आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एनआरएनए जर्मनीको इतिहासमै पहिलो महिला अध्यक्षको लागि निनाम्मा राईको उम्मेदवारी घोषणा, गरिन यस्तो अपिल

मंगलबार, असार १५ २०७८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको इतिहासमै पहिलोपटक महिला अध्यक्षको लागि निनाम्मा राईले उममेदवारी घोषणा गरेकी छन् । आफ्नो उम्मेदवारी घोषणाबारे एक अपिल जारी गर्दै राईले आगामी कार्यकाल २०२१–२०२३ को लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।

आदरणीय जर्मनी निवासी गैर आवासीय नेपाली दाजुभाई तथा दिदिबहिनिहरु
नमस्कार !?
गैर आवासीय नेपाली संघ ( एनआरएनए) जर्मनीको एल सि सि सदस्य २००९-२०११ बाट जर्मनीमा रहने सम्पूर्ण नेपालीहरुको सेवामा सधै आफ्नो तनमन दिदै आइरहेको छु। मैले एनआरएनए जर्मनीको एल सि सि मा २०११-२०१३ महिला सह सम्योजक २०१३-२०१५ महिला सम्योजक भई काम गर्ने मौका पाएको थिए भने २०१५-२०१७ मा कोषाध्यक्ष हुँदै गत २०१७-२०१९ कार्यकाल मा यहाँहरुकै माया स्नेह अनुरुप जर्मनी को निर्वाचन बाट एनसीसि को कोषाध्यक्ष पदमा अत्याधिक मतले बिजय गराई यस २०१९-२०२१ कार्यकालमा उपाध्यक्ष को रुपमा सेवारथ छु। यसरी बिभिन्न पदहरुमा रहेर काम गर्ने शुभअवसरहरु प्राप्त गर्दै आएकोछु। युरोपका बिभिन्न क्षेत्रिय सम्मेलन बैठक देखी नेपालमा हुने माहाधिबेशन मा पटक पटक को सहभागीतामा मेरो आईसीसी र एनसिसी एनआरएनए जर्मनीका सबै नेतृत्वहरुसित काम गर्ने मौका पाएकोले मैले लामो अनुभव संचित गर्ने मौका पाए।
आदरणिय जर्मनीभरी छरिएर रहनुभएका नेपाली महिला, विद्यार्थी, पेसाकर्मी, ब्यवसायी लगायत सम्पुर्ण नेपालीहरुको हक, हित, सुरक्षा तथा सवलिकरणका लागि अनि उनिहरुमा एन आर एन ए संस्था प्रति अपनत्वको भावना जगाउन विशेष कार्ययोजनाका साथ, जर्मनी एन आर एन ए को ईतिहाँसमानै पहिलो पटक महिला अध्यक्षको रुपमा मैले आगामी कार्यकाल २०२१-२०२३ को लागि उमेद्वारी घोषणा गर्दछु ।
लैङ्गीक समानता तथा महिला सशक्तिकरणका आवाजहरु वुलद भईरहेको वर्तमान परिप्रेक्षमा मेरो उमेद्वारी जर्मनीको एन आर एन अभियानमा एउटा कोसेढुङ्गा सावित हुनेछ ।
मलाई आशा अनि विस्वास छ कि, सवैले आफ्नै महसुस गर्न सक्ने एन आर एन ए संगठनको निर्माण तथा सुद्दिकरण का लागि यहाँहरुको मलाई साथ र सहयोग रहने छ । यहाँहरुले आफ्नो मतको सही सदुपयोग गर्दै मलाई अत्याधिक मतका साथ विजयी गराउनुहुन हार्दिक अनुरोध सहीत अपिल गर्दछु।

निनाम्मा राई
अध्यक्ष का प्रत्याशी
२०२१-२०२३
गैर आवासिया नेपाली संघ जर्मनी!

प्रतिक्रिया
सम्बन्धित समाचार