काठमाडौं(जस)–शहिदस्मारक ए डिभिजन लिग असोज ३ गतेबाट शुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लबका प्रतिनिधिसँग सोमबार गरेको छलफल पछि ए डिभिजन लिग असोज ३ गतेबाट शुरु गर्ने निर्णय गरेको जनाएको हो । त्यस्तै सोमबारको छलफलपछि ए डिभिजनका लागि खेलाडीको दर्ता प्रक्रिया साउन १४ गतेबाट शुरु गर्ने निर्णय गरेको एन्फाले जनाएको छ ।