काठमाडौ(जस)-प्रधानमन्त्री केपी शर्मा आलीले माधब नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव आफुले गरेको भन्ने निराधार हल्ला भएको बताएका छन । उनले नेपाललाई प्रधानमन्त्री बनाउन आफुलाई बौलाहा कुकुरले टोकेको छ र ? भन्दै प्रश्न समेत गरेका छन । बालुवाटारमा आज आयोजित एक कार्यक्रममा ओलीले भने ‘तपाईंहरूले सुन्नुभयो होला । मैले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव राखेँ अरे । म यो मान्दिनँ अरे । मेरो शेरबहादुर देउवाप्रति यति निष्ठा छ, देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु । देशलाई धोका दिन्छु । जनतालाई धोका दिन्छु । तर, देउवालाई धोका दिन सक्दिनँ । यसो भनिरहेका छन् ।’
ओलीले अगाडि भने, ‘माधव नेपालले प्रचण्डको पार्टी त ज्वाइन गर्नु नै छ । उनको गन्तव्य त्यही हो । माधव नेपाल भनेको प्रचण्डको मामुली कार्यकता हुन् । तर, अहिले धाक लगाएका छन्, केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्यो । मलाई बौलाहा कुकुरले टोकेको छ र कोही मान्छे नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव राख्न ?’
प्रधानमन्त्री ओलीले माधव नेपाललाई एमालेको भन्दा शेरवहादुर र माओवादीको मोह भएको बताउदै हावादारी तर्क गर्दै हिडेको आरोप लगाएका छन । उनले भने ,‘उहालाई एमालेको होइन काँग्रेस र माओबादीको बढि माया छ भोली त्यहि पाटीको कार्यकर्ता भए आश्चर्य मान्नुप्रदैन ।’