काठमाडौं । विमानस्थलमा सेटिङमार्फत दैनिक दर्जनौ कामदारलाई खाडी मुलुकमा पठाउदै आएका बिमानस्थल अध्यागमनका कर्मचारीले कालोसुचीमा राखिएका तथा फरार अपराधीलाई समेत प्रहरीको आँखा छलेर भगाउने गरेको तथ्य खुलेको छ । चर्को रकम असुलेर फरार रहेका तथा अध्यागमनले कालोसुचीमा राखेका ब्यक्तिहरु फेला पर्दा प्रहरीलाई जिम्मा लगाउनुको साटो उल्दै प्रहरीको आँखा छल्दा समेत अध्यागमन बिभाग मुकर्दशक बनेको छ । बिमानस्थल अध्यागमनका कर्मचारीले विभिन्न ब्याक्तिलाई विदेश पठाईदिने भन्दै करोडौ रकम ठगेर फरार रहेका नुवाकोटका श्यामराज पाण्डेलाई भगाएका छन् ।
स्रोतका अनुसार गएको कार्तिक ७ गते साँझ जापान जान लागेका पाण्डेलाई बिमानस्थल अध्यागमनका कर्मचारीले भगाएका हुन् । विभिन्न ब्याक्तिलाई क्यानडा,अमेरिका तथा युरोपेली मुलुकमा पठाईदिने भन्दै पाण्डेले दर्जनौ ब्याक्तिबाट करोडौं असुलेर फरार भएका थिए । फरार पाण्डेका विरुध बैदेशिक रोजगार बिभागमा उजुरी परेपछि बिभागले उनलाई कालोसुचीमा राखेको थियो । पाण्डे मुलुक छाडेर भाग्न सक्ने भन्दै बिभागले बिमानस्थल अध्यागमनलाई विदेश जान खोजेमा रोखिदिन आग्रह गरेको थियो । बिभागकै अनुरोधमा अध्यागमनले उनलाई कालोसुचीमा राखेको थियो ।
कार्तिक ७ गते बेलुका नेपाल एअरलाईन्सको बिमान मार्फत जान जान लागेका पाण्डेको अध्यागमनमा पुगेपछि कालोसुचीमा रहेको देखियो । स्रोतका पाण्डेलाई छाड्न उपल्लो निकाएबाट दबाब आएको थियो । तर डेक्समा बसेका कर्मचारीले जोखिम उठाउन नसकेपछि उनलाई प्रहरीलाई सुईको नदिएर अध्यागमनका कर्मचारीले भगाएका थिए । स्रोतका अनुसार उनलाई अध्यागमनबाट भगाएको एक घण्टापछि प्रहरीलाई खबर गरिएको थियो । नियमत पाण्डेको ठाँउमा अन्य कुनै ब्यक्ति भएको भए कालोसुचीमा देखिनासाथ प्रहरीलाई खबर गरिन्थ्यो र कालोसुचीमा राख्ने निकाए तथा स्थानको जिम्मा लगाउनु भन्दै पत्रका साथ प्रहरीको जिम्मा लगाइन्थो तर त्यो दिन त्यसो नगरेरै पाण्डेलाई बाहिर जान भनियो र उनी भागेको एक घण्टापछि मात्र प्रहरीलाई खबर गरियो ।
वैदेशिक रोजगार बिभागका निर्देशक कृष्ण भुषालले श्याम कुमार पाण्डेले विभिन्न ब्यात्तिलाई क्यानडा पठाईदिने भन्दै करोडौ रकम उठाएर फरार भएको भन्दै बिभागमा उजुरी परेको पुष्टि गरे । पिडीतहरुको उजुरीको आधारमा उनलाई कालोसुचीमा राखिएको समेत बताए । त्यसैगरी अध्यागमन बिभागका निर्देशक एंम सुचना अधिकारी कमल प्रसाद पाण्डेले उक्त घटनामा बारेमा छानबिन समिती बनेको बताए ।
बिएल नेपालीसेवासँग कुरा गर्दै सुचना अधिकारी पाण्डेले भने, ‘कालोसुचीमा रहेका श्याम राज पाण्डे प्रहरीको जिम्मा लगाउने प्रक्रियामा रहेका बेला फरार भएको बताए । प्रहरीलाई जिम्मा लगाउदा प्रक्रियामा जानुपर्ने हुन्छ, पत्र बनाउनु पर्ने हुन्छ, सोही गर्ने क्रममा उनी भागेको देखियो । मेरो नेतृत्वमा छानबिन समिती बनेको छ, भडाईयो या भागे भन्ने बारेमा अहिल्यै भन्न सकिदैन, छानबिन पछि थाहा हुन्छ’, उनले भने । अध्यागमनको नियन्त्रणमा रहेका ब्यक्ति कसरी फरार भए ? त्यमसा गम्भीर प्रश्न खडा भएको छ । अध्यागमनबाट भागेका ब्याक्तिलाई कर्मचारीले खबर गरेका भए प्रहरीले तत्काल समाउन सक्थ्यो । तर अध्यागमनका कर्मचारीले एक घण्टापछि मात्र खबर गरे, जुन समयमा ति ब्यक्तिले बिमानस्थल छाडिसकेका थिए ।
बिचौलियासँग मिलेर भिजिट भिषामा अध्यागमनका कर्मचारीले दैनिक सयौं कामदारलाई खाडी मुलुक पठाउदै आएका छन् । २ लाख ५० हजार देखि तीन लाखसम्म लिएर खुलेआम खाडीमा पठाउने गरेको गुनासो छरपस्ट भएपछि प्रहरीले केहीदिन रोखेको थियो । करिव २ सातासम्म प्रहरीले त्यसरी सेटिङ मार्फत जाने ५ सय बढीलाई रोखेको थियो । भिजिट भिषामा प्रहरीले चेकजाँच गर्न थालेपछि अध्यागमनकै कर्मचारी र बिचौलीयाको सेटिङमा गृहदेखि प्रधानमन्त्री कार्यालयसम्मबाट प्रहरीलाई दबाब दिएका थिए ।