बिहिबार, मंसिर १ २०७९
काठमाडौं(जस)–निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा २०७९ को तयारी पुरा भएको जनाएको छ । १० हजार ८९२ मतदान स्थल रहेको र २२ हजार २२७ मतदान केन्द्रमा मताधिकारहरु कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जनाएका छन् । प्रतिनिधि सभा सदस्यमा २ हजार ४१२ जना उम्मेदवार रहेको छ भने सामानुपातिक तर्फ २ हजार १९९ उम्मेदवारलाई अन्तिम बन्द सुचीमा कायम राखेको हो ।
यस्तै प्रदेश सभाका लागी पहिलो हुने निर्वाचीत हुने निर्वाचनका लागि ३ हजार २२४ उम्मेदवार रहेको र सामानुपातीक तर्फ ३ हजार ७०८ जना अन्तीम बन्दसुचीमा कायम गरीएको आयोगले जनाएको छ । आसन्न निर्वाचनको पहिलो हुने निर्वाचीत प्रणालीको प्रतिनिधि सभा तथा प्रदेश सभा को ५ हजार ६३६ उम्मेदवार चुनावी प्रतिसपर्धामा रहेको र सामानुपातिक निर्वाचन प्रणाली तर्फ ५ हजार ९०७ अन्तीम बन्द सुचीमा कायम गरीएको आयोगले जनाएके हो ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचित हुने निर्वाचनका लागी ४ करोड ६ लाख ५ हजार मतपत्र र सामानुपातिक तर्फ ३ करोड ९८ लाख १६ हजार ५०० मतपत्र छपाई गरी ढुवानी गरीसकेको छ । पर्यवेक्षणद्वारा निर्वाचनको विश्वस्नियतालाई अभिवृद्धि गर्न ४४ वाटा संस्थाका ७ हजार २०७ जना र दुइवटा अन्तराष्ट्रिय संस्थाबाट १२ जना गरी ७ हजार २१९ जनाले पर्यवेक्षण गर्ने अनुमती लिएको र भारत, भुटान, माल्दिभ्स, श्रीलंका र दक्षीण कोरीयाका प्रम्ख आयुक्तका टोलीले पर्यवेक्षण गर्ने भएको छ । साथै १८ वटा कुटनैतिक नियोगका नेपालका समुहले समेत मतदानको दिन अवलोकन गर्ने व्यवस्था मिलाएको प्रवक्त थलियाले जानकारी दिए ।
मतपत्र, निर्वाचन सामग्री र २ लाख ४६ हजार जना कर्मचारी, आवस्यक्ता अनुसारको सुरक्षकर्मी मतदमन स्थलमा पुगीसकेको छ । साथै निर्वाचन अधिकृतद्वारा बैठक बस्ने, मतदान क्षेत्र तोक्ने, सुचनाहरु प्रकाशीत गर्ने, मादकपदार्थ वा हाथहतियार बोक्न नदिने लगायतका विषयहरुमा आवस्यक छलफल गर्नेछन् । सामाजीक सञ्जालबाट कुनै किसीमको गलत मित्थ्या सुचना प्रवाहबाट निर्वाचन आयोग प्रभावीत हुनबाट आयोग सचेत रहेको प्रवक्तको भनाई छ । निर्वाचन सुरक्षा जोखिमका आधारमाहरुलाइ आवस्यक्ता अनुसारका सुरक्षा गस्ती र सम्पन्न घुम्ती टोली परिचालन गरेको प्रवक्ता थपलियाले जानकारी दिए ।
शतप्रतिशत मत खसे पुनः निर्वाचन हुन्छ : आयोग
काठमाडौं, १ मंसिर । निर्वाचन आयोगले शतप्रतिशत मत खसेमा उक्त मतदान केन्द्रमा पुनः मतदान हुने जनाएको छ । आयोग कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनकुमार थपलियाले स्वाभाविक रुपमा शतप्रतिशत मत खसे म तबदर गरी उक्त केन्द्रमा पुनः मतदान हुने जानकारी दिएका हुन् । बुथ कब्जा गरेर मतदान गर्ने सोच नराख्न आग्रह गर्दै उनले शतप्रतिशत मत खसे सो मत बदर गरेर उक्त मतदान केन्द्रमा पुनः मतदान हुने बताएका हुन् । विगतका निर्वाचनमा बुथ कब्जा हुने गरेका स्थानमा हवाईगस्ती गरिने थपलियाले जानकारी दिए ।
संवेदनशील मतदानस्थलमा हेलिकप्टरबाट पनि अनुगमन
निर्वाचन आयोगले सुरक्षा संवेदनशीलता हेरेर केही मतदान स्थलको हेलिकप्टरबाट पनि अनुगमन गर्ने जनाएको छ । बिहीबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले त्यस्ता सम्भावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको समेत बताएका छन् । यसअघिका चुनावमा बुथ क्याप्चर गरेका मतदानस्थल र संवेदनशील मतदान स्थलको विश्लेषण गर्दा विशेष सूचीमा राखेको र हेलिकप्टरबाट समेत अनुगमन गर्ने उनले बताए । यस्तै नेपालको सीमा क्षेत्र क्षेत्र ७२ घण्टादेखि बन्द गर्ने र यसका लागि सम्बन्धित पक्षसँग छलफल गरेर कार्यान्वयन हुन लागेको बताए ।
१८ कूटनीतिक नियोगले निर्वाचन पर्यवेक्षण गर्ने
आइतबार हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा विभिन्न ४ देशका प्रमुख निर्वाचन आयुक्तसहित नेपालस्थित १८ वटा कूटनीतिक नियोगले निर्वाचन पर्यवेक्षण गर्ने भएका छन् । निर्वाचनको विश्वसनीयता बढाउन उनीहरूले पर्यवेक्षण गर्ने निर्वाचन आयोगले जनाएको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अनुमति प्राप्त ४४ वटा राष्ट्रिय संस्थाबाट ७२०७ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना गरी ७ हजार २१९ जनालाई आयोगले पर्यवेक्षण परिचय पत्र उपलब्ध गराइसकेको जानकारी दिए ।
पर्यवेक्षकहरूले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित प्रणालीको १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको ३३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्नेछन् । आयोगले हालसम्म करिब ७ हजार ५०० जनालाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराइसकेको बताएको छ ।
२२ मंसिरअघि नै निर्वाचनको नतिजा
निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा २२ मंसिरमै राष्ट्रपतिलाई बुझाउने दाबी गरेको छ । निर्वाचनको स्थिर समय (मौन अवधि) सुरु हुनुभन्दा केही घण्टाअघि बिहीबार अपरान्ह आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर आयोगले ४ मंसिरमा हुने निर्वाचनको सम्पूर्ण नतिजा तीन हप्ता नपुग्दै २२ मंसिर अघि नै राष्ट्रपतिसमक्ष बुझाउने दाबी गरेको हो । ४ मंसिरमा हुने निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको मतगणना सकेर २२ मंसिर अघि नै राष्ट्रपतिसमक्ष बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । पत्रकार सम्मेलनमा उनले दुवै निर्वाचन प्रणालीका निर्वाचित उम्मेदवारको नामावली २२ मंसिर अघि नै तयार हुने र राष्ट्रपतिलाई बुझाइनेछ ।
मदिरा ओसारपसार, बिक्री र सेवनमा रोक
जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबारदेखि जिल्लामा मदिरा बिक्री वितरण, आसारपसार र सेवनमा रोक लगाएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि नै मतदानकार्य सम्पन्न नभएसम्म र मतगणनास्थल वरपर गणना सम्पन्न नभएसम्मका लागि मदिरा ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ््गेलले जानकारी दिइन ।
ढुङ््गेलद्वारा जारी विज्ञप्तिमा उक्त सूचनाको परिपालना नगरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ । यस्तै प्रशासन कार्यालय काठमाडौँले बुधबार पनि एक विज्ञप्तिमार्फत यही मङ्सिर ४ गते मतदानका दिन बिहान ४ देखि बेलुका ७ बजेसम्म अत्यावश्यक र अनुमति प्राप्त सवारी साधनबाहेक आन्तरिक रूपमा सबै किसिमका सवारी साधन आवागमनमा रोक लगाइएको जानकारी गराएको छ । प्रशासनले बिहीबार र शुक्रबारका लागि शान्ति सुरक्षा, विपद, निर्वाचन कार्य र मुद्दासम्बन्धीका कार्यबाहेक अन्य सेवा प्रभावित हुने पनि सर्वसाधारणलाई जानकारी गराएको छ ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij