माल्टा, गैरआवासीय नेपाली संघ एनआरएनए माल्टाले गत हप्ता माल्टामा २ नेपालीको असामयिक निधन भएकोमा शोक ब्यक्त गर्दै उक्त शब नेपाल पठाएको छ । माल्टामा रोजगारीका लागि करिब १ महिना अगाडि आएकी बिनिता ढुंगेलको अस्पतालमा डेंगुका कारण मृत्यु भएको हो । इलामको सुर्योदय नगरपालिका –६, कन्यामकी ढुंगेलको उपचारको क्रममा माल्टाको सरकारी अस्पतालमा मृत्यु भएको हो । अस्पतालका अनुसार उनी डेंगुबाट ग्रसित बनेकी थिइन् । माल्टा आएको भोलिपल्टबाटै स्वास्थ्यमा समस्या देखिए पछि ढुंगेललाई अस्पताल भर्ना गरिएको थियो ।
यसैगरि नुवाकोटका आकाश बुलुनको स्विमिंग पुलमा डुबेर मिर्त्यु भएको छ ।
माल्टाको स्थानीय बीमा नभएको कारण उनको करिब ३० हजार युरोको बिल आएको बताइएको छ । रोजगार दाता कम्पनी ओजो ग्रुपले घटनाप्रति दुःख व्यक्त गरेको छ । ढुंगेलले कम्पनीसँग कुनै पनि काम शुरु नगरेको भए पनि कम्पनीको तर्फबाट सहयोगका लागि तयार रहेको कम्पनी ब्यबस्थापनको भनाइलाई उदृत गर्दै गैर आवासीय नेपाली संघ माल्टाका अध्यक्ष भुवन अर्यालले जानकारी दिए । अर्यालले विभिन्न व्यापार एवं व्यावसायिक व्यक्तिहरु लगायत माल्टामा रहेका नेपालीहरुको सहयोगमा ढुंगेलको शब नेपाल पठाइएको जनाउंदै छिट्टै अर्को नेपालीको शव पनि नेपाल पठाइने बताए । गैर आवासीय नेपाली संघ माल्टाले स्व. ढुंगेल र बुलुनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दिप प्रज्वलन समेत गरेको थियो ।
गैर आवासीय नेपाली संघ माल्टाले एक बिज्ञप्ती निकाल्दै स्व. ढुंगेल र बुलुनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । उक्त बिज्ञप्ती र स्व. ढुंगेलको परिवारले निकालेको बिज्ञप्ती जस्ताको तस्तै
सम्पुर्ण माल्टा बासी नेपालि दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक नमन ।
आज सम्पुर्ण माल्टाबासी नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुको अपारमाया,विभिन्न संघ सस्थाहरुको सहकार्यमा स्व.बिनिता ढुंगेलको पार्थिव शरिरलाई उहाँको घर परिवार सम्म पुर्याउन सफल भएका छौँ ,परिवारमा परेको त्यो नोक्सानलाई हामिले कुनै पनि मुल्यमा चुकाउन सक्दैनौं तर पनि उहाँको अन्तिम बिधाई उहाँकै परिवारको हातबाट सम्म भए पनि सम्भव भएको छ । जुन कुरा तपाईंहरुको साथ सदभाव र हौसला बिना सम्भव थिएन । हामी माझ थपिएको २ ओटा चुनौती मध्य एक चुनौती पार गर्न सफल भएका छौँ भने सोही दिन मृत अवस्थामा फेला परेक स्व.आकास बुलिमको घटनाको अनुसन्धानको प्रक्रिया सके पश्चात् हामीहरुले उहाँको पार्थिव सरिरलाई पनि उहाँको परिवार समक्ष जिम्मा लगाउने प्रतिबद्धता गर्दछौं । सुनौलो भबिस्यको सपना बोकेर माल्टा आउनु भएका स्व.द्वय त्यही सपनाको खोजिमानै कहिल्यै नफर्किने गरि यो संसार र तपाईंहामी माझबाट अस्ताउनु भयो,फेरि पनि उहाँहरुको मृत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछौं ।
अलबिदा!
बिनिता ,आकाश
तपाईंहरु सधै हामिहरुको सम्झनामा हुनुहुनेछ।
धन्यवाद
भुवन अर्याल
अध्यक्ष,एबं
एनआरएनए माल्टा परिवार

मेरो प्यारी बहिनी बिनिता ढुंगेल सूनौलो भबिश्यको आशामा रोजगारीका लागी १ महिना पहिले मात्रै माल्टा प्रवेश गरेकी थिईन ।
१ महिना मै भगवानको प्यारी भएकी छौ यो भन्दा ठुलो दुखको क्षण अरु हुन सक्दैन मेरो लागी । बहिनी तिम्रो स्वर्गमा बास होस ।
साथै यस दुखद अवस्थामा अस्पतालदेखी शव ल्याउदासम्म आफ्नो काम छाडेर सहयोग गर्नुहुने मेरो आदरणीय दाई जनसवाल रास्ट्रीय दैनिकका संपादक रामजी बगाले,गैरआवासीय नेपाली संघ एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्याल,निबर्तमान उपाध्यक्ष प्रकाश भण्डारीलगाएत माल्टाबासी सम्पूर्ण सहयोगी मनहरुमा हार्दिक नमन गर्दछु । यहाँ हरुको सामाजिक कार्य देखेर नतमस्तक भएको छु ।
गैरआवासीय नेपाली संघ एनआरएनए माल्टाप्रती आभारी छौ हामी सम्पुर्ण परिवार । सबै सहयोगी मनलाई धन्यवाद आफ्नो काम छाडेर सामाजिक कार्यमा अहोरात्र खटिनु भएकोमा ।
मैले धेरै पहिले देखी नाम सुन्दै आएको सँस्था एनआरएनएको गतिविधिले बिश्वमा रहेका नेपालीहरुले गर्व गर्ने ठाउँ भएको छ ।
रमेश दुलाल
एबं बिनिताको परिवार