आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

ग्लोबल आइएमई बैंकद्वारा पोखरा महानगरमा २ वटा नयाँ शाखा सञ्चालन

बिहिबार, कार्तिक १७ २०७९

काठमाडौैं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि पोखरा महानगरपालिकामा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुईवटा नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २९२ पुगेको छ ।
बैंकले वडा नं. १७ स्थित बिरौटा र वडा नं. २४ स्थित पामेमा एकैसाथ दुई वटा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो ।
नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार