काठमाडौं
काठमाडौंको कीर्तिपुरमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता बर्षा बाधक भएपछि शुक्रवारको खेल प्रभावित बन्यो । बर्षाले प्रभावित भएपछि एनआरएनए र एपिएफको टोलीले अंक बाँडेका छन् । एनआरएनए टोलीले १३ ओभरमा २ विकेट गुमाई दिएको १२० रनको लक्ष्य दिएको थियो तर बर्षा बाधक बने पछि प्रतियोगीता रोकिएको थियो एनआरएनको तर्फ बाट पृथु बास्कोटाले ३८ रनको पारी खेलिरहेका थिए त्यसयता खेल सुचारु गर्न सकिएन र दुवैले एक– एक अंक पाए ।अंक बाढे पनि एनआरएनए टोली टेबलको शीर्ष स्थानमा छ।