आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

नवौं राष्ट्रिय खेलकुदमा आज दोहोरी गीत प्रदर्शन हुँदै

बुधबार, कार्तिक २ २०७९

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत बुधबार दोहोरी गीत प्रर्दशन गरिदैछ । पोखरा रंगशालाको बास्केटवल कोर्टमा बुधबार दिउँसो ३ः०० बजेदेखि दोहोरी गीत प्रदर्शन गरिने राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका पुर्व अध्यक्ष चन्द्र शर्माले बताए । उनका अनुसार २०४६ सालदेखी रोकिएको दोहोरी गीत कार्यक्रम यसपटकदेखी परिषद्ले शुरु गरेको हो । दोहोरी गीत प्रदर्शन कार्यक्रममा राष्ट्रिय, प्रदेश र जिल्ला स्तरका कलाकारहरुले नेपाली मौलिकपन झल्किने दोहोरी गीत प्रस्तुत गर्नेछन ।

प्रतिक्रिया
सम्बन्धित समाचार