काठमाण्डु, एनआरएनए चीनको आगामी कार्यकाल २०२१-२०२३ को लागी रोहित अग्रवाल अध्यक्षमा निर्बाचित भएका छन । उनी २० औ बर्ष देखी चीनको दक्षिणी शहर गोन्जाउमा ब्यापार गरेर बसेका एक कुशल ब्याबसायी पनि हुन । एकेडेमिक र ब्यापारीक पृष्ठभुमिका अग्रवाल शालीन,भद्र र साथीभाई बिच घुलमिल हुने तर कहिल्यै पनि बिबादमा नतानिएका एक स्वच्छ छबिका ब्यक्तिको रुपमा परिचित छन। उनले कार्यसमितिको सदस्यको रुपमा प्रबेश गरेर दुई कार्यकाल कोषाध्यक्ष, एक कार्यकाल उपाध्यक्ष तथा एक कार्यकाल संरक्षकमा काम गरेर संस्थामा राम्रो अनुभब बटुलेका व्यक्ति हुन । विजयी भएपछी अग्रवालले सबैसँग सहकार्य गरेर अगाडी बढ़ने बताए ।
अग्रवालसँगै नयाँ कार्यसमितिको उपाध्यक्षमा निर्मल शर्मा चौलागाई र बिष्णु प्रसाद डुमरु ,महासचिबमा यादब अर्याल,सचिबमा राजकुमार खरेल,विष्णुहरि भण्डारी र सहकोषाध्यक्षमा रबिन्द्र कुमार माली र युवा संयोजकमा सुबर्ण श्रेष्ठ विजयी भएका छन ।
यसैगरी सदस्यहरुमा प्रदिप नेपाल,तुलसी न्यौपाने,प्रदिप सिङ्ह,सुरज शर्मा,यादब दाहाल,प्रेम प्रसाद सुबेदी,नबराज तिमल्सिना ,दिपक अग्रवाल र युबराज थापा विजयी भएका छन ।
आगामी कार्यकालको लागी आईसिसि सदस्यमा प्रदिप न्यौपाने,महिला उपाध्यक्षमा सबिता बर्तौला,कोषाध्यमा बलराम तामाङ र महिला संयोजकमा पुन्यवति सुवेदी कोईरालानिर्बिरोध निर्बाचित भएका छन ।
नयाँ नेतृत्वका लागी बर्तमान महासचिब यमबहादुर क्षत्री (ओम) र संरक्षक रोहित कुमार अग्रवाल अध्यक्ष पदको लागी चुनाबी मैदानमा उत्रिएका थिए भने महासचिबमा यादब अर्याल र बिजय श्रेष्ठ चुनाबी मैदानमा थिए दुबै पदमा भारी मतले रोहित अग्रवाल र यादब अर्यालले बिजयी हासील गरेका छन । रोहितले १०९ भोट प्राप्त गर्दा ओम ज्ञवालीले जम्मा ६४ भोट ल्याएका थिए भने महासचिब पदमा यादब अर्यालले १२७ भोट ल्याउदा अर्का उम्मेदवारले जम्मा ४३ भोट ल्याएका थिए । उपाध्यक्षमा रोहित पक्षकै निर्मल चौलागाई र बिष्णु डुमरुले बिजय हासिल गरेका हुन।






