बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

च्याम्पियन्स लिग : लेवान्डोवस्कीको ह्याट्रिकमा बायर्न अन्तिम आठमा, हारका बाबजुद लिभरपुल क्वाटरफाइनलमा

बुधबार, फाल्गुन २५ २०७८

काठमाडौं । स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले ह्याट्रिक पूरा गरेपछि बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनमा प्रवेश गरेको छ । मंगलबार साल्जबर्गमाथि अन्तिम १६ दोस्रो लेगमा ७-१ को सानदार जितसहित बायर्नले क्वार्टरफाइनल यात्रा तय गरेकाे हाे ।

तीन साता अघि पहिलो लेगमा १-१ को बराबरी खेलको बायर्न लेवान्डोवस्कीले सुरुआती २३ मिनेटमा ह्याट्रिक पूरा गर्दा सहज जित हात पार्न सफल भएको हो ।

बायर्न समग्रमा ८-२ को जितसहित अन्तिम आठमा प्रवेश गरेको हो । १२औं मिनेटमा लोवान्डोवस्कीको पेनाल्टी गोलमा बायर्नले अग्रता लिएको थियो ।

२१औं मिनेटमा लेवान्डोवस्कीले दोस्रो पेनाल्टी प्रहारको पनि सदुपयोग गर्दा बायर्नले अग्रता दोब्बर पारेको थियो । त्यसको दुई मिनेटपछि नै लेवान्डोवस्कीले ह्याट्रिक पूरा गर्दै बायर्नको अग्रता ३-० मा पुर्‍याएका थिए । लेवान्डोवस्की च्याम्पियन्स लिग लिगमा सबै भन्दा छिटो ह्याट्रिक पूरा गर्ने खेलाडी समेत बनेका छन् ।

३१औं मिनेटमा सेर्जी जीनाब्रीले बायर्नका लागि चौथो गोल गरे । ५४औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई सहज जिततर्फ डाेर्‍याएका थिए ।

७०औं मिनेटमा काजगार्डको गोलमा साज्जबर्गले गोलअन्तर कम गर्ने संकेत गरेको थियो ।

८३औं मिनेटमा मुलरको गोलमा बायर्नले आफ्नो अग्रता ६-१ मा पुर्‍याएको थियो । त्यसको दुई मिनेटपछि नै लोरी सेनले बायर्नका लागि सातौँ गोल गरे ।

अन्तिम १६ को अर्को खेलमा इन्टर मिलानसँग दोस्रो लेगमा १-० अन्तरको हार बेहोरे पनि लिभरपुलले समग्रमा २-१ ले विजयी हुँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

हार बाबजुद लिभरपुल क्वाटरफाइनलमा

इन्टर मिलानलाई अन्तिम १६ दोस्रो लेगमा १-० को नतिजा सुम्पिए पनि घरेलु टोली लिभरपुल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ ।

गत महिना सम्पन्न पहिलो लेगमा लिभरपुलले अवे खेलमा मोहम्मद सलाह र रोबर्टको फिर्मिनोको गोलमा २-० को जित हात पारेको थियो । योर्गान क्लोपको टोली समग्रमा २-१ को जितसहित अन्तिम आठमा प्रवेश गरेको हो ।

६१औं मिनेटमा लौटारो मार्टिनेजल गरेको गोलमा अग्रता लिँदै इन्टरले पुनरामगन गर्ने संकेत गरे पनि सो गोल अघिल्लो चरण प्रवेशका लागि पर्याप्त भएन ।

त्यसको दुई मिनेट पछि नै एलेक्सिस सान्चेज दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि इन्टरले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो ।

इन्टर भने च्याम्पियन्स लिगको नकआउट चरणबाट बाहिरिएको यो तेस्रो पटक हो । इन्टर यसअघि सन् २०१०-११ मा क्वार्टरफाइनल र २०११-१२ मा अन्तिम १६ बाट बाहिरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार