आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

चुनाव जितिसकेको र घोषणा हुन मात्र बाँकी रहेको किसान श्रेष्ठको दावी

बुधबार, कार्तिक ३० २०७९

बारा निर्वाचन क्षेत्र नम्बर–४ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ’किसान’ ले निर्वाचन जितिसकेको तर घोषणा हुन मात्र बाँकी रहेको दावी गरेका छन । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका श्रेष्ठ अघिल्लो निर्वाचनमा तनहुँ १ बाट प्रतिनिधीसभामा निर्वाचित भएका थिए । यो पटक तनहुँ १ बाट कांग्रेस नेता रामचन्द्र पौडेल उम्मेदवार बनेपछि श्रेष्ठ बारा–४ बाट गठबन्धनका साझा उम्मेदवार बनेका हुन । श्रेष्ठ तनहुँबाट बारा पुगेपछि कतिपयले उनलाई पर्यटक उम्मेदवार भनेर विरोध गरिरहे पनि श्रेष्ठले उक्त टिप्पणीको खण्डन गर्छन । म बारामा २०७०/७१ सालदेखि सामाजिक व्यावसायिक रूपमा सक्रिय रहेको छु, जहाँ मेरो वर्षौँदेखि आफ्नै घर छ र बसिरहेको छु’, श्रेष्ठ भन्छन्,‘कांग्रेस नेता समेत रहेका रामचन्द्र पौडेलले तनहुँ १ बाट निर्वाचन लड्ने इच्छा व्यक्त गरेपछि मैले स्वेच्छाले नै त्यहाँ उहालाई छोडेको हु। श्रेष्ठले आफ्नो पार्टी वाम लोकतान्त्रिक गठबन्धनमा सामेल रहेको र गठबन्धनका शीर्ष नेताहरूको सल्लाह र सुझाव अनुसार नै आफू बारामा निर्वाचन लड्न पुगेको बताए । श्रेष्ठले आफूले बारामा उम्मेदवारी दर्ता गर्नुअघि नै बाराका स्थानीय जनप्रतिनिधि र स्थानीय जनताले बाराबाट निर्वाचन लड्न अनुरोध गरेको समेत बताए । मेरो उम्मेदवारी अघि नै यहाँका मेयर, वडाध्यक्ष र विभिन्न पार्टीका नेताहरूले मलाई बारामा आउन आग्रह गर्नुभएको थियो । उनले भने तनहुँ छोडेर यहाँ आउनुमा यहाँका जनतालाई विश्वास गर्नु नै आफ्नो ऊद्देश्य रहेको बताए । श्रेष्ठले जनताको अपार विश्वास पाएकाले आफू जित्नेमा ढुक्क रहेको समेत बताए । ‘निर्वाचनको नतिजा घोषणा गर्न मात्रै बाँकी छ । चुनाव त मैले जितिसकेको छु’, चुनावी प्रचारप्रसारका क्रममा बारामा भेटिएका श्रेष्ठले भने ‘बाराका जनताले कास्ट र क्यास होइन विकास हेर्छन् र चाहन्छन । यो क्षेत्रमा नेकपा एमालेले एकवाल मियाँलाई उम्मेदवार बनाएकाले श्रेष्ठको प्रतिस्पर्धा मियाँसँगै हुने देखिएको छ । श्रेष्ठले आफू विकासका लागी नै राजनीतिमा लागेको ब्यक्ति भएकाले आफुलाई अत्याधीक मतले बाराका जनताले जिताउनमा बिश्वस्त रहेको बताए । सफल ब्यावसायी श्रेष्ठलाई उम्मेदवार पाएकोमा यहाँका मतदाताहरु पनि अत्यन्तै खुशी रहेका छन । उनिहरुले आफ्नो क्षेत्रको बिकाशको लागी श्रेष्ठलाई अत्याधीक मत दिएर जिताउने बताउँदै आएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार