आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

तालिबानका सर्वोच्च नेता अखुन्दजादा पहिलो पटक सार्वजनिक रुपमा देखा परे

आइतबार, कार्तिक १४ २०७८

काठमाडौं । तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रुपमा देखा परेको अधिकारीहरूले आइतवार घोषणा गरेका छन्।

उनले अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तमा समर्थकहरुलाई सम्बोधन गरेका थिए।
अखुन्दजादा सन् २०१६ देखि इस्लामवादी आन्दोलनको प्रमुख रहदै आएका थिए।

तर अगस्टमा उनको समूहले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पनि उनी सवार्वजनिक रुपमा देखा परेका थिएन।

तालिबान सरकारमा उनको भूमिकाको बारेमा अनुमान लगाइएको छ। यद्यपी उनको मृत्युको अफवाह पनि फैलिएको थियो। तालिबान अधिकारीहरुका अनुसार शनिबार उनले दारुल उलूम हकिमाह मदरसाको भ्रमण गर्दै आफ्ना लडाकू चेलाहरुसँग कुरा गरेका तालिबान अधिकारीहरूले बताएका थिए।

सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा परी तालिबानका प्रमुख नेता मुल्लाह अख्तर मन्सुर मारिएपछि अखुन्दजादालाई सत्ताको द्रुत संक्रमणकालमा तालिबानको नेता नियुक्त गरिएको थियो। एएफपी

प्रतिक्रिया
सम्बन्धित समाचार