आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नगरकोट सडक निर्माण ढिलाइकाे विराेधमा सडक अवरुद्ध

बुधबार, कार्तिक १६ २०७९

भक्तपुर, १६ कात्तिक

भक्तपुरको नगरकोट सडक निर्माणमा ढिलाइ भएको भन्दै दुई घण्टा सडक अवरुद्ध गरिएको छ । सो क्षेत्रका विभिन्न राजनीतिक पार्टीका उम्मेदबारहरूको सहभागितामा नगरकोट सडक जाने भक्तपुर कमलविनायक भत्केको पाटीमा बुधबार बिहान ८ बजेदेखि दुई घण्टा सडक अवरुद्ध गरिएको थियो ।नगरकोट नाल्दुम पर्यटन विकास समितिको अगुवाइमा भएको कार्यक्रममा सत्ता गठबन्धन, एमाले, राप्रपालगायतबाट सो क्षेत्रमा उम्मेदवारी दिएका उम्मेदवारहरूले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार