आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

हिरोको एक्सप्लस–२०० खरिदमा अफर, लोमाङ्थान घुम्ने अवसर

बुधबार, कार्तिक १६ २०७९

काठमाडौं । नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले एक्सप्लस–२०० मोटरसाइकल खरिदमा एक अफर ल्याएको छ ।

आन्तरिक पर्यटन प्रवर्द्घनको उद्देश्यका साथ कम्पनीले लोमाङ्गथान भ्रमण गराउने अफर ल्याएको हो । जसअनुसार कार्तिक १६ गतेदेखि करिब ३० जनाभन्दा बढी एक्सप्लस–२०० चढ्ने ग्राहकहरुलाई सहभागिता गराउँदै यात्रा सुरु हुनेछ । सो यात्रा काठमाण्डौ–पोखरा–लेटे–जोमसोम–मुक्तिनाथ–लोमाङ्गथान हुँदै करिब ९०० कि.मि.को हुने कम्पनीको भनाइ छ ।

नेपाल जनरल माकेटिङका अध्यक्ष अभिक ज्योतिले हिरोको शोरुमा यात्राको शुभारम्भ गरे । सो अवसरमा उनले यात्रामा सरिक हुने सबैलाई अनुशासित तवरले सतकर्ताका साथ बाइक चलाउनु अनुरोध गर्दै जोखिममुक्त तवरले यात्राको सफलताको लागि सबैलाई शुभकामना दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार