काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए युएई र नेपाल एशोसिएसन युएई बिच सहमति भएको छ । दुई सँस्था एउटै भएको एनआरएनए आईसिसिले एक बिज्ञप्ति निकालेर जानकारी गराएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद तथा राष्ट्रिय समन्वय परिषद युएईको संयुक्त पहलमा युएईमा गैरआवासीय नेपाली संघलाई प्रतिनिधित्व गर्ने संस्था नेपाल एशोसिएसन युएई दर्ता भएको तथा गैरआवासीय नेपाली संघ तथा नेपाल एशोसिएसन एउटै संस्था रहेको एनआरएनए आईसिसिले जानकारी गराएको छ । पछिल्लो समयमा युएईमा रहेका नेपालीहरुको बीचको असमझदारीको विषयमा सहमती भईसकेको तथा गैरआवासीय नेपाली संघ युएईमा नयाँ कार्यसमिति चयन भईसकेको एनआरएनए आईसिसिले अवगत गरेको छ । यस परिप्रेक्ष्यमा युएईमा दर्ता भएको संस्था नेपाल एशोसिएसन युएई युएईको स्थानिय प्रावधान अनुसार गर्नु पर्ने अधिवेशन गैरआवासीय नेपाली संघ तथा नेपाल एशोसिएसन युएइको संयुक्त रूपमा सम्पन्न गरी दुवै संस्थालाई एकगरी अगाडी बढ्नको लागी एनआरएनए आईसिसिले अनुरोध गरेको छ । एनआरएनए आईसिसिका महासचिवद्वय डा. केशव पौडेल र गौरीराज जोशीले संयुक्त बिज्ञप्ती जारी गर्दै दुई सँस्था एउटै भएको जानकारी गराएका हुन । महासचिवद्वयले एनआरएनए युएईका पुर्व अध्यक्ष एबं नेपाल एशोसिएसन युएईका अध्यक्ष रमेश श्रेस्ठलाई सम्बोधन गर्दै दुबै सँस्था एउटै भएको जानकारी गराएका हुन । दुबै सँस्था एक भएकोमा खुशी ब्यक्त गर्दै श्रेस्ठले ढिलै भए पनि एनआरएनए आईसिसिले राम्रो निर्णय गरेको बताए । बिगत केही बर्षदेखी दुई सँस्थाबिच भएको आन्तरिक विवादले युएईमा समस्या उत्पन्न भएको थियो ।
एनआरएनए आईसिसिले निकालेको बिज्ञप्ती जस्ताको तस्तै
श्री रमेश श्रेष्ठ, भुतपूर्व अध्यक्ष, राष्ट्रिय समन्वय परिषद युएई तथा अध्यक्ष, नेपाल एशोसिएसन युएई
विषय: जानकारी सम्बन्धमा ।
महोदय,
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद तथा राष्ट्रिय समन्वय परिषद युएईको संयुक्त पहलमा युएईमा गैरआवासीय नेपाली संघलाई प्रतिनिधित्व गर्ने संस्था नेपाल एशोसिएसन युएई दर्ता भएको तथा गैरआवासीय नेपाली संघ तथा नेपाल एशोसिएसन एउटै संस्था रहेको जानकारी गराउदछौं । पछिल्लो समयमा युएईमा रहेका नेपालीहरुको बीचको असमझदारीताको विषयमा सहमती भईसकेको तथा गैरआवासीय नेपाली संघ युएईमा नयाँ कार्यसमिति चयन भईसकेको व्यहोरा समेत अवगत नै छ । यस परिप्रेक्ष्यमा युएईमा दर्ता भएको संस्था नेपाल एशोसिएसन युएई युएईको स्थानिय प्रावधान अनुसार गर्नु पर्ने अधिवेशन गैरआवासीय नेपाली संघ तथा नेपाल एशोसिएसन युएइको संयुक्त रूपमा सम्पन्न गरी दुवै संस्थालाई एकगरी अब अगाडी बढ्नको लागी अनुरोध गर्दछौ । उक्त अधिवेशनमा मध्यपूर्वमा रहेका क्षेत्रिय संयोजक, उपसंयोजक लगायत सम्पूर्ण अग्रजहरुलाई समेत समावेश गराई युएईमा रहेका नेपालीहरुको विचको एकता अझ प्रगाढ रुपमा कायम गरी अगाडि बढ्नको लागि समेत अनुरोध धन्यवाद!
डा. केशव पौडेल
महासचिव
गौरीराज जोशी
महासचिव
