आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बृद्धि हुँदा नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढदैं, निगम घाटामा

बुधबार, असार ९ २०७८

काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । बुधबार राती १२ बजे लागु हुने गरि निगमले पेट्रोल तथा डिजेल, मट्टितेलमा प्रतिलिटर २ रुपैयाँको दरले मुल्य बृद्धि गरेको हो । यसैगरी हवाई इन्धनमा अन्तरिकमा प्रति किलो लिटर २ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानमा प्रति किलो लिटर अमेरिकी डलर २० ले बृद्धि गरेको छ । अब पेट्रोल प्रतिलिटर १ सय २७ रुपैयाँ पुगेको छ भने डिजेल १ सय १० रुपैयाँ पुगेको छ ।

निगमले अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बृद्धि भइरहेको हुँदा स्वचालित मुल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार मुल्य बृद्धि गरेको जनाएको छ । निगमका अनुसार हवाई इन्धन आन्तरिक उडानमा प्रति किलो लिटर २ रुपैयाँ बृद्धि गरी ८२ रुपैयाँ पु¥याएको छ । यसैगरी अन्तर्राष्ट्रिय उडानमा प्रति किलो लिटर अमेरीक डलर २० ले बृद्धि गरि नयाँ विक्री मुल्य अमेरीकी डलर ७ सय ३५ प्रति किलो लिटर कायम गरेको निगमका प्रवक्ता विनित मणि उपाध्यले जानकारी दिए ।

प्रवत्ता उपाध्यका अनुसार मुल्य समायोजनपछि पनि निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७५ पैसा डिजेलमा ३ रुपैयाँ ५३ पैसा र एलपि ग्याँसमा प्रति सिलिण्डर २ सय ५८ रुपैयाँ ७१ पैसा घाटा छ । प्रवक्ता उपाध्यले निषेधाज्ञा समयको विक्री परिमाण अनुसार १५ दिनमा करिब ६४ करोड ९७ लाख घाटा भएको जानकारी दिए । हालको मुल्य समायोजनपछि भारतिय सिमाको रक्सौलसँग जोडिएको नेपालको विरगंज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३५ रुपैयाँ ३५ पैसा डिजेल प्रतिलिटर ४२ रुपैयाँ ५५ पैसा ले नेपाल तर्फ सस्तो रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार