बुधबार, असार ८ २०७९
सुन्दा निकैनै कर्ण प्रिय र देशको सक्षमता सँग हेरिएको यो नारालागेको धेरै बर्ष भएको छ । सर्वोच्च अदालतले पाँच वर्षअघि नै सरकार र निर्वाचन आयोगलाई विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न निर्देशनात्मक आदेश दिएको थियो । यो पाँच वर्ष भित्रकै कुरा गर्ने हो भने घुमाइ फिराइ नेपालका राष्ट्रिय पाट्री हरु सत्तामा पुगेका छन । नेपालको राजनैतीक पाट्री हरुको एउटा मनोरोग नै छ जे कुरा आफु सत्तामा रहन्दा सन्भब देख्दैनन त्यही कुरा प्रतिपक्षमा बस्दा सन्भब देख्छन र सरकारको बिरोध गर्दछन । यो मनोदसा देशका सवै राजनैतीक पाट्रिहरुमा छ भन्दा अत्युक्ती नहोला । अहिलेको मताधिकरको सुनिश्चित गर्ने माग भने सत्तारुड दलका सक्तीशाली दुई युवा नेताले समानानीय प्रम तथा पाट्री सभापति लाई संयुक्त भेटेर दबाब दिए पछी यो बिषयले बढी चर्चा पारीचर्चा पाएको छ ।
विदेशमा रहेका नेपालीको मतदानको अधिकार सुनिश्चित गरिनुपर्छ। विदेशमा रहेका नेपालीको नोट चल्ने भोट नचल्ने? कानून बनाएर भोट चल्ने व्यवस्था गरिनुपर्दछ, भनेर उहाहरुले उठाएको मुद्दा आँफैमा जायज छ । नेपाली नागरिक जहाँ जस्तो अवस्थामा भए पनि उसले मतदान्को प्रयोग गर्न पाउनु पर्दछ यो उसको राइट अधिकार हो । वजारमा जुन हालचाल आउन्दो निर्वाचनमै पाउने हो कि भन्ने सैलिले वजार तातेको छ प्रवासमा रहेका नेपाली हरु मत खसाल्न पाहिन्छ कि भनेर ब्यग्र प्रतिक्षामा छन । मलाई लाग्दछ देशको बर्तमान कानुन अनुसार त अबहुने संघिय संससदको चुनावमा संभब छैन पहल गरे आगामी निर्वाचनमा असम्भब भने पक्कै छैन । मेरो प्रश्न यती विदेसमा रहेका नपाली हरुको समस्या समाधान गर्नु ठुलो कि उनिहरुलाई मताधिकार दिनु ठुलो कुरा हो ? के विदेसमा रहेका नेपाली हरुलाई मत्दान्को अधिकार दिंदैमा विदेसमा रहेका नेपालीको समस्या समाधान हुन्छ त ? मेरो विचारमा अबस्य हुँदैन सरकार तथा जिमेवार दल हरुले पहिला बिदेसमा किन जान्छन नेपाली किन दु:ख पाउन्छन ति दुखी आत्माहरुको सम्स्याको समाधान के हो ? युवाजगत बिदेसतिर भौतारिन पर्ने अवस्था किन सिर्जना भयो, त्यस्को अन्त्य कसरी गर्न सकिन्छ बहस यसमा गर्नु पर्ने अहिलेको आवश्यकता हो । विदेसमा बस्नेनागरिकले मतदान गर्ने ब्यबस्था गर्नु भन्ने भन्ने सर्वोच्च अदालतको पाँच वर्ष अगाडिको फैसलालाई कार्यन्वयन गर्दै आएको भए अहिले यि आवाज उठाउनै पर्ने थिएन जुन मुद्दा पुरानो हुने थियो हामी आवाज उठाउछौ कार्यन्वयन भयो भएन विदेयक बन्यो बनेन त्यता पटी ध्यान दिदैनौ हाम्रो कम्जोरी यो हो ।
हामीले विदेशमा बस्ने नागरिक को कुरा उठाउंदै गर्दा स्वदेसमै रहेका नागरिकले मतदान गर्न नपाएको कुरा उठाउने कि नउठाउने ? वतिमुनी अन्ध्यारो भने झै संघिय चुनावमा मतदान गर्न पाउने हरुले स्थानिय चुनाव मा मतदानगर्न नपाएको स्पस्ट छ । स्थानिय चुनावमा भाग लिने कर्मचारी नागरिक हैनन र ? ति नागरिक लाई जे आदारमा मतदान गर्न बन्चित गरिएको छ त्यो अरु केही नभएर हामी संग प्रबिधी नहुनु नै प्रमुख कारण हो । यदी देस भित्रै बसेको मान्छेले देस भित्रै को मतदानमा सरिक हुने बातावरण बन्दैन भने बिदेसमा बस्नेको बातावरण बनाउन कती संभब छ ? एक जुम्लामा जागिर गर्ने मुस्ताङको ब्यक्तिले जुम्लामा बसेर मत्दान गर्न सक्ने अवस्था छ हामीमा ? यता तिर सोच्नेकी नसोच्ने जुम्लामा बसेर स्थानिय चुनावमा मुस्ताङ को आफ्नो वडामा मतदान गर्न सक्ने अवस्थामा देस पुग्दछ भने बिदेसमा बस्ने नेपाली ले पनि मतदानमा भाग लिने बातावरण बनाउन सहज हुन्छ ।
हो विदेसमा बस्ने नेपालीको पहिलो आवश्यकता उनिहरुले झेली रहेका समस्याको समाधान मतदान भन्दा पनि पहिलो प्राथमितामा जवसम्म सरकार र राज्यले राख्न सक्दैन मताधिकार पाएर मात्रै प्रभासी नेपाली उनका आफ्ना आफन्त खुशी हुन्छन भन्ने धारणा बनाउनु गलत हो । समस्या हरु निराकरण गरी विदेसमै बसेर मतदान गर्न पाए अती राम्रो, स्वदेस जानु पर्ने झन्झट पनि नहुने । हामी जस्तो अल्प बिकसित देस्को मान्छे जव विदेस जाने भनेर सोच्न थालदछ त्यही बाट समस्या हरुको जन्म हुन्छ र बिदेस आएर रोजगारी नपाउने र श्रम सम्झौता अनुसारको तलबमान र सुबिधा नपाउने हो भने त्यो घाऊ अजै बल्झन्छ । जव एक नौजवान महिला होस या पुरुष एसईइ उत्रिण गरेपछी नै ऊ आफ्नो खुट्टामा उभिन खोज्दछ त्यसको लागि उसले रोजगारी गर्दै योग्य्ता बढाउने प्रयास र खोजिमा रहन्छ । नेपाल भित्र सम्पूर्ण प्रयास गर्दापनी भने जस्तो रोजगारी पाउँदै, पाए पनि भन्सुन गर्ने ब्यक्ती नहुँदा छनोट हुन सक्दैन हार खाएर भएको जायजेथा धितो राखेर वा वेचेर भए पनि विदेस जाने निर्णयमा पुग्दछ, यो आजका पढेलेखेका अधिकाम्स नौजवानको समस्या हो । जव निर्णयमा पुग्दछ उसले आफ्नो परिवार लाई आफ्नो योजना सुनाउने र मनाउने प्रयास गर्दछ । सक्षम परिवारले आफुसँग भएको चल्ती पुँजी लाई, छोरा छोरीको भबिस्य संम्जेर सोचेर, युरोप अस्ट्रेलिया तथा अमेरिकाका कलेज हरुमा अध्ययन भिषा लिएर छोरा छोरीलाई त्यतै पठाउने प्रयास गर्दछन । कतिको प्रयास सफल हुन्छ कतिको असफल हुन्छ तथापी यो परिवार नेपालको हुने खाने बर्गको परिवार भएकोले योजना सफल होस या असफल परिवारिक आम्दानीमा यसले कुनै असर गर्दैन र प्रयास गरेको हो भएन भनेर उनिहरु परम परागत कार्य तिर जुट्दछन यसले परिवारमा वियोग सम्मको घटना निम्त्याउन्दैन । तथापी योजना बनाएर कार्यन्वयन नहुने भन्ने निस्चित नहुँदा सम्म त्यस परिवारले छोरोहोस या छोरी लाई बिदेस पठाउने भनेर ठुलो धनरासी र मिहेनत खर्च गरी सकेका हुन्छन । कतिपय आफ्नो योजना सफल नभए पछी डीप्रेसनको शिकार हुने गरेका छन समाजमा नौजवान डीप्रेसन्को शिकार ठुलो समस्याको रुपमा देखिन्दै छ ।
दोस्रो पंति जो घरको आम्दानी ले अध्ययन अध्यापन गर्न खर्चको जोहो गर्न नसक्ने अवस्थामा छन उनिहरुले स्वदेसमा रोज्गारिको अबसर नदेखे पछी विदेस जाने सपना देख्दछन घरको जायजेथा बेचेर दलाल एजेन्ट हरुलाई पैसा खुवाएर विदेशमा अध्ययन गर्न जाने गर्दछन यो वर्गमा मध्यम वर्गिय परिवारका मान्छे हरु पर्दछन । बाबु आमाले पनि जेठो छोरी होस या छोरो यदी ऊ युरोप अस्ट्रेलिया तथा अमेरिकाका कलेजमा पढ्न गएर त्यही जागिर गर्न थाले उसले भाई बहिनिलाई पनि उतै लैजान्छ र एउटा सभ्य जीवन लाइफ बिताउन सकिन्छ भनेर आफु सँग भएको सम्पत्ति धरौटी राखेर वा विक्री गरेर विदेस पठाउन राजी हुन्छ । कती पएको सपना त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बाट दिल्ली पुगे पछी तुहिन्छन भने कतिपय सन्वन्धित ठाउमा पुगेर पनि सोचे जस्तो सम्जेजस्तो नहुने स्वदेस्बाट पटक पटक पैसा मगाउन नसक्ने, घर बाट पैसा पठा अथवा बहिनी भाई पनि ठुला भए लैजा भन्ने दबाब आउदै गर्दा स्वदेस्मा घरको परिस्थिती आफुले दिएको वचन पुरा गर्न नसकेको अवस्था, आफ्नो करणले भाई बहिनिको जीवन पनि दु:खमा बित्ने भयो भन्ने चिन्ता बुढा हुँदै गएका बाबु आमा सम्झेर भकानिदै डीप्रेसन् को सिकार हुँदै मृत्यु समेत अङाल्न पुग्दछन । जसको भरोषा अपेक्षा थियो उसैले गलत बाटो तताए पछी बाबु आमा भाई बहिनिका ति सपना बालुवमा बिलाउन पुग्दछन र विदेसबाट पैसा आउन पर्ने ठाउमा विदेसमा रहेका नेपाली हरुले चन्दा दान मार्फत उठाएको पैसा सन्कलन गरेर लास बाकस भित्र फर्कन्दाको त्यो दर्दनाक अवस्थाको अंकलन सरकारले गर्नेकी नगर्ने ? जसलाई पर्यो चोट उसैको हो खोट भनेर सरकार रमिते बन्ने यस्तो पिडा भोग्ने नेपालको २० प्रतिसत जनसख्या छ । कुन आमा बाबुलाई आफ्नो सन्तान असुरक्षित रुपमा बिदेस पठाएर बिदेस पुगेर आत्मा हत्या गरी नेपाल फर्किएको हेर्ने हेर्ने क्षमता र सुन्ने सक्ती हुन्छ होला ? यो कुनै ब्यक्ति विसेसको समस्या हैन देसको समस्या हो सरकार किन बुज्दैन सुन्दैन ? हरेक बर्ष पाँच लाख युवा श्रम बजारमा निस्कान्छन कम्तिमा २५ प्रतिसत लाई स्वदेसमै रोजगारी दिन सक्ने गरी कार्य गर्न सरकार लाई दबाब दिन किन सकिदैनौ ? हामीलाई रोजी रोटीको लागि स्वदेस्मै अबसर देउ सरकार, मतदान गर्न पाउनु पर्दछ भन्ने हेयको आवाज हैन ?
नेपालको कमआय श्रोत र गरीविको रेखामुनी रहेको बर्गको कर्मस्थलो कृषिक्षेत्र हो, परम्परागत कृषि पेसा वाट सोचे जस्तो आम्दानी नभए पछी तिनिहरुको कर्म क्षेत्र खाडी मुलुक, मलेसिया र एसियाका नवधन्याड्य मुलुक तर्फ मोडिएको छ । कमआय श्रोत र गरीविको रेखामुनी रहेको बर्गको युवा सक्ती जाव जान्ने बुज्ने हुन्छनसक्ती जब जान्ने बुज्ने हुन्छन उनिहरुले विदेस जाने र पैसा कमाउने सपना देख्दछन स्वाभाबिक हो राम्रो पढे लेखेको ले त स्वदेसमा जागरी छैन भने उनिहरुले अबसर पाउने कुरा पनि भएन । विदेसको लागि आफ्ना आफन्त वा नजिक को गाउले कोही समवन्धित मुलुक्मा छ भने उसै सँग संपर्क गर्दछन र उनिहरुको मिठा कुरामा विश्वाश गरेर बिदेसिन्छन अधिकाम्स यस्ता ब्यक्तीगत भिषामा आएका हरुले बढी दु:ख र बडी पैसा तिरेको र त्यो रिणको वोजले साथीसङी परिवार सँग टाढा भएको एउटा पिडा छ भने कती पयले बिदेसमा पुगेर भनिएको कम्पनी समेत नपाएर पुन अर्को रिण लिएर स्वदेस फर्केको अवस्था छ । मेनपावर कम्पनी मार्फत आउने हरु उही बाट ठगिएर आएर बिदेशी माटोमा पसिना बगाएर आउन्दा को रिण तीन बर्षमा पनि तिर्न नसकेर आत्मा हत्याको ढोका घचच्याउन पुगेको अवस्था छ भने स्वदेसमा साना नानी श्रीमती बुढा बाबु आमा रुन्दै बस्न परेको दर्दनाक घटना छन । मानव सन्साधन जस्तो पवित्र कार्यमा यस्ता अपवित्र कार्य हामीले कहिले सम्म सहने? हाम्रो वास्तविकता यो हो हामी बिदेसमा बस्ने हरुलाई मत्दानको अधिकार दियौ भने ठुला हुंछौ या यो आवाज निकाले पछी लोकप्रिय हुन्छु भनेर यस्ता आवाज निकालिएको हो ? वास्तबमा नागरिक लाई बिदेसिन पर्ने बाद्यताको अन्त्य गरौ स्वदेस्मा नै विदेस नगएर पढ्न सक्ने बातावरण बनाउ । नेपालमा बिदेशी स्टान्डरका कालेज हरु खोलेर बिदेशी बिद्द्यार्थी लाई आकर्षण गर्ने वातावरण सिर्जना गर्ने हो भने रोजगारी को बृदि र आम्दानिको श्रोत दुवै भएमा रहरले बिदेस कोही जाँदैन ।
मतदान गर्न पाउन पर्ने अधिकार को आवाज बुलन्द गर्नु का साथै निम्न कुरा हरुमा प्राथमिकता का साथ काम गर्न जोड दिदा सुन्मा सुगन्ध हुन्छ की ।
बैदेशिक रोज्गारिको नाउमा त्रिभुवन अन्तरराष्ट्रिय बिमनस्थल सम्म पुग्दा हुने ठगिको अन्त्य गरौ ।
खाडी मलेसिया लगायत्को क्षेत्रमा सरकारले तोकेको १०००० हजार र १५००० को सिमा भन्दा वडी रकम लिने मेन पावर र ब्यबसायी हरुको बिरुद्द आवाज उठाउ ।
अध्ययन भिषामा बिदेसमा जाने प्रबिदिको अन्त्य गर्न देस भर मेडिकल कालेज र पाबिधिक शिक्षालय हरुको स्थापना गरी बिदेस बाट अध्ययनको लागि नेपाल आउने ब्यबस्था गरौ ।
मानब सन्साधन जस्तो पवित्र कार्यमा अपवित्र परेवावाज हरुको अन्त्य गरौ ।
विदेशमा कुन देशमा कति नेपाली नागरिक बसिरहेका छन् सरकार सँग तथ्यांक निकालौ
निर्वाचन आयोग लाई त्यही अनुसार प्राबिधिक र आर्थिक रुपमा सक्सक्त बनाउ ।
कानुन मा सुधार गरौ र स्थानिय तथा राष्ट्रिय निर्वाचन हरु अन्लाइन पोस्टल तथा भौतिक रुपमा मतदान गर्न सक्ने गरी परिमार्जन गरौ
दुतावास हरुलाई प्राबिधिक रुपमा सक्षम बनाउ ।
नयाँ युवालाई बिदेस पलायन भन्दा स्वदेसमै बसेर केही गर्न सकिन्छ भनेर भरोसा दिलाउ र राज्यले सहयोग गरौ ।
त्रिभुवन बिमानस्तल मा खाडी जाने र युरोप अमेरिका जाने हरुलाई बिभेद को अन्त्य गरौ ।
बैदेशिक रोजगरिमा जाने र आउने हरुलाई सम्मान गर्न सकौ ।
नागरिक लाई समाज बाट टाढा हुन नदिने बातावरण बनाउ ।
सरकार नेता आफु चर्चित हुने हल्लाखोर तिर नलागी देशको वास्तविक बस्तु स्थिती बुजेर पहिलो कुरा देशको आर्थिक सुधार कसरी गर्ने देस बाट भ्र्स्टाचारको जालो कसरी अन्त्य गर्ने । देशमा पार्दर्शी तरिकाले पुजिगत खर्च कसरी गर्न सकिन्छ राष्ट्रिय उत्पादन कसरी बढाउन सकिन्छ र नागरिक लाई सुविधा र रोजगारी वढी भन्दा बढी कसरी दिन सकिन्छ त्यता तिर सोचेर कार्यन्वयन गर्दै जाँदा मताधिकारको सम्सया पनि देश सम्रिद्दी तिर उन्मुख हुँदै गर्दा विसतारै हटेर जान्छ । स्मरण रहोस बिदेस भासिने १०० मा २५ जनाले राम्रो अबसर र चायन्को जीवन गुजारेका छन तिनै २५ जनालाई मतदान अधिकार उपलब्धी पूर्ण हुन सक्दछ अरु लाई काग लाई बेला पाक्यो हर्सन विस्मात हुने छ ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij