आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

मेलम्चीमा बाढीको वितण्डाः तिन तले घर बगायो, मानविय क्षति भने भएन

शनिबार, असार १२ २०७८

काठमाडौ(जस)-सिन्धुपाल्चोकको मेलम्चीमा अविरल वर्षापछिको बाढीले एक घर बगाएको छ । शनिबार बिहान मेलम्ची नगरपालिका ११ स्थित इन्दरावती नदीको छेउमा रहेको तीन तले पक्की घर बाढीले बगाएको हो ।
एक साताअघि आएको भीषण बाढीकै बेला स्थानीय गोपाल दुलालको सो घर जोखिममा रहेकामा शनिबारको बाढीले भत्किन पुगेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
घरपरिवार अन्यत्र स्थानान्तर भइसकेकाले कुनै मानविय क्षति भने भएको छैन ।एक साताअघिको भीषण बाढीका कारण दर्जनौं घरपरिवार विस्थापित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार