सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

परराष्ट्र मन्त्रालयद्वारा प्राप्त निर्देशनबमोजिम संरक्षक परिषदलाई निष्पक्ष निर्वाचन गर्न सबैले सहयोग गर्नुपर्छ, नारायण आचार्यको विचार

बुधबार, मंसिर ८ २०७८

गैर आवासीय नेपाली संघभीत्र अहिले संकट को अवस्था सृजना भएको हामी सबैलाई अबगत भएकै कुरा हो । हामीले हाम्रो अन्तराष्ट्रिय महाधिवेसन समयमा गर्न सकेनौं ,देखिएका बिवादहरु मिलाउन र समझदारी कायम गर्न पनि सकेनौं ।संघ लाई जसरीपनि आफ्नो कब्जामा राख्ने मनसायले बिगत देखि गरिएका बिभिन्न खाले तिकडम बाजी हरुले बर्तमान अवस्थाको सृजना भएको हो । अत: सबै खाले दम्भ र इगो लाई त्यागी परराष्ट्र मन्त्रालय द्वारा प्राप्त निर्देशन बमोजीम संरक्षक परिषद लाई निष्पक्ष निर्वाचन गर्न हामी सबैले सहयोग गर्नु पर्दछ।

अहिले संरक्षक परिषद मा रहनु भएका अग्रजहरु को क्षमता तथा नियत को परिक्षा को घडि पनि हो ! संघ भीत्र देखिएको यो अप्ठ्‌यारो लाई पार लगाउन र NRNA भीत्र मौलाएको चरम अविश्वास को खाडल लाई पुर्दै विश्वासको बातावरण बनाउन को को इमान्दार भएर लाउनुहुन्छ सबै ले देख्न र हेर्न पाईने छ! अध्यक्ष कुमार पन्त जी र अन्य केहि संघको महत्वपूर्ण जिम्मेवारी मा रहनु भएका साथीहरु ले विभिन्न मिडिया हरु द्वारा परराष्ट्र मन्त्रालय ,सरकार तथा प्रधानमन्त्री प्रति प्रकट गरिएका शब्द हरु गैर जिम्मेवार र आपत्ति जनक छन् ।यस्ता अभिव्यक्ती हरु ले झनै बातावरण लाई बिगारी रहेको छ!जिम्मेवार ब्यक्तिहरु सबै संयमित बनौं र १०औं महाधिवेसन सफल पार्ने बाटोमा लागौं ! जय एन.आर.एन !

प्रतिक्रिया
सम्बन्धित समाचार