आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

प्रकाशमानलाई भोट माग्दै बाबुराम भट्टराई

शुक्रबार, कार्तिक २५ २०७९

काठमाडौं, २५ कात्तिक
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक डा बाबुराम भट्टराई कांग्रेस नेता प्रकाशमान सिंहलाई भोट माग्न हिँडेका छन् । काठमाडौं १ मा कांग्रेसका उम्मेदवारसिंहलाई मत माग्दै भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई जिताउन आग्रह गरे ।

‘अहिलेको निर्वाचन विशिष्ठ छ । सामान्य अवस्थामा दलहरुबीच  प्रतिस्पर्धा हुन्छ तर, यसपटक प्रतिगमनकारी शक्तिहरुको विरुद्ध अग्रगमनकारीको लडाँइ हो । उहाँ योग्य व्यक्ति हुनुहुन्छ । स्वच्छ छविको व्यक्तित्व हुनुहुन्छ ,’ उनले भने,‘ हाम्रो गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा र संस्थागत विकासको सुनिश्चितता हुन्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार