आइतबार, भाद्र ५ २०७९
विषय प्रसंग
२०७२ अशोज ३ मा नेपालमा संविधान जारी भएपछि भारतले लगाएको ५ महीना नाकाबन्दीमा बेइजिङबाट हजारौ दूरी पार गरेर करिब दश लाख लिटर उपहारका रुपमा इन्धन सिगात्से–केरुङ–रसुवागढी हुँदै काठमाण्डौ आइपुगेको थियो । तिब्बतको सिगात्सेसम्म रेलकै डिम्बामा इन्धन ल्याइए पनि त्यहाँबाट यता चिनीयाँ ट्यांकरमा ल्याईएको थियो । चीन तर्फ पूर्वाधार संरचना सबै भएका र नेपालतर्फै संरचाना केही नहुँदा उतm इन्धन ल्याउन हम्मे परेको थियो । ठूला सडक बनिसकेको, बनिरहेका र बन्ने तयारीमा रहेको केरुङतर्फको पूर्वाधारबाट थाहा हुन्छ की चीनले नेपालसंगको यो नाकालाई त्रिदेशी चीन, नेपाल र भारतमा सिमीत नराखी दक्षिण एशीयाली क्षेत्रलाई लक्षित गरेर अघि बढाउन खोजेको देखिन्छ । पहीलो सुरक्षा र दोश्रो आर्थिब विकासमा जोड दिईरहेको चीनले केरुङमा पूर्वाधार निर्माणलाई प्राथमिकता दिदैं आएको छ । चीनसंग सन् २०१६ को मार्चमा नेपालले पहिलोपटक पारवहन र यातायातको सम्झौता गरेको थियो । चीनको बिआरआईलाई नेपालले समर्थन गरेको छ ।
तातोपानी नाका बन्द भएपछि चीनसंगको मुख्य व्यापार रसुवागढीबाट सुरु भएको केहि बर्ष वितीसकेको छ । यो अन्तर्राष्ट्रिय नाका भएकाले सहज रुपमा आवतजावत गरिनु पर्दछ भन्ने रहेको छ । तर तातोपानी र रसुवागढी नाका बन्द हुँदै खुल्दैआएका छन् । पटक पटक भोटेकोशीले क्षतविक्षत बनाएको तातोपानी नाका २०७७ माघ अन्तिम सातादेखि खोलिएको थियो । बिचबिचमा त्यसपछि फेरी दुबै मख्य नाका खोलिदै बन्द हुँदै आएको छ । कहिले तिब्ब्त चीनतर्फ चुनाव त कहिले नेपालतर्फ, त कहिले दुबैतर्फ ल्होसार, त कहिले टंकर समस्या त कहिले टं्याकर भाडा आदिका समस्याले नेपाल र चीनदुबैतर्फ व्यापार तथा मानिस आवागमनमा खुल्दै बन्द हुँदै आएको छ ।
२०७९ श्रावण २७ देखि नेपाल तथा चीन तातोपानी र केरुङ नाका बन्द गरको छ । नेपालको दोश्रो ठूलो व्यापारिक कारोबार हुने मित्र देशले नेपालसंगका २ अघोषित रुपमा बन्द गरको छ । नेपालसंग सीमा जोडिएका तिब्बत तर्फ कोनीडको संक्रमण फैलिएको भन्दै तातोपानी र रसुवा गढी नाकाबाट मालसामान पठाउन रोक लगाएको थियो । चीनबाट सामान ल्याउने २ प्रमुख नाका तातोपानी र केरुङ रसुवागढी चीन पक्षले सिल गरेपछि श्रावण अन्तिम सातादेखि गाडी आउन रोकिएको बताईएको छ । ततोपानी नाका हुँदै दैनिक ८ देखि १० वटा मालवाहक ट्रकमा सामान आउने गरेका थिए । चीनले विना जानकारी एकतर्फी एक्कासी सामान पढाउन रोक लगाएपछि व्यवसायीहरु समस्यामा परेको छन् । नाका बन्द भए पछि चाँडपर्व लाई लक्षित गरेर ल्याईएका लताकपडा बिच बाटोमा रोकिएको बताएपछि २०७९ सालको तीज तथा दँशैका लागि ल्याइएका कपडालगायत सामाग्री तिब्बतमा नै अड्किएका छन् । नेपाली बजारमा चीनीया सामानको बर्चस्व रहिआएको छ ।
२०७८ ।७९ मा चीनबाट २ खर्ब ६४ रुपैयाँका सामान आयात भएको थियो । तिब्बतमा कोरोनाका कारण ल्हासाबाट खासातर्फ सवारी साधन नआएको सूचना आएको भन्सार अधिकारी बताउँदछन् । दैनिक २ सयदेखि साढे २ सय ट्रकमा सामान आायात हुँने यी नाकाबाट मुस्किलले दैनिक २५ देखि ३० वटा गाडी मात्र आएका छन् । तातोपानी र केरुङबाट सामान आयात गर्दा २० देखि २२ दिन मै आइपुग्दछ । जब की भारतको कोलकाटाबाट कन्टेनरमा नेपालसम्म सामान आईपुग्न करिब ४० देखि ४२ दिन लाग्दछ् । तातोपानी र केरुङबाट आधी समय लाग्ने भएको व्यापारी तातोपानी ताथ केरुङ प्रयोग गर्न चाहान्छन् । नेपालबाट २०७७।७८ मा चीनतर्फ ८० करोड ८७ लाख रुपैयाँका सामान निर्यात भएको थियो । २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द भएकाले छोटो मानिएको त्रिदेशीय व्यापारिक रसुवागढीको उन्नती गर्न चीन आपैm सक्रिय बन्दै आएको थियो । नेपाल र चीनबिच रसुवागढी नाका स्तरोन्नती कार्यलाई अद्यपी जारी राखिएको छ । यस नाकालाई अन्तर्राष्ट्रिय सीमा नाकाका रुपमा विकास र व्यवस्थापन गर्न पूर्व सहमति भए अनुरुप स्तरोन्नतीको कार्यलाई नियमितता दिईदै आएको छ । भन्सारको कामलाई सरलिकृत गर्न चरणचरण गरी प्रिफेबिकेटट भवन निर्माणबाट अरु चरणका कार्य अगाडी बढाईदै आएको छ । २०७१ सालमा नै चीनले रसुवागढीमा सुख्खा बन्दरगाह बनाईदिने सहमति गरेको थियो तर २०७२ को भूँइचालोले २०७५ सम्म पनि उतm सुख्खा बन्दरगाह निर्माणलाई असर गर्दै आएको थियो । रसुवागढीमा सुखखा बन्दरगाह निर्माणमा चीनले अद्यपी प्राथमिकतामा राखेको छ । तातोपानीमा बनाईने भनिआएको साघुरो सुखखा बन्दरगाह भन्दा रसुवागढीमा प्रस्तावित गरिएको सुख्खा बन्दरगाह ठूलो क्षमताको हुने बताईदै आएको छ । साथै रसुवागढी नाकामा स्थायी भवन निर्माण गर्न तीन बर्ष अर्थात २०७६ सालसम्म लाग्ने भनिएको थियो तर यो कुन भवन हो । तर उही विवादमा तानिएको चीनीयाँ भन्सार भवन त होईन ?
अन्य नाकाको तुलनामा रसुवागढी नाकालाई पहिलो प्राथमिकता राखी आएको छ । साथै नेपाली भूमीमा चीन बिरोधी गतिबीधि नियन्त्रण, गैरकानुनी क्रियाकलाप मानव बेचबिखन, वन्यजन्तुलगायत बहुमूल्य धातु एवम् जडीबुटी ओसारपसार नियन्त्रणका लागि निगरानी बढाउने दुई देशबिच सहमति हुँदै आएको छ । रसुवागढी नाकाबाट हुने व्यापार सहजीकरणबारे बेलाबेलामा सहमति हुँदै आएको छ । साथै दुई देशबिच सीमास्तम्भ व्यवस्थापन गर्ने र त्यसको मर्मत गर्ने कार्यमा छलफल हुँदै आएको छ । यस नाकाबाट तेश्रो देशका नागरिकलाई चीन प्रवेशको लागि सहज बनाउन चीनीयाँ पक्ष सहमति हुँदै आएको छ । तर स्थानीयबासीको चीनको केरुङबाट रसुवा, नुवाकोट,धादिङ हुँदै सुन तस्करी बढेको भनाई रही आएको थियो तर हाल यसमा कमी आएको हा की ? समाचार नबनेको हो । नेपाल र चीनबिचको संशोधन प्राबधानसहित चीन र नेपाल व्यापार र भुतmानी संझौताअनुसार पहिलेका कोदारी ÷न्यालम, रसुवा÷केरुङ , यारीहुम्ला ÷पुरङ र ओलाङचुङगोला ÷रिउ गरी चार र पछि थप दुई किमाथांका ÷रिउ र नेचुङ ÷लिजी गरी कुल ६ वटा नाका दुई देशबिचको व्यापार प्रबद्र्धन गर्न खुला गरिएको छ । २०७२ मा गोरखा, दोल्खा र मुगुबाट तिब्बत जोड्ने तीन नाका खोल्नका नेपाल र चिनीयाँ सरकारीबीच सम्झौता भएको थियो । अब तिब्बत जोड्ने नाकाको संख्या ९ वटा पुगेको छ । यस अघि ६ वटा मात्र नाका थिए । ती मध्ये केहि नाकाका दृष्य तल उल्लेख गरिएको छ । चीन सरकारले केरुङ र कोरला नाकालाई पहिलो प्राथमिकता राखेको भए पनि तातोपानी, ताक्लाकोट , किमाथांका, सोलुको नाम्पाला भञ्ज्याङलगायत गोरखा, मुगु र हुम्लाका नाकाहरुलाई व्यवस्थित बनाउने सम्बन्धमा कामकारवाही हुँदै आएको छ ।
मेचीको ओलाङचुङ गोला नाका
ओलाङचुङ गोला पूर्वी नेपालबाट उतरी छिमेक चीन छिर्ने प्रवेश विन्दु रही आएको छ । नेपाल–चीन सीमा नाका ताप्लेजुङको टिप्ताला भञ्ज्याङदेखि ओलाङचुङगोला तर्फ सडक जाडिएको भनिन्छ । ट्रयाक खुलेको सडकमा सानो गाडी र मोटरसाईकल चल्न सक्दछ भनिएको धेरै बर्ष भयो ।
सखुवासभाको किमाथांका नाका
चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा चर्चित उतर–दक्षिण कोशी सडक योजनाअन्तर्गत ट्रयाक खोल्ने काम कतै अगाडी बढदै कतै रोकिदै निर्माण कार्य जारी थियो । बहुचर्चित यस योजनाले भारतको जोगबनी, बिराटनगरको रानी भन्सार हुँदै चीनलाई जोडदछ । यो मार्ग नेपालबाट चीन र भारत जोडने सबैभन्दा छोटो दुरीको हँुनेछ । रानीदेखि किमाथांकासम्म ३ सय ९० किमी पर्दछ । चीन,भारत रनेपालबीचको त्रिदेशीय व्यापारिक लाइन विस्तार गर्न यो योजना अत्यन्त महत्वपूर्ण मानिएको छ । चीनको तिब्बत जोडने किमाथांका नाकासम्म दुई बर्षभित्र अर्थात २०७७ जेठ भित्र सडक पु¥याउने बताईएको थियो तर २०७७ को माघ त के २०७८ अशोज वितीसकेको छ । भनिन्छ की समयमा नै काम सकिए किमाथांका चीनसंग जोड्ने अन्य ६ नाकाभन्दा सहज र राम्रो हुनेछ । यो नाका सबै मौसममा सञ्चालनमा आउन सक्दछ । उतर –दक्षिण कोशी राजमार्गले खाँदबारी र किमाथांकालाई जोडेको छैन् । किमाथांकाका बासिन्दाले चिनियाँ मुद्रानै बढी प्रयोग गर्ने गर्दछन् । किमाथांकाबाट देन्दाङ र चाँगा दुई सय मीटर मात्र टाढा पर्दछ । सीमा प्रहरी कार्यालयबाट पास लिएर स्थानीय बासिन्दा तिबबती बजार आवतजावत गर्दछन् । खाँदबारी –किमाथांका सडक निर्माण नहुन्जेलसम्म तिब्बती बजारसंग निर्भरता नघट्ने बासिन्दाको भनाई छ ।
दोलखाको लामाबगर नाका
टिङ्गी सहरबाट तातोपानी भन्दा लामाबगर नाका आउन ७१ किलोमिटर नजिक छ केरुङ र तातोपानी नाका भन्दा लामाबगर सडक सुरक्षित देखिन्छ । दोलखाका लप्चीबासी तिब्बतको छुस्साङ भन्ने बजारमा निर्भर छन् । लामाबगरबाट तिब्बत जोड्ने छोटो नाका ङयाङलुङ हो । सरकारले उतरी नाका खोल्ने उच्च प्राथमिकतामा परेको ६ वटा नाकामध्ये लामाबगर परेपनि पाँच बर्षदेखि सुरु गरेको कामको प्रगति हुन सकेको छैन् । लामाबगरमा छोटी भन्सार पनि छ ।
तातोपनी नाका
तातोपानीबाट देशभरका व्यवसायी र सर्बसाधारणले खासा प्रवेश गर्दै आएका थिए । चालु अवस्थामा चीनले तातोपानी नाकामा दिएको सुबिधासमेत कटौती गरेर तातोपानी नाका बन्द भएका कारण रसुवाबासीलाई मात्र प्रवेश दिएपछि जोखिम बढेको थियो । राजधानीबाट रसुवागढी नाका पुग्न त्यतिकै जीर्ण छ । कन्टेनर सहज रुपमा अद्यपी आवतजावत गर्न सकेको छैन् । तर तातोपानी नाकाबाट बर्षेनी करिब २० अर्ब बढीका आयात र पौने ३ अर्बको निर्यात भूकम्प अघि हँुदै आएको थियो । अब त तातोपानी र रसुवागढी नाका निल्नु की ओक्लनु भएको छ । बर्षभरीमा धेरै समय त ती दुई नाकाहरु बन्द हुँदै आएका छन् ।
पुनः स्मरण गराईन्छ की तातोपानी नाका भिन्न कारणले बन्द भएपछि चीनसंगको मुख्य व्यापार रसुवागढीबाट सुरु भएको केहि बर्ष वितीसकेको थियो । तर यो नाका पनि बिचबिचमा खुल्दै बन्द हुँदै आएको छ । यो अन्तर्राष्ट्रिय नाका भएकाले सहज रुपमा आवतजावत गरिनु पर्दछ भन्ने रहेको छ । तर तातोपानी र रसुवागढी नाका बन्द हुँदै खुल्दैआएका छन् । तर पछिल्लो समय भोटेकोशीले क्षतविक्षत बनाएको तातोपानी नाका २०७७ माघ अन्तिम सातादेखि खोलिएको थियो र पछि फेरी के के भयो गर्भको कुरा थियो । र छ । ।
तातोपानी नाकाबाट दैनिक एक हजारका हाराहारीमा कन्टेनर पास हुने गर्दथे । तर रसुवागढी र तातोपानी नाकालाई के भयो गाडी मात्र तिबबततिर गई लोड गाडी नेपालतिर आउन कठिन हुन्छ । नेपालको सिन्धुपाल्चोकको लार्चा र काभ्रेको पाँचखालमा सुख्खा बन्दरगाह बनेपछि तातोपानी नाका चालु गर्ने मनसाय जस्तो देखिन्थ्यो । तर अब तातोपनि र रसुवागढी नाका खुले पनि तातोपानी नाकाको विकल्पका रुपमा चीनले लिएको जस्तो मानिसले सोंचेको थिए तर त्यसो होईन रहेछ । त्यसैले तातोपानी नाका खुल्न अपठ्े्रो जस्तो विगतमा देखिए पनि अब यो नाका खुलेको छ । । तर चीनले सबै जसो नेपाली टोलीसंग तातोपानी नाका खोलिने कुरा द.गर्दै आएको थियो । बिचमा हल्ला के के भए । कहिले नाका खुल्छ त कहिले बन्द हुन्छ ।
गोरखा नाका
चीनको तिब्बती सिमाना जोड्ने लार्केसम्म सडक पु¥याउन २०७५ बैशाखतिर पनि ट्रयाक खोल्ने काम गरिरहेको बताइन्छ । यस्को अवस्था के छ जान्न आवश्यक छ । लार्के नाकाबाट सडक यातायात खुलाउन गोरखा सदरमुकामबाट उतर दरौदी खोला किनार हुँदै बारपाक र लाप्राकनजिकबाट बुढी गण्डकी खोलैखोला सामागाउँ छोएर लार्केको लज्याङ भञ्ज्याङसम्म सडक पु¥याउन आवश्यक पर्दछ ।
मुस्ताङको कोराला नाका
नेपालको संबिधान २०७२ मा असन्तुष्टि जनाउँदै भारतबाट गरिएको केही महिना अघोषित नाकाबन्दीका कारण इन्धनलगायत अति आवश्यक दैनिक उपभोग्य वस्तुहरुको अभाव भएपछि कोराला नाका खुलाउन पर्ने आवश्यकता भएको थियो । देश बैदेशीक व्यापारमा एकातर्फ अर्थात भारततर्फ मात्र निर्भर रहन नहुने र छिमेकी देश चीनसंग जोडीएका व्यापारिक नाकाहरुलाई पनि सञ्चालनमा आउन पर्ने आवश्यकता महशुस गरियो ।
२०७२ अशोज–कार्तिकतिर नै कोरला नाकालगायत उतरतिरका अन्य नाका खोल्ने कार्यमा सरकार गम्भिर रुपमा लाग्नुका साथै आवश्यक कूटनितिक कदमलाई तीब्र बनाउन लागिएको थियो । बेनी–जोमसम तथा कोरला १ सय ७६ किलोमिटर सडक निर्माणलाई राष्ट्रिय प्राथमीकतामा राखी द्रुत गतिमा निर्माण कार्य चल्दैथ्यो ।तर अब यस्को कार्यमा कानमा तेल हाले बसे जस्तो छ ।
मुगुको नग्चा
नेपालगञ्जबाट उतर लागेको सडक विरन्द्रनगर, दैलेख, मान्म, जुम्लाकोटदेखि सिनिया खोला हुँदै भैगाउँबाट गमगढी पुग्न सक्दछ । दैलेखसम्म पककी सडक बनीसकेको छ । त्यसपछि जुम्लाकोटसम्म कच्ची सडक रहेको छ । यहाँदेखि गमगढीसम्मको सडक निर्माणाधिन थियो । गमगढीदेखि मुगु कर्णाली खोलैखोला मुगुगाउँको नेपाल–चीन सिमानाका नग्चासम्मको सडक प्रस्तावित अवस्थामा रहेको थियो ।
रसुवागढी नाका बाह्य व्यापार मार्ग विस्तारको अवसर
चीनसंग सीमा जोडिएको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा एकीकृत भन्सार कार्यालय भवनको निर्माण सुरु भइसकेको छ । केरुङबाट रसुवागढी हँुदै काठमाण्डौ जोड्ने तिन सडक मार्ग छन् । पहिलो काठमाण्डौं । गल्छी । धुन्चे । रसुवागढी दोश्रोमा काठमाण्डौं । ककनी ।धुन्चे । रसुवागढी र तेश्रोमा काठमाण्डौं । टोखाहुँदै धुन्चे । रसुवागढी रही आएको छ । तर नेपाली सेनाले ट्रयाक खोलिरहेको र यो २०७४ अन्तसम्म डबल लेन खोली संचालनमा आउने भनिएको थियो ।मैलुङ–स्याफु्रबेसी खण्ड(१६ कीमी) र बेत्राबती –मैलुङतर्फ (१० कीमी) मार्ग बनेपछि जम्मा २६ कीमीको काठमाण्डौबाट रसुवागढी कम समयमा नै पुग्ने भनिए पनि २०७५ हँुदै ०७७ अनि २०७८ मा आउँदा र जाँदा बनेको छैन् की कसो हो ? । मन्त्रालयले प्रस्ताव गरेको टोखादेखि नुवाकोटको थान्सिङछहरेको टनेल मार्ग बनेमा अझ बाटो छोटीन गई साढे दुई घण्टामै काठमाण्डौंबाट रसुवागढी पुग्न सकीनेछ । तर टनेल बनेमा काठमाण्डौं–रसुवागढी ९० किलोमीटरको बाटो साढे दुई घण्टामा ओहारदोहर गर्न सकिने बताईएको थियो ।
अन्तर्राष्ट्रिय व्यापार मार्ग विस्तार गर्ने अवसर २०७२ सालदेखि रसुवागढी नाकालाई भएको छ । रसुवा नाकामा यायायात व्यवस्थापनमा अभैm समस्या रहे तातोपानी नाकाको विकल्पको रुपमा उपयोग अद्यपी हुँदै आएको छ । तर छिनछिनमा खुल्छ त कहिले बन्द हुन्छ । रसुवाको केरुङ नाकाले चीनको बेल्ट एन्ड रोड इनीसियटिभ मार्फत युरोपको बजारसम्म पुग्न सक्ने अवसर रहदै आएको छ । २०७२ पछि २०७७ पोषसम्म पनि तातोपानी नाका भन्दा यो नाकाले नेपाल र चीन–तिब्बत व्यापारमा ६२ प्रतिशतसम्म समय र मूल्य बढाएको थियो । २०७२ कै भारतको नेपालप्रतिको नाकाबन्दीले रसुवागढीको महत्व बढाएको थियो । अब त सिगात्सेसम्म चीनको रेल आईपुगेको छ । सन् २०२० भित्र यो चीनको रेल सञ्जाल केरुङसम्म आउने भनिएको थियो तर २०२० त के २०२२ सकिन लाग्दा पनि चीनले पनि यस्तो अबेर गर्छ भन्ने लागेको थिएन् । । चीनसंगको व्यापार सहजीकरणका लागि रसुवाको टिमुरेमा अन्तराष्ट्रियस्तरको सुख्खा बन्दरगाह निर्माण हुने भएको छ तर सकिने कहिले हो ?
रसुवागढी र तातोपानी नाकामा बेलाबेलामा विशेषत दँशैमा झिकाईएका व्यापारिक सामान अलपत्र पर्ने गरेको छन् । यो हबिगत २०७८ दँशैमा पनि भयो । चीनीयाँ अधिकारीले यस नाकाबाट तस्करी बढेको भन्दै सुरक्षा जाँचमा कडाई गर्दा सामान आयातमा असर हुने गरेको भनिन्छ तर अरु कारण पनि देखाईन्छ ।
हुम्लाको सिमाकोट ÷यारी
धनगढीबाट उतर सोझिएको सडक पक्की कच्ची गरेर डडेलधुरा नजिक हुँदै दिपाइल, साफेबगर,मार्तडीसम्म पुगेको छ । अब मार्तडीबाट कोल्टी, दमोलिगोठ र गेम्बा हुँदै सिमीकोटसम्म सडक निर्माण गर्नुपर्ने हुन्छ । सिमीकोटबाट चीनको सिमानामाका हिल्सा जोड्न सडक रेखांकन गरिएको छ । हिल्साबाट तिब्बतको बजार शेरा १९ किमी टाढा छ । शेराबाट तिन्जु र कोक्र्याग हुँदै तिब्बतको पुरानो सहर ताक्लाकोट पुगिन्छ । चीनले हिल्सा सिमानाकासम्म नै पक्की सडक निर्माण गरिसकेको छ ।
बझाङको ताक्लाकोट नाका
बझाङको सदरमुकाम चैनपुर–ताक्लाकोट सडक निर्माणले गति लिदैछ । बझाङको विकट साईपाल गाउँपालिका हुँदै ताक्लाकोट तिब्बतमा नाका जोड्ने सडकहरु २०७५ जाँदासम्म पनि निर्माण कार्य तिब्र गतिमा कार्य भइरहेको थियो । २०७८ भाद्र २८ सम्ममा यो सडक पूरा गर्ने लक्ष्य लिई निर्माण कार्य भइरहेको थियो । बझाङको ताक्लाकोट नाका नेपालबाट सीमा जोडिएका नाकाहरु मध्ये सबैभन्दा नजिक र त्रिदेशीय व्यापारिकको मुख्य केन्द्र पनि हो । जिल्लाको सदरमुकाम चैनपुरदेखि साईपाल गाउँपालिका हुँदै तिब्बतको ताक्लाकोटसम्म ८२ किलोमिटरको दुरीमा छिमेकी देश चीनको ताक्लाकोट पुगिन्छ । बझाङका स्थानीयले चीनको तिब्बत जोड्ने चैनपुर –ताक्लाकोट नाका खोल्न पहिले देखि नै आवाज गर्दै आएका छन् । सूदुपश्चिममा उतर तथा दक्षिण छिमेकी देशसंग जोड्ने नाका खला नभएकाले क्षेत्रको व्यापारिक , पर्यटकीय तथा अन्य आर्थिक गतिबीधी सुस्त रही आएको छ । सुदूर पश्चिमबाट चीनको तिब्बत जोड्ने धनगढी–डोटीपिायल –चैनपुर–उरै भञ्ज्याङ सबैभन्दा छोटा बाटा हुन् ।
केरुङबाट दक्षिण एशीया जोडिदैं चीन
माथी उल्लेखित नाकाहरुमध्ये चीनले रसुवागढी–केरुङलाई अन्तर्राष्ट्रिय नाकाका रुपमा विस्तार गरेको छ । केरुङ नाका अन्तर्राष्ट्रिय स्तरको भएको जानकारी दिंदै चीनले यसलाई दक्षिण एशीया जोड्ने प्रमुख र महत्वपूर्ण नाका मानेको छ । चीनले नेपाल जोड्ने २७ कीमी लिंक रोडसमेत पूरा दुई लेनको बनाउँदै आएको छ । चीनले केरुङ नाका व्यवस्थित गरेपछि हिल्सा र किमाथांका नाकालाई जोड दिने तयारी गर्दै आएको छ ।
नेपालको सीमाबाट ३५ सय कीलोमीटर टाढा रहेको तियान्जिन समुन्द्री बन्दरगाहलाई नेपाल सरकारले नजिकको बन्दरगाहका रुपमा मानिएको र त्यसका लागि प्रस्ताबसमेत गरिएको देखिन्छ । तर चीनले नेपाललाई चीनको दुई सुखखा बन्दरगाह र दुई वटा समुन्द्री बन्दरगाह उपयोग गर्न दिने निर्णय भईसकेको छ । नेपालको चीनसंग भएका १० वटा संझौताहरु मध्ये पारवहन र यातायात सम्भ्mौता पूर्ण रुपमा कार्यान्वयनमा आउन अद्यपी बाँकी छ ।
सारांश, सुझाव तथा निष्कर्ष
भन्सार कुनै कर्मचारी वास्तविक मूल्यमा मूल्यांकन गर्न चाहन्छन् । तर न्यून बिजकीकरण गरेर सामान ल्याउन पल्केका व्यापार भन्सार छुटाउँदैनन् । तर भन्सारबाट छुटेका कन्टेनर अनुसन्धानले छानविन गर्न सक्दछ ।
हीउँ र बर्षा नभएको बेलामा पनि नेपाल–चीनको उतरी नाका रसुवागढीबाट सवारी आवागमन सुख्खा पहिरोका कारण बेलाबेलामा चीनीयाँ भूभागमा पनि सडकमा पहिरो खस्दा बन्द हुने गरेको देखिन्छ । नेपालमा आयातका लागि व्यावसायिक सामान बोक्नेलगायत सबै खाले सवारी साधन आवागमन बन्द हुने गर्दछ । चीनसंगको कारोबारको लागि बन्दै हुुँदै खुल्दै खुलेको तातोपानी नाका र रसुवागढी भन्सारबाट व्यापार सहज रुपमा सञ्चालन हुनबाट कहिलेकाँही कठिन हुने गर्दछ ।
रसुवागढी नाका बर्षातमा हिले पहिरो र जाडोमा सुखखा पहिरो हुँदै आएको छ । त्यसैले रसुवागढी नाका पहिरोले बेलाबेलामा प्रभावित हुँदै आएकाले आयात तथा निर्यात प्रभावित हुँदै आएको छ । नेपालमा चुनाव हुँदा र चीनतर्फ स्थानीय तिब्बती चाँडपर्व हुँदा र चुनाव हँदा नाका बन्द र नाका सिल हुँदै आएको छ । जस्ले गर्दा आयातनिर्यात प्रभावित हुँदै आएको छ ।
चीनसंग पहीले नै सहमति भएका नौं नाका मध्ये तातोपानी नाका र रसुवागढी नाकाबाहेक ७ वटा स्थानीयस्तरमा मात्र थिए ।सबैलाई नाका ७ वटा नाकालाई नै दुईपक्षीय व्यापारमा उपयोग गर्ने प्रक्रिया अघि बढाउने भनिएको थियो । नेपालका भन्सार रहेका लामाबगर, ओलाङचुङगोलाबाहेक अन्य नाकामा तिब्बततर्फबाडस टक जोडिएको छ । खासा, केरुङ, ताक्लाकोट, पुरङ,छेन्ताङ र हिल्सासम्म चीनले पक्की बाटो ल्याईसकेका छन् ।मुस्ताङ जोड्ने लिजीसम्म भने पक्की बाटो छैन् । यद्यपी ठूलो कच्ची बाटो आईपुगेको छ । तर १५ कीमी जतिको कच्ची बाटो चीनले चाहने बितीकै कालोपत्र बन्ने अवस्थामा छ ।
हुम्लास्थित हिल्सा नदीमा तिब्बत जाड्ने मोटर पुल सञ्चालनमा आईसकेको छ । हिल्सा पुलले पारि तिब्ब्त,वारि लिमी र मर्चु तत्कालीन गाविसलाई जोडेको छ । हिल्सादेखि तुमकोटसम्म सडक निर्माण भइसकेको छ र अब सिमकोट पुग्न करिब ६ किलोमिटर मात्र बाँकी छ भनिएको छ । भूकम्पपछि बन्द रहेको तातोपानी नाका सञ्चालनमा ल्याउने भन्दा भन्दै २०७७ माघमा संचालनमा आएको भए पनि बेलाबेलामा बन्द हुन्छ । यद्यपी रसुवागढी, किमाथांका, नेचुङ, कोरला , यारी–हिल्सा नाका पूर्ण रुपमा सञ्चालनमा ल्याउन सके नेपालमा खाद्यान्न तथा इन्धन अभाव रहदैन् । २०७२ सालमै तातोपानी नाका चाडै नै टुङ्गो लाग्ने र त्यसपछि अन्य नाकाको काम थाल्ने भनिएको थियो । चीनतिरका नाका हुँदै ल्याउने सडक राम्रो नभएकोले व्यापारीहरु आयातित सामान भारत हुँदै ल्याउथ्ये । तर भारतले नाकाबन्दी लगाएको बेला सामान अलपत्र परेपछि चीनको जोड उतरतर्फका नाकातिर केन्द्रीत हुँदै आएको हुन्छ ।
नेपालमा उत्पादन भएका ८ हजार ३० वस्तुहरुलाई चीनले भन्साररहित सुबिधा दिदै आएको छ । तर मुस्किलले ५ सय नेपाली वस्तुहरुले मात्र यस्तो सुबिधा पाँउदै आएको देखिन्छ । यस्मा प्राबीधीक मालण्डमा नेपालको कमीले नेपाल ठगिएको छ । चीनले सेज बनाउने प्रतिबद्धतालाई जोड दिएको छ । नुवाकोटमा इन्धन भण्डारणबारे सरकारसंग अघि बढाईएको थियो । तिब्बतको दोश्रो ठूलो सहर सिगात्से आइपुगेको रेल सन् २०२० भित्रै केरुङसम्म जोडिने भनिएको भनिए पनि जोडिएको छैन् । तर हाल पनि केरुङसम्म पक्की सडक छ । चीनले केरुङमा भन्सार, अध्यागमन, प्रहरी चेकपोष्ट र बन्दरगाह निर्माण गरिसकेको छ । रसुवागढीमा इन्ल्याण्ड कन्टेनर डिपोट ड्राईपोर्ट बनाउने, तातोपानी भन्सार सञ्चालनमा ल्याउने , अन्य नाकामा पनी सुख्खा बन्दरगाह, भन्सार कार्यालय, नापका उपकरण, सामान भण्डारणस्थल, बैंक र अरु सुबिधा राख्ने गरी काम अघि बढाउने भनिदै आएको थियो । सन् २०१४ मा चीन सरकारसंग गरिएको पारवहन तथा यातायात सम्झौताको मोड्यालीटी बने पनि उपयोगमा नियमित हुन सकेको छैन् । (लेखक व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका पूर्व नायव कार्यकारी निर्देशक हुनुहुन्छ)

जनसवाल राष्ट्रिय दैनिकको २०७९ भाद्र ५ गते आइतबारको इपेपर (वार्षिकोत्सव विशेषांक)
जनसवाल राष्ट्रिय दैनिकको २०७९ भाद्र ५ गते आइतबारको इपेपर (वार्षिकोत्सव विशेषांक)
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij