आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एनआरएनए कतारको कोषाध्यक्षमा लमजुङे बसौला निर्विरोध विजयी, को को भए निर्विरोध ?

सोमबार, असार १४ २०७८

काठमाडौ । गैर आवासीय नेपाली संघ(एनआरएनए) राष्ट्रिय समन्बय परिषद(एनसीसी) कतारको नवौं महाधिवेशन मार्फत २०२१–२०२३ कार्यकालको लागी बिनोद प्रसाद बसौला पुनः कोषाध्यक्षमा निर्विरोध विजयी भएका छन । कोषाध्यक्षमा बसौलाको एकल उम्मेद्धारी परे संगै उनि निर्बिरोध निर्बाचित भएका हुन ।
।एनसीसी कतारको बर्तमान कोषाध्यक्ष तथा लमजुङ सेवा समाजका तृतीय उपाध्यक्ष समेत रहेका बसौला एनआरएनए राष्ट्रिय समन्बय परिषद कतारको आठौं महाधिबेशन मार्फत२०१९– २०२१कार्यकालको कोषाध्यक्षमा रहेर एक कार्यकाल कोषाध्यक्षको अनुभव वटुलिसकेका छन । उनले आफुलाई निर्विरोध विजयी गराउन सहयोग गर्ने सम्पुर्णलाई आभार ब्यक्त गर्दै एनआरएनए एनसीसी कतारको अघिल्लो कार्यकालमा तय गरेका कार्ययोजना तथा परियोजनाहरुलाई सफल पारी बाकी कार्यभारलाई पुरा गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन ।आफु एनसीसी र कतारमा रहेका सम्पुर्ण नेपालीहरुको हक हितका लागी सदैब प्रयत्नशील रहने बताउदै उनले कतार बासी एनसीसी सदस्यहरुलाई अघिल्लो कार्यकालको कामको मुल्यांकन गरी आगामी कार्यकालको कोषाध्यक्षमा पुनः यसपटक निर्विरोध निर्बाचित गरेकोमा आभार प्रकट गरेका छन । एनसीसी कतारको नवौं महाधिवेशनको नया कार्य समिति चयन तर्फ महिला उपाध्यक्षमा अम्बिका खत्री निर्विरोध विजयी भएकि छिन । यस्तै लेखा समितिको संयोजकमा सन्तोष रेग्मी ,लेखा समिति सदस्यहरुमा टिकाराम गौतम (अमित) र गणेश भट्ट निर्विरोध निर्वाचित भएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार