आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

सिद्धुले दिए पञ्जाब काँग्रेसको अध्यक्ष पदबाट राजीनामा

मंगलबार, असोज १२ २०७८

काठमाडौं । नवाजोत सिंह सिद्धुले पञ्जाब काँग्रेस कमिटीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। सिद्धुले कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई आफ्नो राजीनामाको पत्र पठाएका हुन।

सिद्धु पञ्जाबमा गठन गरिएको मन्त्रीमण्डलका कारण रिसाइरहेका थिए। उनले भनेका छन्, ‘पञ्जाबको भविष्यसँग सम्झौता गर्न सक्दिनँ। सम्झौता गर्दा मानिसहरुको चरित्र खराब हुन्छ। म कांग्रेसका लागि काम गरिरहनेछु।’

सिद्धुलाई १८ जुलाईमा पञ्जाब कांग्रेसका अध्यक्ष बनाइएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार