आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेपाल इन्भेष्टमेन्ट बैंककाे लाभांश घोषणा

बुधबार, कार्तिक ३० २०७९

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

२०७९ असार मसान्तसम्म बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार ३२३ रुपैयाँ छ । जसको ११ प्रतिशतले हुन आउने २ अर्ब १ करोड ३८ लाख २९ हजार ५४६ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ।

जसमध्ये बैंकले ४ प्रतिशतले हुन आउने ७३ करोड २३ लाख १ हजार ६५३ रुपैयाँबराबरको बोनस सेयर र ७ प्रतिशतले हुन आउने १ अर्ब २८ करोड १५ लाख २७ हजार ८९३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार