पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठ (किसान) ले बारा जिल्लामा विकासको बहार ल्याउने प्रतिवद्धता जनाएका छन् । बाराको परवानीपुरमा आयोजित वृहत्त पार्टी प्रवेश कार्यक्रममा नेता श्रेष्ठले वृहत् सम्बृद्धिको सम्भावना भएर पनि अपेक्षित विकास हुन नसकेको बारा जिल्लाको समग्र विकासका लागि आफूले नेतृत्व लिने बताए। वाम लोकतान्त्रिक गठबन्धनबाट बारा-४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका श्रेष्ठले बारामा राष्ट्रिय महत्वका परियोजनाहरू आफूले अघि बढाउने प्रतिवद्धता जनाए। करिडोर व्यवस्थित बनाउने, रोजगारी सिर्जना गर्ने, सिँचाइ सुविधा पुर्याउने, कृषिको आधुनिकीकरण गर्ने जस्ता योजना समेत रहेको उनले बताए । सो अवसरमा नेकपा एमालेका नेता रामेश्वर पटेल नेतृत्वमा ३ सय जना एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।