zestkhabar

सोमबार, मंसिर १२ २०७९

  • सोमबार, मंसिर १२ २०७९

एनआरएनए केन्द्रिय चक्रब्यूहमा कुल्चिएका एक अभिमन्यु, इतिहासमा स्वाभिमान जलेको खरानी हेरेर के हाँस्नु ?

एनआरएनए केन्द्रिय चक्रब्यूहमा कुल्चिएका एक अभिमन्यु, इतिहासमा स्वाभिमान जलेको खरानी हेरेर के हाँस्नु ?


  • डिल्ली अम्माई
  • शुक्रबार, असोज २९ २०७८
14.4K
SHARES

‘आज हम है,कल हमारी यादें होंगी

जब हम न होंगे,तब भी हमारी बातें होंगी

बादमें पलटोगे तो इतिहाँसके पन्ने

बुढापेमे आपकी आँखे भी नम होंगी’
(एक अज्ञात लेखकको सायरी )

जीवन यात्रामा सदैब आँफुले गरेका महत्वपुर्ण कार्यहरुको याद हुन्छ। राम्रा र इतिहाँसमा भएका आफ्ना सकारात्मक निर्णयहरुले मृत्युको पलमा पनि असिम आनन्द दिन्छ। जीवनकालमा लुकाउने प्रयत्न गरेका प्रयत्न,धोकाघडि र निरिहताका यादले पछिल्ला सम्झानाहरुलाई निरस बनाईदिन्छ। त्यसैले अक्सर भन्ने गरिन्छ धोका दिनेको अँध्यारो चेतना भन्दा धोका पाउनेको छटपटी भयाबह हुन्छ।सायरिमा भनिएको भाव यहि हो। गतिशील जिवनमा आँफु सामर्थ्यवान भएको बेलामा नै आफ्ना बिस्वासिला मान्छेहरुमाथि भएको अन्यायबारे बोल्न सक्नु पर्छ। त्यो आगामी दिनको लागि फगत नजिर मात्र बन्दैन,त्यसले हाम्रो न्यायिक निर्णयलाई सार्वभौम बनाउने नियमलाई स्थापित गर्छ।उपयुक्त बेलामा बोलिएको सत्य बचनलाई अनुसन्धानको बाटोबाट निर्णयमा पुर्याई दिन्छ।

यहाँ प्रसङ्ग उठाउन खोजिएको कुरा एनआरएनए अभियानको क्रममा बल जफत स्थापित गर्न खोजिएको एक अन्यायपूर्ण परिघटनाको हो। त्यो कालखण्डमा एनआरएनए अभियानका एक सन्त,

-डिल्ली अम्माई

सरल र संस्थापक उपाध्यक्ष राम प्रताप थापा माथि असोभनिय खेल रचेर अध्यक्षबाट पदच्युत गरिएको थियो। एनआरएन अभियानका अत्यान्त इमान्दार आदरणीय राम दाजु माथि अकस्मात घटाइएको त्यो परिघटनाबारे नयाँ पुस्ताले पनि सुन्न,बुझ्न र समिक्षा गर्न पाउनु पर्छ भन्ने लागेर नै पंतिकारले त्यो घटनाबारे जानेसुनेको आधारमा केहि बिचार राखेको हो। त्यसैले यो लेखमा उठान गरिएको बिषयलाई लिएर कसैले पनि अन्यथा लिनुहुने छैन भन्ने लाग्छ।

एनआरएनए अभियान जुनसुकै नियत र परिवेशमा शुरु गरिएको भएता पनि यसले नेपाली डायस्पोरालाई अधिकतम रुपले क्रमस आफ्नो प्रभावमा ल्याउदै गएको छ। यो अभियानको शुरुवात कालमा ज्यादै कम अभियानकर्मीहरुले एनआरएनए निर्माणमा योगदान गर्न सके। त्यस मद्धे संस्थापक अध्यक्ष उपेन्द्र महतोको नेतृत्वमा गठन भएको गैर आबासीय नेपाली संघका उपाध्यक्ष हुनुहुन्थ्यो आदरणीय राम प्रताप थापा। उहाँले आफ्नो पदिय हैसियतमा रहँदा होस् वा बाहिर रहेको बेला यो अभियानलाई निस्वार्थ रुपले मद्धत गरिरहनु भएको छ। यो अभियानमा जोडिएका कतिले आफ्नो फाइदाको लागि अभियानको के कसरि प्रयोग गरे त्यसको समिक्षा इतिहाँसले गर्ला।तर त्यसको अपबाद बनेर सन् २००३ देखि निरन्तर लागेका उहाँलाई त्यति धेरै अपमान गरियो कि त्यसको बयान शब्दमा गर्न सकिदैन।

सन् २००२ मा विश्वमा भएका नेपालीहरुको छरिएको पुंजीलाई एककृत गरि नेपालमा लगानी लैजाने र संसार भरिका नेपालीहरुलाई जोडेर आपसी सद्भाव बाँड्ने मुख्य उद्देश्यबाट प्रेरित हुँदै रसियाका नेपाली अगुवाहरुले एउटा बिश्वब्यापी संजाल बनाउने अबधारणा बनाएका थिए। त्यो छलफललाई सार्थकता दिंदै एनआरएनहरुलाई ११ अक्टोबर २००३को सम्मेलनले संघको रुप दियो। नेपालमा २० अक्टोबर २००३ मा यो संघ दर्ता पनि भयो। त्यहि दिनलाई नेपाल सरकारले समेत’एनआरएन डे’को रुपमा घोषणा गरेको छ। यो अभियानको शुरुमा यो संघलाई स्थापित गर्न उपेन्द्र महतो पछि जीवा लामिछाने र आदरणीय राम प्रताप दाजुलगायतको अविस्मरणीय योगदान रहेको छ।

हुन त सँस्थापक अध्यक्षले सन् २००६ मा नेतृत्व हस्तान्तरण गर्न खोजेको कुरा बताउने गरिन्छ। तर उहाँको प्रस्तावमा नेतृत्व लिने कसैले सहास नराखेकोले होला २००९ सम्म महतो नै एनआरएनएको अध्यक्ष भै रहनु पर्यो। २००६ सालकै कुरा हो,एनआरएनएको अभियानबारे तत्कालिन प्रधान मन्त्रि गिरिजा कोइराला,राजा र महतो सहितको टोलीको एनआरएन लगानीबारे महत्वपूर्ण कुराकानी भयो। संघले नेपाल सरकार,नेपाल उद्योग बाणिज्य संघ र एनआरएनले बराबरीको हैसियतमा लगानी गर्ने सहमति गर्यो। त्यो सहमतिलाई एनआरएनएले अभियानको सुरुवाती महत्वपुर्ण उपलब्धि मान्दै आएको छ।

सन् २००९ को सरदमा(अक्टोबर) संघको अधिवेशन गर्नु पर्ने थियो।त्यहि परिवेशमा नेतृत्वको लागि बहसहरु हुन थाले। उपाध्यक्ष राम प्रताप थापालाई श्याम कार्की,देव मान हिराचन,भिम उदास,जीवा लामिछानेले शुरुमा समर्थन गरेपनि पछि उनीहरुले पनि नेतृत्वको आकांक्षा प्रकट गरेकोले चुनाव हुने अबस्था आयो। तर अध्यक्ष उपेन्द्र महतोले चुनाव गर्ने बिषयमा असहमति जनाए पछि सहमतिका विभिन्न तहमा छलफल भए। अन्तमा राम प्रताव थापालाई केन्द्रिय प्रतिनिधिहरुले साझा अध्यक्षको रुपमा ल्याउन सहमति दिए। राम प्रतापलाई अध्यक्षको रुपमा स्विकारी सबैले बैठक पुस्तिकामा हस्ताक्षर पनि गरेको कुरा बाहिर आयो। घोषणाको तयारि थाल्न प्रतिनिधिहरुले निर्देशन दिए। नेतृत्वको बिषय सहमतिमै टुंगियो।

तर जे हुनु नपर्ने थियो रात भरिमा भयो। संस्थापक लगायतले अर्कै खिचडी पकाउने योजना बनाए। अघिल्लो दिनसम्म भएको बिस्वास र सहमतिमाथि पेट्रोल खान्नाउने काम अरु कोहीबाट भएको थिएन। त्यसको सूत्राधार स्वयम् संस्थापक अध्यक्ष थिए। प्रस्तावक हिराचन,वा अन्य कोहीलाई देखाए पनि योजनाकार अन्य कोहि थिएन।
रात निसाचारहरुको लागि सहज हुन्छ। अधिवेशन घोषणाको अघिल्लो रात पनि संस्था भित्रका निसाचारहरुको लागि सहज भयो। त्यस रात बिस्वास्घातको लागि राम दाजुलाई कुल्चने अनौपचारिक खुसामद भयो। अधिवेशनको अघिल्लो रात राम थापाको सोझोपनको फाइदा उठाउदै संस्थापक अध्यक्षबाटै देवमान हिराचनलाई अध्यक्ष खडा गरियो। सहमतिमा गरिएको माइन्युट सायद संस्थापक अध्यक्षसंग अझै होला।
पछि राम प्रतापलाई एनआरएनएको अध्यक्ष रोज्नु हुन्छकी जर्मन कन्सुलर भन्दा उहाँले आँफै कन्सुलर रोज्नु भयो भनेर पनि अफवाह फैलाईएको थियो। तर त्यसको बास्तबिकता अर्कै थियो। औपचारिक रुपमै चौथो अधिवेशनमा अध्यक्षको लागि राम प्रतापलाई सहमतिको हस्ताक्षर गरेर घोषणा गर्ने बेला धोका भयो। राम प्रताप थापा करिब ७३ घण्टा औपचारिक रुपमै अध्यक्ष हुनु भएको थियो। उहाँलाई श्री ३ देब सम्सेरलाई जस्तै आफ्नै सहकर्मीहरुले पदच्युत गरेका थिए। उहाँले सस्थापन कालमा सपथ खाइ सक्नु भएकोले त्यसको जरुरि पनि थिएन। सार्वजनिक घोषणाको लागि उहाँ लगायत टिम तयार भएको बेला संस्थापक बाटै सकुनी सडेन्त्र हुनुले यो संस्थामा अहिलेका बिकराल अराजकताको शुरुवात त्यो बेला देखि शुरु भएको कुरा धेरै कामलाई मात्र थाह छ।

“पुलचोक इञ्जिनियरिङ्ग क्याम्पसमा पढ्दा देखि नै उपेन्द्र महतो अखिल पाँचौको नजिक हुनुहुन्थ्यो। त्यहाँबाट मास्टर सकेर रसिया पढ्न आउनु भएकोले होला बैचारिक रुपमा अलिक फरक र आर्थिक रुपमा पनि कमजोर राम प्रताप थापालाई उहाँले अध्यक्षको लागि योग्य देख्नु भएन।” केहि त्यो परिघटनाका साँक्षीहरुले यसरि आफ्नो असन्तुष्टि पोखेका थिए त्यो बेला। एनआरएनए भित्र वर्ग घृणाको बिकराल परिदृश्य थियो त्यो सडेन्त्र।उपेन्द्र महतोले बेला बेलामा दीइने गरेको सल्लाह हो,’कमाइ भएका मात्र यो अभियानमा लाग्नुस्। पहिला कमाउनुहोस अनि अभियानमा जोडिनुस।’अहिलेसम्म यो अभियानले मजदुर बर्गलाई,निम्छारिला गैर आबासियहरुलाई नेतृत्वमा ल्याउन नचाहनुको मुख्य कारण सस्थापकको त्यहि मनोविज्ञानबाट निर्देशित रहेको छ भन्नलाई कुनै आइतबार कुर्नु पर्दैन।त्यसैले यसलाई हुनेखानेको क्लब भनेर आरोप लाग्ने गरेको छ।

यो अभियानले लगानीका मुद्धा बाहेक मानबिय मुद्धाहरुलाई अग्रभागमा राखेर काम गर्नु पर्छ,मानबिय मुद्धाहरुले संघको गरिमा बढ्छ,भबिष्य उज्यालिन्छ र निम्छारिलो वर्ग समेत नेतृत्वमा पुग्ने ब्याबस्था हुनु पर्छ भन्ने राम प्रताप जस्ता अभियन्ता अहिले कि त पाखा लागि सके कि छाँयामा पारिएका छन। अपजस पाउने क्षेत्रमा लगानी गर्नु भन्दा नेपालमै शिप भएका शिल्पी वर्गको उत्थान, बालविवाहको न्यूनीकरण,आबेश र आक्रोसपूर्ण रुपले झाङ्गिदै गएको पारपाचुके समस्याको न्यूनीकरण,नेपाली चेलीबेटी बेचबिखन, पासपोर्ट सहितको दोहोरो नागरिकता र मानब तस्करीको समस्यालाई नेपाल सरकारसंग सहकार्य गरेर हल गर्ने प्रयत्नले नेपाललाई दिर्घकालिन रुपमा सकारात्मक योगदान दिने कुरा राम थापाले उठाउदै आउनुभएको छ। राम प्रतापको भनाइमा,मानबले मानवलाई जात,धर्म,लिङ्ग र रंगको आधारमा हुने घृणा बिरुद्ध मनोसामाजिक विमर्श तथा सकारात्मक सोच सम्बन्धी कैयौं कार्यक्रम राखेर यस्ता समस्या न्यूनीकरण गर्न सकिने भएकोले एनआरएनए अभियन्ता तथा नेतृत्वको यता ध्यान जानु पर्छ।

बैधानिक रुपमै चौथो कार्यकालमा छोटो समय एनआरएनए आइसीसीको अध्यक्ष राम थापा निर्वाचित भएपछि इन्दिरा बम,भिम उदास, डंगोल,श्याम कार्की,उपेन्द्र महतो लगायतले संरक्षक हुन मानेको कुरा बाहिर आएको थियो।पछि एमाले नेता इश्वर पोखरेलले समेत जीवा लामिछानेलाई समर्थन गर्ने कुरा आएपछि रातारात खेल उल्टिएको बताउनेहरु पनि अझै ज्युँदै छन्। त्यसैले राजनैतिक हस्तक्षेप संस्थापकहरुले त्यो बेला देखि नै छिराएको देखिन्छ। हिराचनले छोडेपछि २०११ मा जिबा लामिछाने नेतृत्वमा आउनु भयो। उहाँले पनि आफ्ना अग्रज राम दाजुसंग आशिर्वाद र समर्थन मात्रै माग्नु भयो तर ‘तपाइमाथि अन्याय भएको छ तपाई नेतृत्वमा आउनुहोस’भन्न सक्नु भएन। राम प्रताप निरन्तर प्रयोग भैरहनु भयो र भाइहरुलाई आशिर्वाद दिइरहनु भयो। इतिहाँसमा भएको गद्दारी प्रति,भाईहरुको मन फाट्छ,संस्थापक अध्यक्षको मन अमिलिन्छ र अभियानको मूल धमिलिन्छ भनेर बाहिर कहिल्यै बोल्नु भएन।

२०११ मा एमाले नेता भिम रावलको एनआरएनएमा प्रभाव ब्यापक देखिन्थ्यो। संस्थापक अध्यक्ष,जुगल भुर्तेल र अध्यक्ष हिराचन समेतले नेतृत्वमा राम थापालाई ल्याउन चाहेपनि त्यसमा भिम रावलको राजनैतिक हस्तक्षेपले त्यो हुन नसकेका कुराहरु बाहिर आए। ब्याक्तित्वको ओज र सानो परिधिको एनआरएनए संजाल भएकोले ति कुराहरु बाहिर नआएका मात्र हुन्। अझै सोल्टी होटेलको कोठा नम्बर १२९ मा नेतृत्वमा कसलाई ल्याउने भन्ने बिषयमा भिम रावलले अध्यक्ष संस्थापक सहितको मिटिंगबाट अध्यक्षमा तेन्जी सेर्पा,उपाध्यक्षमा टीबी कार्की,महासचिवमा कुमार पन्त,कोषाध्यक्षमा बद्रि केशी लगायतको लिष्ट बनाएपछि दिल गुरुङले त्यो कुरा बाहिर ल्याएका थिए। त्यो काण्ड पछि एनआरएनए अभियानमा कांग्रेश प्रवेश गरेको हो। कांग्रेसका नेता राम चन्द्र पौडेल,प्रकाश शरण महत,दिलेन्द्र बडू र एनआरएनएको नेतृत्व वर्गबीच मान बहादुरको रेष्टुरेन्टमा भएको मिटिंगमा रामेश्वर शाहले अध्यक्षको दावी गरे। तर पछि तेन्जी शेर्पा र शेष घले चुनाव लड्ने र अरुलाई संरक्षक बनाउने अनौपचारिक सहमति भएको हो। शेष घलेले ८४ प्रतिशत मत ल्याएर चुनाव जिते।तर राम दाजु प्रति भएको अन्यायको बारेमा नेतृत्व त परै जावस चारो मुसो समेत बोलेन।

यसरि एनआरएनका एक साधु अभियन्ता राम प्रताप थापा राजनीतिको फोहरभित्र र साथीहरुको गद्दारी चक्रमा सदैब पिल्सिइ रहे। यो अभियानको भित्रि खेल राजनीतिको सकस भित्र पार्ने काम अहिलेबाट भयो भनेर कसैले भन्छ भने त्यो भ्रममा छ। कांग्रेशसंगको मिटिंगमा लाल सलाम वा जय नेपालको सट्टा नमस्कार भनेकोले राम थापा जस्ता होनाहार मान्छे अभियानमा कसेर झैं मिल्क्याइनु कदापि क्षम्य हुँदैन।

अझै न्यायको आशा र चुनौती

भित्रि कुरा त सम्बन्धित ब्याक्तिहरुलाई नै थाह होला,एनआरएनए अभियानमा देखिने गरि अन्यायको सृंखला राम प्रताप थापा माथि भएको गद्दारीबाट शुरु भएको हो। अहिलेका अध्यक्ष कुमार पन्त मात्र नभएर जिबा लामिछाने लगायत सबै अध्यक्षहरुलाई अभियानको पक्षमा राम दाजुले सहयोग गरि रहनु भयो। अत्यान्त हार्दिकताका साथ प्रेमपुर्ण सहयोग सबैलाई गर्नुभयो। सबै देशका राष्ट्रिय समन्वय परिषद प्रति उहाँको विभेदपूर्ण ब्याबहारबारे अहिलेसम्म खासै सुनिएको छैन। उहाँको मनभित्र पक्कै इतिहाँसको त्यो पीडाले घोचिरहन्छ होला। सबैले हाम्रा राम्रा र सालिन स्वभावका राम दाई त भन्नु हुन्छ। तर इतिहाँसमा उहाँमाथि भएको त्यो अन्तर्घातबारे कसले बोलि दिने,कसले लेखि दिने। त्यो रहस्य अज्ञात बनाइनु अत्यान्त बृद्ध आदरणीय राम दाजु प्रतिको अर्को अन्याय हो भन्ने लाग्छ । त्यसैले बर्तमान अध्यक्ष ज्यु, त्यो परिघटनाको उहाँ साक्षी हुनुहुन्छ भने बोलि दिंदा राम्रै हुन्थ्यो। इतिहाँसको निर्ममतामा पिल्सिनु भएको राम दाजुलाई शाब्दिक सहानुभूतिले पनि केहि राहत हुने छ। उहाँ केहि समय भएपनि एनआरएनए केन्द्रले औपचारिक निर्णय गरेर बनाएको अन्तरिम नै सहि तर अध्यक्ष हो नि। कसैलाई पनि उहाँमाथि यति क्रुर हुनुपर्ने कुनै कारण थियो जस्तो लाग्दैन। किनकि एनआरएन अभियानमा उहाँको योगदान कुनै अरबपति संस्थापकहरुको भन्दा कम छैन।

अध्यक्ष ज्युले राम दाईमाथि भएको जालझेलबारे बोल्दा केहि समय छलफल जेलिएला तर त्यसको निकास निस्किने छ। पृथ्वी नारायण शाहले एकीकरण अभियानबारे छलफल शुरु गर्दा भाई भारदार डराएका थिए। उनको सेनाको नेतृत्व कापेको थियो। तर राजाको दृढ इच्छा सक्तिले गर्दा योजना बन्दै गए। एकीकरण अभियान चल्दै गयो र गोर्खा राज्य नेपाल अधिराज्यमा फेरियो।

सबै नेतृत्वलाई माया, सहयोग र आशिर्वाद दिएर तपाइहरुलाई सिंहासनमा राखेर मुस्कुराउने दाजु माथिको अन्याय चुपचाप सहनु, नबोल्नु र बिर्सन खोज्नु दुखद कुरा हो। नेतृत्वमा भएकै बेला बोलिदिदा त्यो बोलिले अर्थ राख्छ। एनआरएनएको इतिहाँस गलत लेखिनु हुन्न। जे भएको थियो भनिदिनु पर्छ। अध्यक्षको लागि अनुमोदित र घोषित भएर निर्णित अध्यक्षको बिचबाटोमै हत्या गरिनु जायज हुँदै हैन। कसैको आस्थालाई मिचामाच पार्नु,आत्मा स्वाभिमानलाई निमोठ्नु र बिश्वासलाई सडयन्त्र जालले ढाकेर लुकाउनु जायज थियो कि थिएन ? यो प्रश्न तमाम एनआरएनलाई छोडिदिउँ। निर्णय नेतृत्वलेले गर्नु भन्दा समुदायले गर्नु उपयुक्त होला।केवल दाजु माथि भएको जालझेलको रहस्य खोलिदिदा हुन्छ र मूल नेतृत्वले आम प्रतिक्रियाको अपेक्षा सहित बहसलाई निकास दिनु राम्रो हुने छ।पछि जे हुने छ राम्रै हुने छ।अदालत भन्दापनि सक्तिशाली समुदाय हो,विश्वभरका एनआरएनहरु हुन्। उनीहरुलाई एनआरएनका हरेक मुद्धामा निर्णय सुनाउने अधिकार छ।

बुझ्नेले भन्छन,अहिले संस्थाभित्र भैरहेका सडेन्त्र त्यति बेलाकै परिवेशले हुर्काएको हो।राम प्रताप जस्ता बिबेकशील अभियन्ताहरुको स्वाभिमान कुल्चिदा कुल्चिदै अभियानको आत्मा मार्दै गएको छ। अब त्यो कुरा भन्न केको लाज ?कार्पेट मुनि लुकाएको फोहरले घर गनाउँछ।कुमारजी लगायत नेतृत्वको प्रयेक क्षण महत्वपूर्ण छ।एक क्षणकै निर्णयले अमेरिकी आमाहरुले छोरीहरु दासताबाट मुक्त हुने संघर्षलाई स्थापित गर्न सके। सम्झनुस,एलिजावेथ क्याडि स्ताण्टोन,सुसन बि. आन्थोनी,लुक्रेसिआ मिड। हाउस वाइफ़को चिया गफको निस्कर्षले मार्च ८को महान महिला मुक्ति दिवस जन्मायो।महिलाहरुले मताधिकार, समानता,कानुनि न्याय,सम्पतिमा समान अधिकार लगायत उपलब्धि हाँसिल भए। त्यो मिल्ने गृह आमाहरुको चिया क्याफेमा आत्मा सम्मानको लागि लिएको निर्णय थियो।

रामसे म्याक्डोनाल, केइर ट्रेडि,मालालाबारे त धेरैलाई थाह नै छ। साना स्थानमा साना मान्छेहरुले लिएका निर्णयहरुले ठुला उपलब्धि भएका छन। फ्रान्स र जर्मनीको भर्साया सन्धिलाई हिटलरले खारेज नगरेको भए जर्मनी अहिलेसम्म फ्रान्सको कोलोनी जस्तै हुन्थ्यो होला। यो परिवेश त त्यो भन्दा सामान्य कुरा हो।इतिहासप्रति न्याय गर्ने प्रयत्नले नेतृत्वलाई गरिमामय बनाउछ।एकपटक बहालवाला अध्यक्ष बसेकै देशका महान जर्मनी एकीकरणकर्ता विस्मार्कको नाम आफ्नै निर्णयको कारण महान भएको हो। अत नेतृत्व उचित समयमा न्यायको पक्षमा बिलना चुक्नु हुँदैन।तपाई बोलेपछि कुलजी लगायत अभियानका सबै बोल्नु हुने छ।शुरुमा बोल्दा सकस होला तर बिस्तारै संस्थापकहरु समेत यो बिषयमा बोल्न थाल्नु हुने छ।क्रमश न्याय एनआरएन इतिहाँसको आकासमा तारा झैँ चम्किलो देखिन थाल्ने छ। अत्यान्त बृद्ध हाम्रा आदरणीय राम प्रताप दाजु सबैलाई आशिर्वाद दिंदै पुन मुस्कुराउनु हुनेछ।उहाँलाई पद हैन न्याय मात्र चाहिएको हो।यदि सत्य रोकियो भने त्यसको अपराध बोधले सदैब टोकी रहन्छ,थिची रहन्छ।अहिले निर्णायक अबस्था छ,अन्याय,बिकृति र बेथिति बिरुद्ध आबाज उठी रहेको छ।यहि अबस्थामा राम सबैका आदरणीय राम दाजु लगायत माथि भएको अत्याचार बिरुद्धको आवाजको न्यानोले इमान्दार अविभावकहरुलाई थोरै भएपनि आत्मिक राहत दिने बेला यहि हो। बोलौं,राम दाजुमाथि भएको अत्याचार र ठगि गलत थियो। त्यसलाई सच्याइयोस र पुर्व अध्यक्ष घोषित गरियोस।

अन्तमा,’बक्त और किस्मतका कभी फायदा नही उठाना चाहिए

दिन सबके बदलते रहते है समयमे जोखिम उठाना भी चाहिए।’

(आदरणीय दाजु राम प्रताप थापा त यो अभियानले कुल्चिएका एक प्रतिबिम्ब मात्र हुनुहुन्छ। उहाँ लगायत धेरै यो अभियानले जन्माएका हस्तीहरु सडेन्त्रको काल रात्रिमा जीवित नै सहिद बनाइएका छन।ति सबै उत्पीडित गैर आबासिय अभियन्ता तथा इतिहाँसको दुर्नियतिले लचारिएका पछारिएका तमाम एनआरएनहरु प्रति समर्पित/) (तस्विरहरु राम प्रताप थापाको फेसबुक वालबाट लिइएको हो)

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट