आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

अन्तत एनआरएनए युकेको नतिजा सार्बजनिक गर्न निर्बाचन समिति सहमत,केहि समयमा निर्बाचन परिणाम आउने

एनआरएनए

शुक्रबार, साउन २२ २०७८

 लण्डन – अन्तत धेरै बिबादपछी एनआरएनए युकेको निर्वाचनको नतीजा घोषणा हुने भएको छ । निर्वाचन समितिले अहिले साँझ भर्चुअलरुपमा पत्रकार सम्मेलन गरी नतीजा घोषणा गर्ने बताएको छ । यसअघि आजै निर्वाचन समिति र च्वाइस भोटिङका बीच बैठक बसी च्वाइस भोटिङले अन्तिम परिणाम निर्वाचन समितिलाई बुझाएको जनाईएको छ । एनआरएनए युकेको निर्वाचनमा अध्यक्ष पदका लागि प्रेम गाहा मगर ,रोजिना प्रधान राई र दीपक श्रेष्ठ मैदानमा रहेका छन् । अगष्ट २ मा सम्पन्न निर्वाचनमा ११ हजार भन्दा बढी मतदाता रहेका थिए । एनआरएनए युकेमा यसपटक पहिलोपटक अनलाइन मतदान भएता पनि निर्बाचन सकिएको चार दिनपछि नतिजा सार्बजनिक गर्न लागिएको हो । धेरै बिरोधपछी निर्बाचन समितिले नतिजा सार्बजनिक गर्ने बताएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार