आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

विश्वकपलाई सफल बनाउन नेपाली समुदायसँग अपिल

बिहिबार, कार्तिक २४ २०७९

 

कतारस्थित नेपाली दूतावासले कतारमा यसै महिना (नोभेम्बरमा) हुने बहुप्रतिक्षित फिफा विश्वकप फुटबल प्रतियोगिता सफल बनाउन वैदेशिक रोजगारमा रहेका नेपाली कामदार तथा नेपाली समुदायलाई अपिल गरेको छ ।

अबको ९ दिनपछि अर्थात् नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा विश्वकप फुटबलको महासंग्राम हुँदैछ । कतारले विश्वकप फुटबल आयोजना तथा त्यसको सफलतापूर्वक सञ्चालनलाई आफ्नो मुलुकको गौरव र प्रतिष्ठाका रुपमा लिएको छ ।
कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालले बुधबार विज्ञप्ति जारी गर्दै कतारमा क्रियाशील नेपाली समुदाय तथा संघसंस्थाहरूले यसबीचमा आयोजना गरिएका कार्यक्रम सम्भव भएसम्म स्थगित गरी इमान्दारिता, कर्तव्यपरायणता र उच्च मर्यादासहित विश्वकप फुटबल प्रतियोगिता सफल बनाउन जिम्मेवारपूर्ण सहयोग गर्नुपर्ने उल्लेख गरेका छन् । विज्ञप्तिमा नेपालीहरूले कतारको विकास तथा समृद्धिका लागि पुर्‍याएको योगदानको कतार सरकारका उच्चाधिकारीहरूले मुक्तकण्ठले प्रंशसा गरिररहेको उल्लेख गर्दै दुबै मुलुकको सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकसित गर्दै अझ उच्चस्तरमा पुर्‍याउन सबैले सकारात्मक र जिम्मेवार भूमिका निभाउनु पर्ने उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार