ त्यस विषयको अध्ययन, विशलेषण गरेरमात्रै प्रवेश गर्ने काम गर्नुहोला । अर्थात् प्रतिबद्धतापूर्ण प्रवेश गर्नुभयो भने निराश हुने दिन आउने छैन । सफलता पनि मिल्दै जाने मेरो अनुभवले बताउछ ।

-आफ्ना दर्शक तथा पाठकहरूलाई के भन्न चाहनुहुन्छ ?

संघर्षबाट खारिएको एउटा दिव्य सपना संगाल्ने मान्छे हुँ । मलाई र मेरो कामलाई माया गरिदिनुहोला । म आफूले जानेको, बुझेको र अनुभव गरेको काममा सतप्रतिशत योगदान दिने प्रतिबद्धता व्यक्त गर्दछु । यो क्षेत्रमा आउन चाहने नयाँ पुस्तालाई आवश्यक सल्लाह सुझाव र अवसर प्रदान गर्न कटिबद्ध रहने वचन दिलाउन चाहन्छु । घर फरक, चुलो फरक र स्वाद फरक भए पनि हामीले टेक्ने माटो, हामी हिँडने बाटो एउटै हो । सपना एउटै हुन् त्यसैले मानव जीवनलाई सार्थक बनाउने कार्यमा हामी सबैको ध्यान जानुपर्दछ । सबैको ध्यान आफ्नो काम, कत्वर्य र जिम्मेवारीतर्फ जाओस् भन्ने शुभकामना पनि दिन चाहन्छु ।

जनसवाल राष्ट्रिय दैनिकको २०७९ मंसिर ८ गते बिहीबारको इपेपर

जनसवाल राष्ट्रिय दैनिकको २०७९ मंसिर ८ गते बिहीबारको इपेपर

प्रतिक्रिया
सम्बन्धित समाचार