zestkhabar

बिहिबार, असोज १३ २०७९

  • बिहिबार, असोज १३ २०७९

नवौँ राष्ट्रिय खेलकुद सफल बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता

नवौँ राष्ट्रिय खेलकुद सफल बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता


  • जनसवाल
  • सोमबार, साउन २३ २०७९
418
SHARES

काठमाडौं । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेशका मुख्यमन्त्री चन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री चन्द्र नेपाली पोखरेल र मेयर धनराज आचार्यले आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको जनाकारी दिएका हुन् ।

सदस्य सचिव घिसिङले आइतबार मेयर आचार्यले भेटको क्रममा नवौंलाई सफल बनाउन महानगरपालिकाले आवश्यक बजेट छुट्याइसकेको र प्रतियोगितालाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने जनाए जानकारी गराए ।

यता, मुख्यमन्त्री पोखरेलले घिसिङलाई गण्डकी प्रदेशको खेलाडी छनोट र आवश्यक तयारीका लागि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा बजेट निर्धारण भइसकेको समेत जानकारी गराएका छन् ।

यसबाहेक घिसिङसँगको भेटमा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारको तर्फबाट नवौंलाई सफल बनाउन अन्य तयारीमा छलफल तीव्र गतिमा अघि बढिरहेको समेत प्रतिबद्धता जाहेर गरेका छन् ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा असोज २८ देखि कार्तिक ३ गतेसम्म आयोजना हुँदैछ । प्रतियोगितामा ३६ वटा खेलहरूलाई समावेश गरिएको छ भने २ वटा खेललाई प्रदर्शनी खेलको रूपमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट