काठमाडौ – तिन लाख भन्दा बढि नेपाली जनसंख्या रहेको युएइ रोजगारिका लागि मात्र नभएर नेपाली ब्यापारीहरुको लागि पनि लक्षित देश हुँदै छ । समग्रमा विश्वका प्राय सबै समुदायका मानिस रहेका युएइमा आफ्नो उत्पादन पुर्याउने ध्याउन्नमा विश्व बजार लागेको छ । नेपालिहरुले रोजगारिको लागि प्राथमिकतामा राखेको गन्तव्य मुलुक युएइमा हाल सयौ नेपाली विभिन्न ब्यवसाय गरि रहेका छन भने सयौ नेपालिहरु दलाली र तस्करी जिवन पनि बिताईरहेका छन । यस्तो सहज परिस्थितिका बाबजुत नेपाली उत्पादनहरुले बिश्वबजारमा तुरुन्तै आफ्नो उपस्थिती जनाउन सक्ने युएइमा आफुलाइ स्थापित गराउन सकिरहेको छैन । यो नैरास्यतालाइ चिर्दै युएइ लगायत बिश्वमा नेपाली उत्पादनलाइ चिनाउन “फ्यामकल नेपाल” अग्रसर बनेको छ । फ्यामकल ग्रुपले यस अघि नै नेपाली ग्रीन टि ( गोर्खाली लिभ्स) लाई युएइको बजारमा पुर्याउने कार्य अन्तिम चरणमा पुर्याइसकेको छ । नेपाली उत्पादनमा पाइने शुद्धता र बिविधता बिदेशीएका नेपालिहरुको चाहनामात्र नहुने र यस्ले विश्व समुदायका स्वादका पारखीहरुलाइ आफू तर्फ आकर्षण गर्न सक्ने सम्भावना उच्च रहेको एक बोर्ड मेम्बर बताउछन। युएइको बजार प्रतिस्पर्धाको बजार हो, बिश्वबजार यहाँ समाहित छ तसर्थ युएइ सरकारको सहयोग लिएर बृहत रुपमा आफ्नो उत्पादन युएइ पुर्याउने उदेश्य हेतु आज बोर्ड मेम्बरहरु द्वयले नेपालका लागि युएइका राजदुत सइद हम्दान अल नक्बी सग भेट गरेका थिए। राजदुत सगको भेटघाटमा नेपाली उत्पादनहरु अलैची, चिया, जडिबुटी , अत्तर , मर मसला लगायतका सामाग्रीहरु युएइमा पुर्याउने देखि लिएर व्यापार मार्फत पर्यटन वृद्धिको सम्भावनाको बिषयमा छलफल भएको छ। राजदुत नक्बिले युएइमा संचालनमा रहेका विभिन्न चेन सुपरमार्केट, हाइपरमार्केट आदिमा फ्यामकल ग्रुपको नेपाली उत्पादन स्थापित गराउन सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन। हामी पहिले नेपाल बाहिर रहेको नेपालका नेपालिहरुलाइ , नेपाल भित्रको नेपालको भावना बाड्छौ, तत्पश्चात बिश्वसमुदायमा नेपाललाइ नेपालको उत्पादन मार्फत अझ परिचित गराउन चाहान्छौ। यस्का लागि यहि डिसेम्बरमा नेपाल सरकारको सरकारि भ्रमण टोलिमा आफू पनि रहेको र नेपाली उत्पादनको सम्भाब्यता युएइ बजारमा कस्तो छ सो बुझी युएइका ब्यापारिहरु साथ भेटघाट गर्न युएइ जान लागेको एक बोर्ड मेम्बरले बताए। अबको केही दिनमा नै नेपाली ग्रीन टि गोर्खाली लिभ्स युएइको बजारमा पुगिसक्ने बताउदै, राजदुत सगको आजको बैठक उत्साहपुर्णमात्र रहेन, दिगो व्यापार ब्यवस्थापनको लागि कोशेढुंगा साबित हुनेकुरामा बिस्वस्त रहेको फ्यामकल ग्रुप बताउछ। नेपाली उत्पादनको बिश्वसामु परिचित गराउन सक्दा बिदेशी लगानी भित्र्याउन सहज पनि हुने धारणा सहित अगाडि बढेको फ्यामकल ग्रुप युएइलाइ पहिलो देश बनाइ मध्यपुर्वमा बढ्दै अन्तर्राष्ट्रिय बजार छिर्ने योजनामा रहेको बताउछन बोर्ड मेम्बरहरु।
