आइतबार, भाद्र ५ २०७९
काठमाडौं । कहाँ थियो वास, अघि म को थिएँ ? कसो हुँदा यो पिँजडा लिँदो भएँ ? कहाँ छ जानु, कुन साथ लीकन ?
तँलाइ मालुम् छ यो कुरा मन ?
(कविशिरोमणि लेखनाथ पौड्याल, बुद्धिविनोद )
कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पूजा गर्ने
साथ कसोरी लाने हो ?
(महाकवि लक्ष्मीप्रसाद देवकोटा, ‘यात्री’)
यो मेरो चोकमा
देवताले बनाएका मानिस र मानिसले बनाएको देवता
यी दुवै थरीको निवास छ
तर यहाँ यी दुवै थरी उदास छन्, दुवै थरी निराश छन्
मानिस उदास छन्
किनकि तिनलाई यहाँ
रातभरि उपियाँले टोक्छ
दिनभरि रुपियाँले टोक्छ
र देवता उदास छन्
किनकि तिनलाई यहाँ
न कसैले पुज्छ
न कसैले ढोग्छ !
(भूपि शेरचन, घुम्ने मेचमाथि अन्धो मान्छे )
रहेछ संसार निशा समान
ज्यँुदै रहँदा नि भएन ज्ञान
न भक्ति भो, ज्ञान, न भो विवेक आखिर श्रीकृष्ण रहेछ एक ।
(महाकवि लक्ष्मीप्रसाद देवकोटा)
हाम्रा प्रख्यात कविहरूले दिएका आध्यात्मिक झलकहरू माथिका उदाहरणहरूमा पाइन्छन् । मानव जीवनमा आध्यात्मिकताका झलकहरू बेलाबेलामा प्रकट हुने गर्छन् । कतिपय आध्यात्मिक बजारमा विभिन्न पसलहरू खोलेर बसेको पाइन्छ । ती पसलहरूमा ठूलो सङ्ख्यामा मानिसको भीड लाग्ने गर्छ ।
वास्तविक आध्यात्मिक मूल बाटोतिर लैजानुको सट्टा भट्काउने पसलहरू थुप्रै भेटिन्छन् । हाम्रा ऋषिमुनिले जमानाबाट निकालेका निष्कर्षहरूलाई बेवास्ता गर्दा हाम्रो जीवन झन् जटिल बन्दै गइरहेको छ । यसै सन्दर्भमा लाहिडी महाशयको सन्देश महत्वपूर्ण रहेको छ । के बुझिराख्नुहोस् भने तपाई कसैको होइन । त्यस्तै तपाई तपाईकै पनि हुनुहुन्न ।
यो सम्झिराख्नुहोस्— तपाई कसैको होइन र केही तपाईको पनि होइन । के विचार गर्नुहोस् भने कुनै दिन तपाईले यस संसारका सबै चिज छाडेर जानुपर्ने हुन्छ । यसैले अहिलेदेखि नै भगवान्लाई जान्न खोज्नुहोस् ।
(लाहिडी महाशय)
शृण्वन्तु विश्वे अमृतस्य पुत्राः ।
आ ये धामानि दिव्यानि तस्थुः ।।
वेदाहमेतं पुरुषं महान्त—
मादित्यवर्ण तमसः पुरस्तात् ।
तमेव विदित्वाऽतिमृत्युमेति
नान्यः पन्था विद्यतेऽयनाय ।। (श्वेताश्वतरोपनिषद्)
व्रिmयायोग वंशपरम्परा दीक्षा कार्यक्रम
व्रिmयायोग उन्नाइसौँ शताब्दीका प्रसिद्ध योगीराज श्री श्यामाचरण लाहिडीद्वारा भारतको प्राचीन ऋषिपरम्पराको उदय (हिमालयका एक रहस्यमय सन्त जसलाई आजकल श्री महावतार बाबाजी नामबाट चिनिन्छ)–सँगको अकस्मात् भेटपछि पुनर्जीवित भयो । यो मौलिक योग पद्धतिको दीक्षा लिने सौभाग्य योगीराज श्री श्यामाचरण लाहिडी महाशयसँग ज्ञान एवं वंशपरम्परागत रूपमा व्रिmयायोग पद्धति उहाँका सुपुत्र श्री तीनकौडी लाहिडीलाई र त्यसपछि नाति श्री सत्यचरण लाहिडीलाई र पनाति श्री शिवेन्दु लाहिडी र उहाँका पुत्र श्री उज्ज्वल लाहिडीलाई व्रmमशः परम्परागत रूपमा प्राप्त भयो ।
व्रिmयायोग
यसको उद्भव अति प्राचीन मानिन्छ । ऋषिगणले यसका बारेमा हजारौँ वर्षदेखि बताउँदै आएका छन् । यो व्रिmयायोग नै एकमात्र योग हो, जसको पातञ्जल योगसूत्रमा यही नामले उल्लेख भएको छ । यसका सबै १९६ सूत्रमा केवल यही नामले वर्णित छ । अरू सबै योग पछिबाट मन र यसको उन्मत्तता, धूर्तता, चलाखी एवम् षड्यन्त्रले प्रकट भएका हुन् । पातञ्जल योगसूत्रमा भनिएको छ— तपः स्वाध्याय ईश्वरप्रणिधानानि इति व्रिmयायोगः । योगश्चित्तवृत्तिनिरोधः ।
व्रिmयायोग अन्तरस्तित्वको विज्ञान हो र यो भारत वर्षको मूलभूत आध्यात्मिक प्रव्रिmया हो । यसको ज्ञान एवम् व्रिmयाहरूको अभ्यासद्वारा पशुताबाट मनुष्यता र मनुष्यताबाट भगवत्ता (दुर्योधनबाट अर्जुन र अर्जुनबाट कृष्ण)–सम्मको यात्रा सम्भव छ ।
व्रिmयायोगद्वारा ‘मपना’ अर्थात् भय, व्रmोध, लोभ, मद, मोह, ईष्र्या, तनाव, अशान्ति, अनावश्यक विचार आदि मानसिक प्रदूषणहरूको समाप्ति हुन्छ र व्यक्ति समस्त दुःख एवम् सन्तापहरूबाट मुक्त भएर सत्य, परमशान्ति एवम् परमानन्दमा प्राप्त हुन जान्छ ।
व्रिmयायोगद्वारा मानव जातिले हिंसा एवम् शोषणमा आधारित मर्ने–मार्ने दानवी संस्कृतिबाट मुक्त भएर प्रेम एवम् करुणामा आधारित शान्ति एवम् सौहार्दपूर्ण जीवन पाउन सक्छ । व्रिmयायोग बहिर्मुखी अवधारणाहरूबाट अन्तर्दृष्टितिर लैजाने विज्ञान हो ।
सन्देश
के बुझ्नु अब आवश्यक भइसक्यो भने विचारहरूको अनवरत मन्थनका कारण हामी पृथक्तावादी चेतनाको कैदमा आएका छौँ । यसले अलग गर्छ, रोक्छ हामीलाई त्यो परमसत्ता, त्यो विशाल अलौकिक ऊर्जालाई बुझ्न जुन यो पूरै ‘ब्रह्माण्ड र जीवन’–को आधार हो । विचारहरूको भयड्ढर जालमा हामी फसेका छौँ । विचार एक यस्तो स्वरचित प्रव्रिmया हो, जुन सधैँ आपूmले आपैmँलाई, चाहे छलद्वारा होस् या बलद्वारा, एक प्रवाह, एक अनवरतता दिन जागरूक रहन्छ । विचारको यो षड्यन्त्र र जोडतोडले पृथक्तावादी चेतनालाई मजबुत गरिरहेको छ र विचारको जालको पोषण पनि । विचारले सृजना गर्छ— विचारकको । विचारबिना कोही पनि विचारक हुन सक्दैन । यही विचारक विचारको एउटा यस्तो उपकरण हो, जसले विचारलाई एक निरन्तरता प्रदान गरिरहन्छ तथा विचारद्वारा निर्मित त्यो समानान्तर साम्राज्यलाई चिरस्थायित्व प्रदान गरिरहन्छ । यस साम्राज्यको निसास्सिँदो बन्धनबाट मुक्त हुनु नै सबभन्दा ठूलो ज्ञानोपलब्धि हो । यो विचारक सत्य होइन, तर मान्य हो । यसले हाम्रो सांसारिक कर्तव्यको निर्वाहका लागि एउटा व्रिmयात्मक मूल्य प्रदान गर्छ । हामी के बुझ्दैनौँ भने यस विचारकको लगातार संवद्र्धन र सुदृढिकरण गर्दै जान्छौँ, जुन खासमा त केही होइन तर आप्mनो अहम् केन्द्रलाई सुदृढ गर्नु मात्र हो । यही नै हाम्रा सबै दुःख–क्लेश र हाम्रा सबै सन्ताप, उद्वेग र प्रतिकूलताको मूल कारण हो ।
यदि योगाभ्यास नियमपूर्वक गरियो भने यो परमसत्ता नजिक पुग्ने सबभन्दा सुगम द्वार हो । तब यो महासागरसँग एकाकार हुने एक (उत्ताल तरङ्गित) नदी बन्न जान्छ, होइन भने धर्मको केवल बाह्य आडम्बर या एक (पड्ढिल) फोहोर एवम् दुर्गन्धयुक्त तलाउको निर्माण गर्छ, जसले यो एक नीरसता एवम् द्वन्द्वको स्रोत बन्न जान्छ । तब यो केवल सम्प्रदाय बनेर रहन जान्छ । यो मानवका लागि सबभन्दा ठूलो दुर्भाग्य हो कि उसले एउटा एकअर्काप्रति युद्धातुर अनगिन्ती धार्मिक सम्प्रदायको निर्माण गरेको छ र अन्ततः हाम्रो संस्कृति खुम्चिएर धर्मको नाममा ‘मर या मार’–को संस्कृति बनेर रहेको छ । ‘व्रिmयायोग’ सर्वमान्य एवम् सनातन धर्म हो, जुन विचारबाट अछुतो र ब्रह्मको बोध गराउने आध्यात्मिक राजमार्ग हो । (‘योगामृत’ (रजत जयन्ती विशेषाङ्क)मा श्री शिवेन्दु लाहिडीले दिनुभएको सन्देशमा आधारित)

जनसवाल राष्ट्रिय दैनिकको २०७९ भाद्र ५ गते आइतबारको इपेपर (वार्षिकोत्सव विशेषांक)
जनसवाल राष्ट्रिय दैनिकको २०७९ भाद्र ५ गते आइतबारको इपेपर (वार्षिकोत्सव विशेषांक)
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij