बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

मेसी र सलाहलाई पछि पार्दै लेवान्डोस्कीले जिते फिफा वर्ष खेलाडी २०२१

मंगलबार, माघ ४ २०७८

रोवर्ट लेवान्डोस्कीले उत्कृष्ट फिफा पुरूष वर्ष खेलाडी-२०२१ को अवार्ड जितेका छन्।

३३ वर्षीय लेवान्डोस्कीले बायर्न म्युनिखलाई बुन्डेसलिगा, डीएफएल(सुपरकप, युइएफए सुपरकप र क्लब विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।
वायर्न म्युनिकका स्ट्राइकरसमेत रहेका पोल्यान्डका स्ट्राइकर लेवान्डोस्कीले गत वर्ष ६९ गोल गरेका थिए। उनले बुन्डेसलिगा अन्तर्गत एकै सिजनको लिगमा ३४ खेलमा ४३ गोल गरेका थिए। उनले गर्ड मुलरको बुन्डेस लिगामा एकै वर्ष बनाएको ४९ वर्ष पुरानो कीर्तिमानसमेत भंग गरेका थिए।
वालेन डो ओर विजेताले फिफाको वर्ष खेलाडीको उपाधि जित्न नसकेको यो पहिलो पटक हो। यस वर्ष लियोनेल मेसीले वालेन डि ओरको उपाधि जितेका थिए ।लागातार दुई वर्ष यो अवार्ड जितेसँगै लेवानडोस्की क्रिष्टियानो रोनाल्डोसँग २-२ पटक यो अर्वार्ड विजेताको रुपमा बराबरी गरेका छन् ।

अन्य विधाका अवार्ड विजेता
– फिफाको उत्कृष्ट पुरुष खेलाडी – रोबर्ट लेवानडोस्की (बायर्न म्युनिख)
-फिफाको उत्कृष्ट महिला खेलाडी – एलेक्सिया पुटेलास(बार्सिलोना)
-फिफा फ्यान अवार्ड – डेनमार्क र फिनल्याण्ड फ्यानहरू
-फिफाको उत्कृष्ट पुरुष प्रशिक्षक – थोमस टुचेल (चेल्सी)
-फिफा उत्कृष्ट महिला प्रशिक्षक – एम्मा हेस
-फिफा फेयर प्ले अवार्ड – डेनमार्क राष्ट्रिय टोली र कर्मचारी
-पुस्कास अवार्ड – एरिक लामेला (सेभिल्ला)
-उत्कृष्ट फिफा पुरुष गोलकिपर – एडवर्ड मेन्डी (चेल्सी)
-फिफाको सर्वोत्कृष्ट महिला गोलकिपर – क्रिस्टियन एन्डलर
-फिफा स्पेशल अवार्ड -क्रिस्टीन सिन्क्लेयर
-फिफा स्पेशल अवार्ड -क्रिस्टियानो रोनाल्डो (म्यान्चेस्टर युनाइटेड)

प्रतिक्रिया
सम्बन्धित समाचार