आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

गत आर्थिक वर्षमा सबैभन्दा धेरै कामदार पठाउने मेनपावरमा प्याराडाईज पहिलो, एसओएस दोस्रो,अक्सफोर्ड तेस्रो,लिंक इन्टरनेशनल चौंथो स्थानमा

८७२ मेनपावरमध्ये कस्ले कति पठाए (सुचिसहित)

आइतबार, साउन ८ २०७९

काठमाडौं । ललितपुरको बखुण्डोलस्थित प्याराडाईज इन्टरनेशनल प्रा.लि. गत आर्थिक वर्ष २०७८/०७९ मा धेरै कामदार वैदेशिक रोजगारीमा पठाउने मेनपावर कम्पनीको पहिलो स्थानमा पर्न सफल भएको छ । वैदेशिक रोजगार विभागले तयार पारेको गत वर्ष वैदेशिक रोजगारमा पठाउन अन्तिम श्रम स्वीकृति लिएका कम्पनी हरुको सूचीमा ६ हजार ५५ जना कामदार उडाउदै प्याराडाईज इन्टरनेशनलले प्रथम स्थान ओगटन सफल भएको हो ।

गत आर्थिक बर्षमा प्याराडाईज इन्टरनेशनल कम्पनीले ४ हजार ९ सय २५ जना पुरूष र १ हजार १ सय ३० महिलालाई वैदेशिक रोजगारमा पठाएको थियो । गत आर्थिक बर्षमा ५ हजार ३ सय ९ जना पुरूष र ४ सय १५ महिला गरी ५ हजार ७ सय २४ जनालाई बैदेशिक रोजगारमा पठाउदै एसओएस मेनपावर सर्भिस प्रा.लि दोस्रो, ४ हजार १ सय ३१ पुरूष र ५७ महिलासहित ४ हजार १ सय ८८ जनालाई बैदेशिक रोजगारमा पठाउदै अक्सफोर्ड इन्टरनेशनल प्रा.लि. तेस्रो स्थानमा परेको छ ।

यसैगरि ३ हजार ५ सय ५४ पुरूष र १ सय १८ महिला गरी ३ हजार ६ सय ७२ जनालाई बैदेशिक रोजगारमा पठाउदै लिंक इन्टरनेशनल प्लेसमेन्ट प्रा.लि. चौंथो स्थानमा र २ हजार ७ सय ६३ जना कामदार पठाएर फजल मेनपावर प्रा.लि. पाँचौ स्थानमा , २ हजार ७ सय ४२ जनालाई बैदेशिक रोजगारमा पठाउदै साउण्ड लाइन्स रिक्रुटमेन्ट प्रा.लि. छैटौ स्थानमा पर्न सफल भएको छ भने मोभिरा रिक्रुटमेन्ट कन्सल्ट्यान्सी सर्भिस प्रा.लि.ले २ हजार ५ सय ९० जनालाई बैदेशिक रोजगारमा पठाउदै सातौ स्थानमा , लक्की एचआर सोलुसन प्रा.लि.ले २ हजार ४ सय ५९ जनालाई बैदेशिक रोजगारमा पठाउदै आठौ स्थानमा, इन्टरनेशनल मेनपावर रिक्रुटमेन्ट प्रा.लि.ले २ हजार ३ सय ३३ जनालाई बैदेशिक रोजगारमा पठाउदै नवौ स्थानमा र भिजन एण्ड भ्यालुले २ हजार ३ सय १ जना कामदारलाई बैदेशिक रोजगारमा पठाउदै आफुलाई दशौ स्थानमा पार्न सफल भएको छ ।

प्रथम स्थान ओगटन सफल प्याराडाईज इन्टरनेशनल कम्पनीका अध्यक्ष नवराज केसिले सबैको सहयोगले यो सम्भव भएको जनाउदै सबै सहयोगी हात र कर्मचारीहरुलाई धन्यवाद ब्यक्त गरे । बैदेशिक रोजगार बिभागले प्रत्यक बर्षको अन्तिममा मेनपावरहरुको सुचि प्रकाशन गर्ने गरेको छ ।

८७२ मेनपावरमध्ये कस्ले कती पठाए सुचि हेर्न तलको लिंक क्लिक गर्नुहोस
https://onedrive.live.com/view.aspx?resid=CA7F4B046BE5BCD8!114&ithint=file%2cxlsx&authkey=!ALagWeviEVM3n5g

प्रतिक्रिया
सम्बन्धित समाचार