काठमाडौँ । लिभरपुलले चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै कारबाओ कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा लिभरपुलले चेल्सीलाई पेनाल्टी सुटआउटमा ११-१० को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
चेल्सीका गोलकिपर केपाले अन्तिम पेनाल्टी मिस गरेपछि लिभरपुलले खेल जितेको थियो ।
यसअघि निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।
योसँगै लिभरपुलले सबैभन्दा बढी ९ पटक कारबाओ कपको उपाधि जितेको छ ।
लिभरपुलपछि म्यानचेस्टर सिटीले ८ पटक यो उपाधि जितेको छ भने एस्टन भिल्ला, म्यानचेस्टर युनाइटेड र चेल्सीले यो उपाधि ५-५ पटक जितेका छन् ।