दोहा, कतार । नेपाली समाज कतारका उपाध्यक्ष प्रकाश आले मगरको नेतृत्वमा अन्य पदाधिकारी सहितको ठुलो हिस्सा नेपाली जनप्रगतिशिल मञ्च कतारमा ध्रुवीकरण भएको छ ।
शुक्रबार नेपाली जनप्रगतिशिल मञ्च कतारले आयोजना गरेको एक कार्यक्रमका बिच मञ्चका पश्चिम एसिया क्षेत्रीय समितिका अध्यक्ष शनि कुमार वलीले नवप्रवेशीहरुलाई स्वागत गर्नुभएको हो ।
नेपाली समाज संघीय समाजवादी पार्टीको प्रवास संगठन हो भने नेपाली जनप्रगतिशिल मञ्च नेकपा माओवादी केन्द्रको प्रवास संगठन हो ।
कार्यक्रममा बोल्दै नेपाली जनप्रगतिशिल मञ्च पश्चिम एसिया क्षेत्रीय समितिका अध्यक्ष शनि कुमार वलिले परिवर्तनकारी शक्तिहरु बिभाजित हुँदा माओवादी जनयुद्धको जगमा प्राप्त उपलब्धि गुम्ने खतरा बढेको भन्दै पुनः सबै शक्ति एकाकार भएर अगाडि बढनुपर्ने बताउनुभयो ।
उहाँले केपी वलीको नेतृत्वमा पटकपटक परिवर्तनलाई उल्टाउने प्रयास भएकोले गणतन्त्रको रक्षाका खातिर लोकतान्त्रिक शक्ति बीच गठबन्धन भएको भन्दै गणतन्त्रको रक्षाको निम्ति आफुहरु जस्तोसुकै परिस्थिति सामान गर्न तयार रहेको बताउनुभयो ।
वलिले वर्तमान संविधान पुर्ण नभएको र आफ्ना फरकमत रहेतापनी तत्कालीन अवस्थामा यसलाई सदुपयोग गरेर नै प्राप्त उपलब्धि संस्थागत गरेर अगाडि बढनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ध्रुवीकित भएर आउनुभएका नेपाली समाज कतारका उपाध्यक्ष प्रकाश आले मगरले नेतृत्वले कार्यकर्ताको भावना बिपरित परिवर्तन बिरोधि सङ्ग गठबन्धन गरेर अगाडि बढेपछि नेपालको परिवर्तनको मुख्य शक्ति माओवादी भएकोले आफुहरुले यहि पार्टी रोजेको बताउनुभयो ।
पुनले विगतम फरक पार्टीमा भएपनि एजेन्डाका हिसाब यही पार्टी संग नजिक रहेकोले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशी सहभागीता जस्ता परिवर्तनका खातिर आफ्नो साहदत दिएका सम्पुर्ण सहिदहरुको सपना पूरा गर्न आफ्नो तर्फबाट लाग्ने बताउनुभयो ।







