आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

भोलिदेखि उपत्यकामा २५ सिट माथिका सार्वजजिनक यातायात सञ्चालन हुने

सोमबार, असार १४ २०७८

काठमाडौ(जस)-जारी निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि काठमाडौं उपत्यकामा २५ सिट माथिका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको छ । सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो । जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय भएको काठमाडौका प्रमुख जिल्ला अधिकारी काली प्रसाद बास्कोटाले जानकारी दिए । सार्वजजिनक यातायातले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार