आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

तनावपूर्ण खेलमा चेल्सी र टोटेनहमले अंक बाँडे

सोमबार, साउन ३० २०७९

काठमाडौं । चेल्सीले दुई पटकको अग्रता जोगाउन नसक्दा अन्तिम समय इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति टोटनहमसँग अंक बाँडेको छ ।

लन्डन डर्बीमा चेल्सीले दुई पटकको अग्रता जोगाउन सकेन । चेल्सीका लागि कालिडु कौलिबाली र रिस जेम्सले गोल गरे । टोटनहमको पुनरागमनमा पिएर एमिल होएबिएर र ह्यारी केनले गोल गरे ।

खेलसकिएपछि हात मिलाउने क्रममा दुबै टोलीका प्रशिक्षक तनावपूर्ण अवस्थामा आएका दिए । यस पछि रेफ्रीले दुबै प्रशिक्षकलाई रातो कार्ड देखाएका थिए ।

यस बराबरीसँगै दुवै टोलीको २ खेलमा ४ अंक भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार