सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

कुनै पार्टीको दास बनेर आस नगर्दा, साथीनै खास ठान्दा पुन: बिदेसिनु पर्यो

बुधबार, साउन १८ २०७९

बसन्त थापा

हो झण्डै नौ वर्ष अघी कुवेत आएको म नौ वर्ष पछी गत अक्टूबर महीनाको २८ तारिकको दिन कुवेत बसाईलाई बिट मारेर स्वदेशफर्कीएको थिए ।बिडम्बना भन्नुपर्छ स्वदेश बसाई केबल केही समयको लागी मात्रैभयो। त्यही भएर मैले भनेको छु। कुनै पार्टीको दास,आस,र साथीनै खास ठान्दा उही पुरानो ठाउमा पुन फर्किन पर्यो।वैदेशिकरोज़गारीकै शिलशिलामा लाखौ युवाहरु विश्वका
विभिन्न देशहरुमाकार्यरत छन कुनै पनी युवाहरुको वैदेशिक रोजगारमा जानु रहर नभई युवाहरुको बाध्यता हुने गर्दछ। त्यो बाध्यता आज भन्दा नौ वर्षपहिलानै म प्रति आइलाग्यो त्यसपछी मिठो सपना मनभरी संगालेर कुवेत आएको म एखाद समयमा केही कही कतै सानो तिनोसमस्यबाहेक आधिकांस समय भने राम्रै तरिकाले गुज्रिरहेको थियो। त्यो नौ वर्षको बैदेशिकयात्रामा म कार्यरत विभिन्न कम्पनीबाटआमदानी पनी ठीक ठाक रह्यो, सबै राम्रै किसिमले अघाडी बढ्दै गर्दा, म आर्थिक अवस्थामा पनी बलियो हुदै थिए। र बिस्तारै मनलेस्वदेश फर्किनु पर्छ र आफ्नै देशमा केही गरी अघाडी बढ्नु पर्छ भन्ने मेरो मनमा सोच पलायो केही समय पछी स्वदेश फर्किने निर्णय गरेसंगै स्वदेश फर्किने निर्णय गरेको ५ महीना पछी नेपाल फर्कीए। ठुलो आसा सहित नेपाल फर्कीएको म समय संगै राम्रै चल्दै थियो तरसमय भन्दा बलवान अरु कुनै चिज छैन भनेर सुनेको थिए। त्यस्तै हुन पुग्यो मसंग पनी साहेद ८/९ महीनाको समय थियो सपनामा देखेकाकुरा बीपनामा परिणत भएको त्यो पल जुन पल बीपनामा परिणत त भयो तर लामो समय सम्म टिक्न सकेन गत २०७८/पुष महीनाको ४गतेबाट एकाधिकार सहित रेष्टुरेण्ट संचालनमा ल्याए। देशको राजधानी अझ भन्नुपर्दा लाखौ युवाहरुको सपनाको सहर काठमाण्डूस्थितगंगबु भन्ने ठाउमा एकदम राम्रो व्यापार भईरहेको रेडचिल्ली क्याफे नामकद्वारा बिगत पाँच वर्षदेखी संचालित त्यो रेष्टुरेण्ट मैले खरिद गरे। व्यापारको हिसाबले मैले खरिद गरीसकेपछी पनी रेष्टुरेण्टमा राम्रै व्यापार भइरहेको थियो बजारको माहोल हेर्दा आगामी दिनहरु निकैजटिल अवस्थामा जाने निश्चय थियो। परिवर्तित समय संगै रेष्टुरेण्ट लिएको १५ दिन नपुग्दै नेपाल पनी कोरोनाको तेश्रो लहर बाटचोखिन पाएन लगत्तै सरकारले स्मार्ट लकडाउनको घोषणा गर्यो त्यती सम्म पनी ठीक ठिकै थियो त्यसको केही दिन पछी संक्रमितकोसंख्यामा थप बृद्धि हुदै गयो र फेरी सरकारले म जस्ता दास बिनाको आस गर्ने व्यवसायीहरुलाई विदेश पठाउन पर्ने गरी जोर, बिजोरलागु गरेपछी कमाउने र घर देशमा रमाउने सोही सपना त्यो समय बाट पुन मर्दै गयो । राजधानीमा जोरबिजोर लागु गरे संगै देशकाविभिन्न स्थानहरुबाट राजधानी छिरेका आधिकांश मान्छेहरु गाउ फर्किन थालेका थिए।

बिस्तारै राजधानी खाली जस्तै हुदै गयो व्यापारघट्दै गर्दा मनमा अनेकन प्रश्नले आफैलाई प्रश्न गर्न थालीसकेको थियो। तर म भित्र ती प्रश्नका उत्तर केही थिएनन, किनकी मआफैलाई पनी थाहा थिएन अब के गर्ने भनेर? सोही क्रममा थप तनावको चांगले दिमाग भरीन थाल्यो। व्यापारको कमी संगै रेष्टुरेण्टमाकार्यरत १० जना स्टाफलाई दिनुपर्ने तलबले झन पिडा थप गरीदियो जसो त्यसो तलब र रेष्टुरेण्टको भाडा दिनको लागी पुग्यो रेष्टुरेण्टको भाड़ा मात्रै एकलाख भन्दा माथी थियो ।
यात्रा निरन्तर जारी थियो संतोषजनक व्यापार नभएपनी नेपालमै केही गर्छु भन्ने एक रत्ती आसा मनमा बाकी थियो । त्यसरीनै सातमहीना रेष्टुरेण्ट चलाउदै गर्दा नेपाल सरकार संगको आर्थिक अवस्था निकै कमजोर छ भन्ने कुरा विभिन्न मिडियाहरुमा समचार आउनथाल्यो संग संगै महँगीले पनी आकाश छुदै थियो। यो सब भइरहदा म पनी निकै तरंगित अवस्थामा थिए । पिडाले घेरीरहेको थियो सोहीरेष्टुरेण्ट खरिद गर्ने क्रममा आफ्ना आफन्तहरुबाट सय कड़ा २ रुपैयाको दरले २० लाख ऋण लिएको थिए। नेपाल सरकारको बजारव्यवस्थापनमा देखीएको ठुलो कमजोरीले र मेरो पनी कुनै पार्टी संगको निकटता नरहेकोले हरेक काममा धौ धौ हुदै गयो। त्यो २० लाखऋण फिर्ता दिनु पर्ने समय नजिकिदै थियो सुरूवाती समयमा बैंकबाट ऋण लिएर तिर्छु भन्ने आसा थियो तर सरकारको नजर हाम्रोसमस्यामा परेन बैंकले ऋण दिन बन्द गरेको थाहा पाएपछी आफु संग अरु कुनै विकल्प थिएन। पछी बुझ्दै जादा हामी जस्तानागरिकहरुका लागी मात्रै ऋण दिन बन्द गरेको रहिछ।

देशमा आर्थिक मन्दी लागेकोले अहिले ऋण दिन बन्द गरेको भन्ने कुरा अफुलाइथाहा भएपनी कुरा बुझ्दै जादा कुनै पार्टीका दासहरुको लागी भने होईन रहेछ।पार्टीका दासहरुले त मलाई भन्दै थिए कती चाहीयो ऋणम निकालीदिन्छु बैंकबाट यसरी मलाई प्रश्न गर्दै ऋण निकाले बापत १० का दरले उनीहरुलाई मैले पैसा दिनुपर्ने रे यो कुरा सुन्दा बुझ्दैगर्दा मैले भोगेको अनुभवका अनुसार नेपालमा व्यापार व्यावसायिक गर्नको लागी पार्टी निकट हुनु पर्ने अझ भन्नु पर्दा पार्टीको दास बन्नुपर्ने रहेछ। पाहिला पाहिलामा दलालीहरुको बिगबिगी, अरु त ठिकै हो एउटा ६ देखी १२/१५ हजारको कोठा खोज्न पनी बिचौलीयाकोलाइन लाग्ने त्यो मेरो देशमा बिचौलीया बिना कोठा पनी नपाइने रहेछ। घर बेटीलाई यदी कोठा बारेमा सोध्यो भने पनी घरबेटीले कस्कोमार्फ़त आउनु भएको हो भनेर प्रश्न गर्न थाल्छन र आफै खोज्दै हिडेको हो भन्यो भने खोठा खाली भएर पनी स्वार्थी घरबेटीले खाली छभन्दैनन १२/१५ हजारकै कोठा खोजीदिए वापत नेपालमै लाखौ कमाउदै बसेको देखीयो त्यो पनी दलाली बनेर, दलाल र बिचौलियालेभरिएको त्यस्तो मेरो देशमा म टिक्न सकिन अंतत्व मैले रेष्टुरेण्ट बिक्री गर्ने र म आफु पुन एक पटक प्रवासको रापमा फर्किने निर्णय गरेछोटो समयमा लिएको निर्णय कुवेत फर्किन केबल २० दिन जती बाकी थियो त्यो २० दिन भित्र जसरी पनी रेष्टुरेण्ट बिक्री गर्नुपर्ने बाध्यताथियो।त्यो समय भित्र धेरै मानिसहरु रेष्टुरेण्ट हर्नका लागी आएका थिए तर रेष्टुरेण्ट धेरै महँगो भयो भन्ने प्रतिक्रिया दिन थाले यस्तोसमयमा यती धेरै रकम आफुहरु संग नभएको साथै आफुहरुले सस्तो र अलिक सानो रेष्टुरेण्टको खोजीमा रहेको बताउदै फर्कीन थाले।ठुलो लगानी भएकोले रेष्टुरेण्ट समयमा बिक्री भएन म आफु संग पनी कम समय भएको र त्यो समय भित्र रेष्टुरेण्ट बिक्री नभए पछी मसंगनिकट साथी जसलाई मैले (साथीनै खास)भनेर उच्चारण गरेको छु उनै खास साथीलाई विशेष जिम्मा लगाएर सम्झाई बुझाई गरेर मआफु रोजगरीको लागी कुवेत आइपुगे कुवेत आएको केही दिनपछी रेष्टुरेण्ट बिक्री हुने पक्का पक्की भयो है बसन्त सर भनेर खासमित्रको फोन आयो मैले पनी खुसी हुदै सुरूमै धन्यवाद दिदै के कतीमा कारोबार हुने भयो भनेर प्रश्न गरे? मित्रले पनी बड़ा मिठासपूर्णउत्तर दिए।

मित्रको आवाजबाट यस्तो लाग्दै थियो मित्रले बहुत ईमानदारिताका साथ कारोबार गर्दै छन र मलाई सबै कुरा सत्यतथ्यबताउदै छन। (मित्रको उत्तर यस्तो थियो) यतिका दिन देखी लागी पर्दा बसन्त सर बल्ल तल्ल एकजनाले किन्ने कुरा फिक्स भएको छभन्नत मैले ४५ भन्दा माथीनै भनेको थिए तर तपाई पनी यहाँ हुनुहुन्न समय पनी अहिले ठिक छैन लास्ट ३१ मा लिने कुरो भयो तपाईचिन्ता नलिनुस यो मान्छेले ढुक्क किन्छ भन्दै के गर्ने भनेर मलाई मित्रले सोधे मैले पनी हुन्छ भने मलाई के थाहा मित्रहरुले ११ लाखकमाउने चलखेल गर्दैछन भन्ने कुरा। हल्का खुसी महसूस गर्दै थिए किनकी साथीले समयमा रेष्टुरेण्ट बिक्री गरिदिने भयो भनेर। त्यसकोकेही दिनपछी त्यसको भोलीपल्ट एकाबिहानै सन्देश पठायो अब कारोबार हुदैछ भनेर, बेलुका तिर साथीले मलाई फोन गरेर जानकारीगरायो। भन्दै थियो बसन्त सर आज ३१ मा कारोबार भयो है। मैले पनी हस सर भन्दै धन्यवाद दिए। साथी निकै उत्साहित थियो मैले सोचेसाथीले रेष्टुरेण्ट बिक्री भएपछीको यो खुसी होला भनठानेको त साथीहरुले भित्रभित्रै ११ लाख माथी ठुलो रणनिती बनाएका रहिछन।मैले भने साथी प्रति विश्वास गर्दै कारोबार भएकै दिन साथीलाई आभार प्रकट गर्दै फोनबाट बिदा भइयो। त्यस पछी अर्कों दिन उनै खाससाथीको फोन आयो केही समय कुरा हुदै गयो र साथीले मलाई भने रेष्टुरेण्ट कसैले सोध्यो भने ४२ देखी ४५ सम्ममा बिक्री गरेकोबताउनुहोला है यसरी साथीले मलाई भनीसकेपछी मैले पनी हुन्छ सर भने। त्यसलगत्तै हामी फोन बाट छुट्टीदै म आफ्नो काम कार्यतिरअर्थात कही कतै तिरतार गर्नुपर्ने ठाउहरुमा व्यस्त भए । समय बलवान छ साथी समयले मलाई कुवेत पर्यायो भने तिम्रो ठगको ऊर्जा गरगरायो ।
यसरी केही दिन पछी अर्का एक जना साथीले मलाई रेष्टुरेण्ट के कतीमा बिक्री भएको लगायत सम्पूर्ण त्यो साथीसंग भएकोरकम सहित जानकारी गराए त्यस पछी मैले ती साथीलाई फोन सम्पर्क गरेर रेष्टुरेण्टकै विषयमा कुरा गर्यो साथीलाई मैले अर्का एकजनासाथीले दिएको जानकारी अनुसार बाकी ११ लाख रकमको कुरा उठाए साथीले बड़ो मुश्किलले ४१ लाखमा कारोबार भएको भनेरस्वीकार त गरे तर बाकी ११ लाख नाम नभएका तर विभिन्न व्यक्तिलाई दिसकेको बताए मैले पनी साथीलाई ठिक छ भन्दै कसलाई कतीकती दिएको नाम सहित दिनुनत भनेर भन्दा साथीको जवाब यस्तो आयो की त्यो जवाब कुकुरले पनी पत्त्याउने वाला थिएन साथीकोजवाब थियो बाकी ११ लाख कुन व्यक्तिलाई कती दिए त्यो अहिले भन्न नमिल्ने यदी मैले भनेको कुरा ती व्यक्तिहरुले थाहा पाए भनेमलाई नै मेरो ज्यानको खतरा रहेको बताए। मेरो रेष्टुरेण्ट बिक्री गर्ने अनी मलाईनै कस्लाइ कती दिइयो भनेर नभन्ने। बिचरा साथीले भन्नेपनी कसरी जबकी त्यो पैसा आफुलेनै राखेको थियो, र लामो विबाद पछी साथीले मलाई अर्कों दिन बेलुका थप ४ लाख दिए।त्यसपछीको बाकी ७ लाख रकम विभिन्न चरणमा खर्चिएको र आफूले कुनैपनी हालतमा दिन नसक्ने बताउदै साथीले फोनबाट बिट मारेसाथीलाई त्यो पैसाले सधैव लाउन खान पुगोस भन्ने शुभकामना सहित अब उपरान्त कुनै पनी साथीहरुलाई कहिले पनी अति निकटनबनाउने निधो गरे साथै गुमाएको त्यो पैसा प्रति मलाई दुःख छैन दुःख छत केबल यस्ता साइनो लगाएर नजिकिने साथीहरुलाई खास बनाए तर समयमा चिन्न सकिन । हाल कुवेत

प्रतिक्रिया
सम्बन्धित समाचार