सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट सुनुवाई हुदै

बुधबार, असार ९ २०७८

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट नियमित सुनुवाई शुरु हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशको संबैधानिक इजलासले गत जेठ २६ मा आजबाट (असार ९ गतेदेखि) निरन्तर सुनुवाइका लागी मुद्दा पेश गर्न लिखित आदेश दिएको थियो ।

विघटन बिरुद्ध ३० वटा रिट परेका छन् । रिट, निवेदकले तत्काल संसद पुनः स्थापना गर्न माग गरेका छन् । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सहित १ सय ४६ प्रतिनिधिसभाका सदस्यहरुले संसद विघटन बदर गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन् ।

विघटन मुद्दाको सुनुवाइका लागी प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो नेतृत्वमा संवैधानिक इजलास गठन गरेका छन् । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।

जेठ २६ गतेको संवैधानिक इजलासले राष्ट्रपतिको कार्यालयसहित विपक्षीहरुलाई कारण देखाउ आदेश दिदै असार १० गतेसम्म रिटसँग समबन्धित सबै कानुन व्यवसायीहरुलाई लिखितरुपमा बहसनोट पठाउन आदेश दिएको थियो । आदेशमा बहसको समय १५ घण्टाभित्र दुवै पक्षको वहस सकिने गरि समय प्रदान गर्ने उल्लेख छ ।

जसमा इजलासमा रिट निवेदकका तर्फबाट बढीमा १२ घण्टा बहस हुने छ भने सरकारको तर्फबाट ३ घण्टाभित्र प्रत्युत्तर बहस हुने आदेशमा उल्लेख गरिएको छ ।

त्यस्तै एक कानून व्यवसायीले बढीमा आधा घण्टामात्र बहस गर्नसक्ने समय निर्धारण गरिएको छ ।

त्यस्तै राष्ट्रपति कार्यालयसहितका विपक्षीहरुलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत ७ दिनभित्र लिखित जवाफ दिन कारण देखाउ आदेश जारी गरेको छ ।

साथै सर्वोच्चले एमिकस क्यूरीसहित पक्ष विपक्षका कानुन व्यवसायीहौर्लाई असार १० गतेसम्म लिखित बहस नोट पठाउन आदेश दिएको छ ।

जेठ २६ गतेको इजलासले नेपाल बार एसोसियसन र सर्वोच्च बार एसोसियसनबाट २-२ जना एमिकस क्यूरी पठाउन आदेश दिएको थियो ।

सर्वोच्चको संबैधानिक इजलासले नेपाल बार एशोसिएशन र सर्वोच्च बार एसोसिएसनबाट २-२ जना एमिकस क्यूरी माग गरिए बमोजिम दुवै बारले २-२ जना वरिष्ठ अधिवक्तालाई तोकिसकेका छन् ।

नेपाल बार एसोसियसनले वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ललाई एमिकस क्यूरीमा पठाउने निर्णय गरेको छ ।

त्यस्तै सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई अदालतका निष्पक्ष सहयोगी (एमिकस क्यूरी) पठाउने निर्णय गरेको छ ।

एमिकस क्युरी भनेको अदालतले इजलासलाई सहयोग गर्न बनाउने विज्ञहरुको टिम हो । इजलासले आफुसँग रहेको रिट गम्भीर प्रकृतिको भएमा विज्ञहरुको टिम गठन गरेर सल्लाह लिन एमिकस क्युरी गठन गरेर राय लिने प्रचलन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार