काठमाडौं , टी–२० विश्वकप २०२२ को फाइनल खेलमा पाकिस्तानले इंग्ल्याण्डलाइ १३८ रकनको चुनौती दिएको छ । टस हारेर ब्याटिंगको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७ रन बनाएको हो ।
पाकिस्तानको तर्फबाट सान मसुदले सर्बाधिक ३८ रन बनाए । त्यस्तै क्याप्टेन बबर अजमले ३२, सादव खानले २० र मोहम्मद रिवाजले १५ रन बनाए ।
इंग्ल्याण्डका सम करनले ३ र अलिद रसिद र क्रिस जोर्डनले समान २्२ विकेट लिए । त्यसैगरी बेन स्टक्सले १ विकेट लिए ।अष्ट्रेलियाको मेलबर्न मैदानमा हुने फाइनलमा इंग्ल्याण्ड र पाकिस्तानबीच भिडन्त भइरहेको छ ।
आज नेपाली समय अनुसार दिउँसो १ः४५ बजे बजे सुरु भएको हो ।
केहि समयको ब्रेक पछि इंग्ल्याण्डले जवाफी ब्याटिंग गर्दैछ ।
इंग्ल्याण्डले बिहीबार भारतलाई हराउँदै फाइनल प्रवेश गरेको हो भने बुधबार पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएर फाइनल प्रवेश गरेको हो ।
इंग्ल्याण्डले भारतलाई १० विकेटको पराजित गर्दै फाइनल प्रवेश गरेको हो । पाकिस्तानले पनि गत वर्षको टी–२० विश्वकपमा भारतलाइ १० विकेटले हराएको थियो ।
बिहिबार भारतले दिएको १६९को लक्ष्य पछ्याएको बेलायतले १६ ओभरमा विना कुनै विकेट लक्ष्य भेटाएको थियो । ठिक एक वर्ष अघि २४ अक्टोबर २०२१ मा १५२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १७।५ ओभरमा विना कुनै विकेट जित हासिल गरेको थियो ।
सेमिफाइनलमा भने पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले हराएको थियो ।
इंग्ल्याण्ड र पाकिस्तानबीच टि(२० विश्वकपमा हालसम्म २ पटक भिड्न्त भएको छ । जसमा २ पटक नै इंग्ल्याण्डले जित हासिल गरेको छ ।
आजको फाइनल खेल जितेर दुवै टोलिले दोस्रो पटक टि(२० विश्वकपको उपाधी हत्याउने दाउमा रहेका छन् । पाकिस्तानले सन् २००९ र इंग्ल्याण्डले २०१० मा टि(२० विश्वकपको उपाधी हात पारिसकेका छन् ।
२००९ पछि पाकिस्तान पहिलो पटक फाइनलमा पुगेको हो भने १०१६ मा इंग्ल्याण्डले फाइनल खेलेको थियो ।