काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नियुक्त भएका छन् । मंगलबार उनलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार पदबाट राजीनामा दिएसँगै आलोपालो सरकार चलाउने सम्झौताबमोजिम शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।
प्रदेश प्रमुख कलौनीले नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यस्तै मंगलबार नै नवनियुक्त मुख्यमन्त्री शाहीले प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ समेत लिएका छन् ।