आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

एनआरएन साउदीको नेतृत्वमा यादव विजयी

शनिबार, साउन १६ २०७८

रियाद , गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरबको अध्यक्षमा डम्बर कुमार यादव विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा यादवले २२५ मत ल्याउँदै प्रतिस्पर्धी रोशन श्रेष्ठलाई पराजित गरे । नवनिर्वाचित अध्यक्ष यादव सिरहा निवासी हुन् । उनी झण्डै दुई दशकदेखि साउदीमा रहेका छन् । सन् २००८ बाट एनअरएनए साउदीमा आवद्ध यादव बर्तमान कार्यसमितिका प्रमुख सल्लाहकार हुन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा धुव्र कुमार रिजाल, उपाध्यक्षमा राम बहादुर क्षेत्री, रविन अर्याल,अर्जुन थापा, भक्त विर राई, महासचिवमा उमेश भट्टराई, सचिवमा कृष्ण कुमार श्रेष्ठ, सहकोषाध्यक्षमा सत्य नारायण केसी निर्विरोध भइसक्नु भएको छ । कोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा भने कसैको पनि उम्मेदवार नपरेपछि पदहरु रिक्त भएका छन् । त्यस्तैगरि, सदस्यहरुमा शुक्र लामा, मुकेश कुमार सिंग, मधु सुदन अर्याल, नरेश कुमार यादव, गणेश अर्याल, निर्विरोध निर्वाचित हुनु भएको छ । कार्यसमिति सदस्यमा पनि ७ जनाका पद रहेकोमा ५ जनाको मात्र उम्मेदवारी परेकाले दुई सदस्यको पद भने रिक्त छ । उता आइसिसी सदस्यमा भने निवर्तमान अध्यक्ष तेज थापा निर्विरोध हुनु भएको छ भने एक आइसिसी सदस्यको पद पनि रिक्त भएको छ ।

यसै गरि एनआरएनए साउदी अरबको ८औं भर्चुअल राष्ट्रिय महाधिवेशन २०२१-२०२३ मा राम बहादुर क्षेत्री उपाध्यक्षमा निर्विरोध चयन भएका छन । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका १ हटारिनेटा स्थायि घर भएका क्षेत्री साउदीअरबमा ७ वर्षदेखी कार्यरत रहेका छन । साउदीअरवमा ग्लोबल आईएमई बैकको कन्ट्री हेडको रूपमा कार्यरत रहेका क्षेत्री त्यहाँ अवस्थित विभिन्न सामाजिक संघसंस्थाहरुमा रहेर सक्रियरुपमा सामाजिक क्रियाकलापमा लाग्दै आएका व्यक्ति हुन ।

प्रतिक्रिया
सम्बन्धित समाचार