काठमाण्डौ । भर्खर मात्र सार्बजनिक भयको एउटा म्युजिक भिडियोले यस्ता सब्द र चित्रण गरेको छ कि जुन म्युजिक भिडियोले समाजमा सौता सुती कति मिलेर बस्नु पर्छ अनि श्रीमतीले श्रीमानलाई कति सम्म माया गर्दा रहेछन भनेर देखायको छ। हरिमाया रायमाझी, सर्मिला रायमाझी र बिशाल रायमाझीको आवाजमा आयको तिज बिसेस गित “सौता” ले यस्तै भाब देखायको छ । जुन गीतको सब्द र लय समेत बिशाल रायमाझीको रहेको छ। गीतको संगीत संयोजन सुनिल परियारले गरेका हुन भने उक्त गीतको मारुनी रेकर्डिङ्ग स्टुडियोमा खुमन राना र सुमन रानाले गरेका थिय ।
राज कुमार मगरको निर्देसनमा बनेको गीतको भिडियोमा एलीना रायमाझी, अल्फाज साह, श्रीजना खनालले अभिनय गरेका छन । त्यस्तै भिडियो छायाकन प्रकास खड्काले गर्नुभयको हो। त्यस्तै गरेर उक्त भिडियोलाई सम्पादन राज कुमार मगरले गर्नुभयको छ। नक्कले भिनाजु देखि धेरै गीतहरुमा सफलता पायका बिशेस गरेर रायमाझी परिवारको भर्खर आयको सौता गीतले समेत धेरै सफलता पाउन सक्ने धेरैले अनुमान गर्दै आयका छन्।